ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

गाईजात्रा | विश्व भूसंरक्षण दिवस




विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलार्इ राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।


गाईजात्रा/विश्व भूसंरक्षण दिवस विशेष अडियो सामाग्री

श्रावण २४, २०७४

हामी नेपाली संस्कार र संस्कृतीमा अत्यन्तै धनी छौं, हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरू विविध माैलिक स्वरूपमा हाम्रो सामू साक्षि भर्इ बसेका छन् । हाम्रा रितिरिवाजहरूमा माैलिकता, अात्मियता तथा अपनत्व भरीएका हुन्छन्, जीवजन्तुदेखि माटोसम्म, रुखदेखि पातसम्म अनि काँचो कपासको डोरीदेखि सूर्यसम्म हामीले पूजा-अर्चना गरिआएका छौं र यस्ता संस्कार र रितीहरुलाई विस्तृत रुपमा 'हाम्रो पात्रो'ले तपाइसमक्ष संधै ल्याएकै छ ।

हामीमध्ये धेरैले सम्भवतः बिद्यार्थी जीवनमा लेखेको प्रथम निबन्ध नै गाईकोबारेमा भएको हुन सक्छन् । वैदिक सनातन संस्कार मात्र नभई सिन्धुघाँटस् सभ्यता र भारतवर्षमा गाईलाई दैनिक जीवनमा धार्मिक, सांस्कृतिक अवसरहरूमा विशेष सम्मान र अास्थाको प्रतिकको रूपमा पुजिन्छ, गाईजात्रा पर्व पनि यस्दै सांस्कृतिक महत्वको एउटा उदाहरण हो ।

यो जात्रा विशेषतः गत वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरुकालागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्दछ । सडकमा गाई, गार्इकै भेष अथवा बिभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक देखिन्छन् । गाईजात्रामा बिभिन्न रसिक कुराकानी, ठट्यौली, चुटकिला र प्रहसन समेत गरिन्छ । मृत्यु भएका आफन्तको संझनामा गरिने जात्रामा आत्मसाथ गरिएको रमाइलो र हाँसोका माध्यमहरुलाई बिचार गर्ने हो भने गाईजात्राले जन्मिएपछि मृत्यु अवस्य हुन्छ र यसलार्इ जीवनको एउटा अनिवार्य प्रक्रियाको रुपमा लिएर अघि बढ्नकालागि मृतकका शोक सन्तप्त परिवारजनलार्इ अाह्वान गरेको भान गराउँदछ ।

गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रुपमा हिन्दू संस्कारमा पूजनीय गार्इको जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौ उपत्यका बासिहरूले यम् अर्थात् मृत्यूका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकि थिइन् । मृत्यू भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्तलार्इ राजाले कैंयनपल्ट बुझाउन खोजेपनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले ।

राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस बर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गार्इसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न अाह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाण्डौ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । अाफ्ना अाफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालार्इ सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा बिभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालार्इ प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।

अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले बिभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गार्इजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलार्इ समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलार्इ व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गार्इजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनकारुपमा प्रचलित छ । कसैले पनि गार्इजात्रामा गरिएको ब्यङ्गप्रति रिसिबि र इख राख्न पाइदैन ।

आजको दिन यमराज अर्थात मृत्यूका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरुले मुक्ति पाउने जनविश्वास पनि रहि आएकोछ । गार्इजात्रा निकाल्दा गार्इलाई अघि अघि लाएर जात्रा निकालिन्छ र यदि गाई नभएमा कुमार केटोलाई गार्इ जस्तै बनाएर अघि लाइन्छ । बिभिन्न मुखिण्डो र रङ्गीचङ्गी पोशाक लगाएका मान्छेहरु बाजागाजाका साथ बेग्लै खाले ध्वजा पताकाहरू तथा वितेका आफन्तजनको तस्विर सहित जात्रामा समावेश हुन्छन् । गार्इजात्रा काठमाण्डौको प्रमुख चाड भएता पनि देशका अरु ठाँउ र शहरमा पनि गाइजात्राको मनाइँदै आइएको छ ।

अर्कोतर्फ गाईजात्राले वर्षा अनि चाडपर्वहरु नजिकिंदै गरेको सङ्केत पनि गर्दछ । पारीलो घाम, उज्याला दिनहरु, चिसिंदै गरेका बतास अनि खेतको सकिएको रोपाँई । यसअर्थमा फुर्सदिलो दिनको मुक्तकण्ठले हाँस्ने अवसर पनि हो गाईजात्रा ।

