ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

प्राथमिक उपचार दिवस




दूर्घटना र आकस्म्कि अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई हुन सक्ने जीवन जोखिम न्यून गर्न सकिन्छ


प्राथमिक उपचार दिवस विशेष अडियो सामग्री

दूर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहाँ, जहिले र जुनसुकै अवस्थामा जो कोहीलाई पनि हुन सक्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको जीवन जोखिमलार्इ कम गर्न सकिन्छ, दूर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ ।

प्राथमिक उपचारको सीपको कुरा गर्दा धेरै जनाले बिद्यालय स्तरमै त कसैले पेशागत अनि कार्यगत रुपमा सिकेको हुनुपर्छ । दूर्घटनाहरु अस्पतालको दैलोमा हुन्छ त ? प्राथमिक उपचारले हामीलाई दूर्घटनामा परेका अञ्जान व्यक्तिको मात्र नभई आफन्तजनहरुको पनि जीवन जोगाउन सक्षम बनाउँदछ ।

प्राथमिक उपचार जानेका दक्षहरूको सख्यां समूदायमा बढ्नाले हाम्रो समूदाय अझ सुरक्षित र स्वस्थ हुन सक्दछ । अझ नेपाल जस्तो बिकासोन्मुख देश जहाँ स्वस्थ उपचारका उपलब्धता समान, सरल छ सहज छैन, प्राथमिक उपचारको महत्व अझै धेरै हुन्छ । दूर्घटना र आकस्मिक अवस्थाहरुको भर हुँदैन् तर प्राथमिक उपचारले केही भइहालेमा ज्यानै जाने जोखिमलार्इ भने न्यून गर्न सक्दछ ।

हाम्रो कार्यस्थल, बाटोघाटो या समूदायमा कुनै दूर्घटना घटेमा हामी निरीह रमिते मात्र नभईकन, घाईतेहरुलाई तत्काल पीडा कम गर्न र जोखिम कम गर्न अस्पताल या अन्य कुनै प्राणरक्षा गर्ने ठाउँ पूर्याउनु अघि गरीने सर्वप्रथम उपचार विधि नै प्राथमिक उपचार हो । दूर्घटना र यूद्धका घाईतेहरुको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ ।

प्राथमिक उपचारको तालिमका माध्यमले हामीहरुले आधाभूत जीवन रक्षाका सीपहरु जस्तै सिपीआर, अचेत घाईतेको ध्यान राख्ने सीप, चोट र रक्तश्राव रोक्ने ज्ञानहरू प्राप्त गर्न सक्दछाैं । थूप्रै दुर्घटनाहरु जस्तै आगलागी, बिषपान, जीवजन्तूहरूबाट हुने आक्रमण अनि सर्पदंशका घाईतेको ज्यान जोगाउने जस्ता सीपहरु यसभित्र पर्दछ ।

कारखाना, गाडी, कार्यालय, विद्यालय, कलेज अनि पदयात्रा लगायत बिभिन्न ठाँउहरुमा प्राथमिक उपचारका किटहरु अझ भनौं तत्काल उपचारका बाकसहरु महत्वका साथ राखिन्छ । कुनै अप्रिय घटना या दूर्घटना घटेमा प्राथमिक उपचारहेतू उपचार साम्रगीहरु यसमा राखिन्छ । सामान्यतया मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतिहरु, जीवनजल, सामान्य कैंची, ब्लेड, थर्मामिटर अनि एन्टीसेप्टीक धुलोहरु यस बाकसमा राखिन्छ । आकस्मिक बिरामी परिएमा या दूर्घटना भएमा यी कुराहरुले प्राणरक्षा गर्दछन् ।

यस बर्ष २०१७ को सेप्टेम्बर ९ मा विश्व समूदायले अन्य वर्षहरु झै बिभिन्न कार्यक्रम अनि जागरण गर्दै प्राथमिक उपचार दिवस मनाउँदछन् ।

सन् २००० बाट अर्थात् सहश्राब्दिबाट IFRC को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्दाहरुमा धेरै सुधार हुन नसकेको तथ्य यस देशको सुन्दरतासंगै गाँसिएर आउँछ । हरेक गाउँपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारीक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थोपचारको मूलधारमा छैनन । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन ।

बिभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमकालागि नेपाल अझै सक्रिय बन्नुपर्छ ।

संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफासंग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ । 

रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस् । औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ ।

जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्रमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउनु पर्दछ ।

अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ ।
प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल गर्ने र बाँड्ने प्रयास गरौं । सर्वत्र शान्ति र समृद्धीको कामना ।

----
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.6
  • 112.2
  • European euro
  • 126.93
  • 127.62
  • UK pound sterling
  • 142.24
  • 143
  • Swiss franc
  • 112.19
  • 112.8
  • Australian dollar
  • 81.13
  • 81.56
  • Canadian dollar
  • 84.79
  • 85.25
  • Singapore dollar
  • 81.05
  • 81.49
  • Japanese yen (10)
  • 10.11
  • 10.17
  • Chinese renminbi (Yuan)
  • 16.21
  • 16.3
  • Saudi Arabian riyal
  • 29.76
  • 29.92
  • Qatari riyal
  • 30.65
  • 30.82
  • Thai baht
  • 3.34
  • 3.36
  • UAE Dirham
  • 30.38
  • 30.55
  • Malaysian ringgit
  • 27.27
  • 27.42
  • Korean Won (100)
  • 9.82
  • 9.88
  • Swedish Krone
  • 12.19
  • 12.25
  • Danish Krone
  • 17.03
  • 17.12

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम