ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

फाल्गुनान्द जयन्ति


पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतीक रुपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको प्रार्दुभाव गर्ने कार्यमा गुरु फाल्गुनान्दको भूमीका अतुलनीय रहेको छ । किराँत समूदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको महत्वपूर्ण योगदान रहेको छ ।



हाम्रो समाजमा धेरै समय लगाएरमात्र यूगपुरुषहरुको यस धर्तीमा प्रार्दुभाव हुने गर्दछ । यी महान ब्यक्तित्वहरुले आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा यूगौं यूगसम्म समाजलाई सकारात्मक पथतर्फ उत्प्रेरित गर्ने मार्ग देखाएर जाने गर्दछन् र सदियाैंसम्म जीवित भएर जनमनमा बसिरहन्छन् । आज त्यस्तै एकजना यूगपुरुषको जन्म जयन्ति ।

किराँतहरुका गुरु फाल्गुनान्द लिङ्गदेन नेपालका एकजना वहुचर्चित गुरु, सत्य वक्ता र साधु हुनुहुन्छ, वहाँले दिनुभएका दिब्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जिवनको विभिन्न कालखण्डहरुमा सत्यमार्ग देखाउने गर्दछ । यिनै सामाजिक अभियन्ता अनि सामाजिक अनि अध्यात्मिक चिन्तनका गुरु फाल्गुनान्दको संझनामा आजका दिने नेपालभरि विभिन्न कार्यक्रमहरु अनि साँस्कृतीक प्रदर्शनी गरेर फाल्गुनान्द जयन्ति मनाईन्छ । वहाँका अहिंसाका सिद्धान्तहरु उदहारणीय रहेका छन् । सन् १९४२ मा पूर्वि नेपालको सुन्दर प्राकृतिक स्थल ईलाममा जन्मिनुभएका गुरु फाल्गुनान्दसँग अदभुत र चमात्कारीक गुण रहेको विश्वाश गरिन्छ । पूर्वि नेपालका विभिन्न ठाँउमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्नमा वहाँको ठूलो योगदान र सहभागीता रहेको छ ।

पहाडी जिल्लाहरुमा वसोवास गर्ने अत्यन्त शालिन अनि प्रकृतीप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतीक रुपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको प्रार्दुभाव गर्ने कार्यमा गुरु फाल्गुनान्दको भूमीका अतुलनीय रहेको छ । किराँत समूदायलाई रुढीवादी परम्परा बाहिर ल्याउनमा पनि गुरु फाल्गुनान्दको महत्वपूर्ण योगदान रहेको छ ।

नेपालमा मात्र नभएर संसारभरि फैलिएर रहेका किराँत समूदायले आजको दिन फाल्गुनान्द जयन्ति मनाउने गर्दछन्, विशेषत् नेपाल, भुटान, भारत लगायतका ठाँउमा वहाँको नाम बडो गौरवकासाथ लिईन्छ ।

गुरु फाल्गुनान्दबाट हामीले सिक्न सक्ने कुराहरु धेरै छ, वहाँका सपना र आकांक्षाहरु साकार पार्न जरुरी छ । सामाजिक रुपमा विकसीत समाजका आधारहरु भनेको नै चतनशील मान्छेहरु हुन्, चेतनाको लहर फैलिरहोस, शिक्षाको ज्योती बलिरहोस, शुभकामना ।

हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.61
  • 103.21
  • European euro
  • 119.66
  • 120.36
  • UK pound sterling
  • 133.35
  • 134.13
  • Swiss franc
  • 108.5
  • 109.14
  • Australian dollar
  • 81.22
  • 81.7
  • Canadian dollar
  • 81.83
  • 82.31
  • Singapore dollar
  • 75.32
  • 75.76
  • Japanese yen (10)
  • 9.23
  • 9.29
  • Chinese renminbi (Yuan)
  • 15.16
  • 15.25
  • Saudi Arabian riyal
  • 27.36
  • 27.52
  • Qatari riyal
  • 28.17
  • 28.34
  • Thai baht
  • 3.07
  • 3.08
  • UAE Dirham
  • 27.94
  • 28.1
  • Malaysian ringgit
  • 23.96
  • 24.1
  • Korean Won (100)
  • 9.17
  • 9.22
  • Swedish Krone
  • 12.45
  • 12.52
  • Danish Krone
  • 16.1
  • 16.19