हास्यकलाकारहरु आ-आफ्ना प्रहसन, ब्यङ्ग्य र हाउभाउले हामीलाई हँसाउन अनेक तयारीका साथ उपस्थित हुने यस चाडमा राजा, रैती, कर्मचरी, सिपाही र चियापसलेसम्मलाई पेच हान्ने चलन छ । एक किसिमले भोग्दै, देख्दै अाइएका समाजका विकृती, घटना, परिघटनाको हाँस्यास्पद सारांश हो गाईजात्रा । काठमाण्डौ लगायत देशैभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती र जमघट रहन्छ । पछिल्ला समयमा 'सिस्नुपानी नेपाल'ले गाईजात्रा विशेष कार्यक्रममा राजनैतिक व्यक्तित्वलाई डाँकेर अाम नागरीकहरूकोबिचमा उनिहरुकै सामू उनिहरुकै राम्रा र नराम्रा पक्षहरु सबले सुन्नेगरी, देख्नेगरी ब्यङ्गात्मक अभिनयसहितको वास्तविक चित्र कोर्ने गर्दछन् । यस्ता गाईजात्रा विशेष कार्यक्रमहरु १० देखि १५ दिनसम्म चल्दछन् । टिभी, रेडियो र पत्रपत्रिकासम्म यसअवधिभर गाईजात्रामय हुने गरेका छन् । यसपालाको गाईजात्रा सप्ताहमा पनि राजनैतिक नेतृत्वका असक्षमता, परनिर्भरता, लम्पटवाद लगायत भर्खरै भएका चुनावका प्रसङ्गले महत्व पाउनेछन् । अर्कोतर्फ भुकम्प पीडितका वेदना, लिपुलेक, वैदेशिक रोजगारीको समस्या, चेलीबेटि बेचविखन स्वास्थ्य क्षेत्रमा अामूल परीवर्तनकालागि अविरल लडिरहेका अभियन्ता डा. गोविन्द केसीको ११ अाैं अामरण अनशन अनि प्रत्येक वर्ष झै यस वर्ष पनि अत्यधिक डूबानले पीडित तिलाठीवासीका समस्या लगायतले विशेष ठाउँ पाउनेछन् ।

सामाजिक पृष्ठभूमिमा भनें बढ्दो बिदेश जाने चलन, बदलिएको परिवेश अनि विदेसिएका छोराछोरीको प्रतिक्षामा आँखा उघारेर बसेकि आमाका भावनाहरुले प्राथमिकता पाएका छन् । खाडी देखि अमेरिका, यूरोप लगायत जापानसम्म, नेपालीहरु जहाँजहाँ छन् त्यहाँ त्यहाँ गाईजात्रा बिभिन्न स्वरुप र प्रारुपमा मनाइन्छ ।

हिमालका सेताम्मे टाकुरा देखि हरीया पडाडका चुचरासम्म, ठूला र लामा राजमार्गदेखि गाउँका घरसम्म पूर्याउने गोरेटो अनि घोरेटो बाटोसम्म, तराइका पराल छरिएका डगर अनि आलीसम्म फैलिएको छ मेरो देश नेपाल, तपाइको देश नेपाल अनि हाम्रो प्यारो यो देश नेपाल ।

हिमाल, पहाड, तरार्इसम्म २०७४ सालको गाईजात्राले हाँसो र खुशीको फोहोरा निकाल्न सकोस् । विकृती र भ्रष्टाचारीको भण्डाफोर होस् भनें सुस्कारको तारिफ होस् । अर्कोतर्फ प्रियजनको मृत्यूपछि निराशा हैन शक्तिकासाथ अघि बढ्ने एउटा उर्जा भर्न सकोस् । दिवङ्गतलाई श्रदान्जली, बाँचेकालाई शक्ति र अघि बढ्न अावश्यक खुशीमन प्रदान गर्न सकोस् । परिवार र समाजमा समानता र शान्ति छावोस, यो वर्षको गाइजात्रामा सबैको जय होस्, ति सम्पूर्ण नेपाली परिवार जसले पछिल्लो समय आफ्नो कोही न कोही गुमाउनु भएको छ ति मृतआत्माहरूले शान्ति पाउन्, सबैमा शुभकामना !

-----
अगस्त ८, २०१७ 
भूसंरक्षण दिवस

अगस्त ८ तारिखका दिन विश्वभरि भूसंरक्षण दिवसका रुपमा मनाइदैछ । यसबर्ष २०१७ सालमा भने गाइजात्रा र भूसंरक्षण दिवस एकैदिन पर्नगएको छ । 

२१ अाैं शताब्दिको यस प्रविधिमय यूगका पृथ्वीका बासिन्दाहरुलाई बढ्दो मरुभूमिकरणले ब्यापक असर गरेको छ । छोटो समयको फाइदा र छिटो उत्पादकत्व बढाउनकालागि अनावश्यक हानीकारक विषादी तथा प्रबिधीले कृषिगर्ने चलन, अनेक खानीको दोहन र अव्यबस्थित प्लटिगं लगायतका गतिविधिले दिनानुदिन भूमिको गुणस्तर घटाइरहेको छ । बढ्दो तापक्रम, जलवायू परिवर्तनका असरहरू हामीले महशुस गर्न थालेका छाैं । सेताम्य हुने हिमश्रृंखलाहरू कालापत्थर हुँदै जानू, वर्षा कम हुने ठाउँमा बढि, बढि हुने ठाउँमा कम हुनु, गर्मी याममा चिसोको अनुभूती तथा चिसोमा समेत गर्मीको अनुभूति हुँदै गर्इरहेका छन् । भूमिको संरक्षण गरेर दीर्घकालिन भविष्य निर्माणकालागि आज विश्वभर बिभिन्न कार्यक्रम र भेला आयोजना गरिन्छ ।

संसारमा सबै कुराहरु भूमिसँगै गाँसिएको छ, स्मरण रहोस् विश्वका ठूल्ठूला बिकास निर्माण र आविष्कार गर्न सक्ने प्रबिधीले अहिलेसम्म एक चिम्टी माटो भनें बनाँउन सकेको छैन् । माटो अर्थात भूमि र यसको प्राकृतिक अवस्थिती प्रकृति र मानव सभ्यतामा अत्यन्त महत्वपूर्ण छ ।

विश्वमा जनसंख्या वृद्धि भएर अब आउने सन् २०५० सम्ममा अन्न र पानीको आवश्यक्ता अहिलेको भन्दा दोब्बर बढ्ने तथ्याङ्क छ । तथापि भूमिको असंवेदनशिल दोहनले अन्न र पानीको उपलब्धता दिनदिनै घट्दैगएको छ । संयूक्त राष्ट्र संघको प्रतिवेदन अनुसार लगभग विश्वभरिका १ दशमलव ५ अरब मान्छेहरु मरुभूमिकरण, अल्पवृष्टि या अनावृष्टि लगायत बिभिन्न भूमि सम्बन्धि प्रकोपका शिकार भएका छन् । यसपालीको भूमि संरक्षण दिवसको मुख्य मुद्दा नै ग्रामिण परिवेशमा यूवा र रोजगारमैत्री भूमिको उपलब्धता रहेको छ ।

अन्य बिभिन्न तथ्याङ्कका अनुसार लगभग ५० करोड हेक्टर उब्जाउ भूमिहरु अहिले मरुभूमीमा परिणत भएका छन् र यो मरुभूमिकरणको गति बढ्दो क्रममा छ । सिमसार लगायतका क्षेत्रहरुको संरक्षण अनि वन, नदी, खोलानालाहरुको संरक्षण हुन नसक्दा पृथ्वी मरुभूमिकरणमा परिणत हुँदैगएको हो ।

पृथ्वीलाई भोको र प्यासी ग्रह हुनबाट जोगाउन र हरीतग्रह बनाउन भूमिको संरक्षण जरुरी छ । आँउदा पुस्ताले प्रकृती र उब्जनी सहितको उत्पादक पृथ्वी हातमा पाउन पर्दछ । नेपालमा पनि कृषीयोग्य जमिनलाई घडेरीमा परिणत गर्ने चलन बढ्दो छ, डाँडाका डाँडा ताछेर अनि सम्याएर प्लटिङ्ग गर्ने चलन बढ्दो छ । बाक्ला जङ्गलहरु घडेरी र क्रमशः नयाँ शहरको रूपमा परिणत हुन थालेपछि भूमिको अवस्था कस्तो छ भन्ने बुझ्न सकिन्छ । घरका छाना भन्दा त रोटीका पाप्रा र दुर्इ गाँस अन्न नै बाँच्नकालागि जरुरी छ ।

मैथिल नगरी जनकपुरमा सुकेका पोखरी माथिको जग्गा अतिक्रमण, काठमाण्डौं उपत्यकाको घट्दो देवालय, पोखरी र कुवाँहरु मिचेर बनाइएका घडेरी र घरहरु, घट्दो चारकोशे झाडी, प्राकृतिक श्रोत साधनको अति दोहनको शिकार चूरे अनि थलिएका महाभारत पर्वत श्रृखलाका नाँगा पहाडहरु हेर्ने हो भने नेपाली माटोको संरक्षणको कथा बदल्ने र माटोलाई संरक्षण गर्ने पुस्ताको अावश्यक्ता बढेको छ ।

नदीको बहाव नै परिवर्तन गर्ने गरि गरिएका भूमी अतिक्रमण र बालुवाकालागि दिनदिनै निर्वस्त्र पारिएकी नदीको अवस्थाले पनि नेपाली भूमीको वर्तमान समस्याको व्याख्या गर्दछ । 

माटोलाई माया गर्न सिकौं, मानव आँफैमा पनि माटोकै स्वरुप हो । भूसंरक्षण दिवसबाट चेतना सबैलाई हुनेछ भन्ने अपेक्षा सहित ।

--------
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.26
  • 102.86
  • European euro
  • 120.27
  • 120.97
  • UK pound sterling
  • 131.13
  • 131.9
  • Swiss franc
  • 105.83
  • 106.45
  • Australian dollar
  • 80.79
  • 81.26
  • Canadian dollar
  • 81.26
  • 81.74
  • Singapore dollar
  • 75.03
  • 75.47
  • Japanese yen (10)
  • 9.35
  • 9.4
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.25
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 27.84
  • 28
  • Malaysian ringgit
  • 23.89
  • 24.03
  • Korean Won (100)
  • 9
  • 9.06
  • Swedish Krone
  • 12.61
  • 12.68
  • Danish Krone
  • 16.17
  • 16.26