ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

घटस्थापना / विश्व शान्ति दिवस / विश्व अल्जाईमर दिवस




सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषिगर्न थालेको पहिलो अन्न जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् ।


घटस्थापना, विश्व अल्जाईमर दिवस, विश्व शान्ति दिवस विशेष अडियो सामाग्री

असोज ५ बिसं २०७४

दशैं आयो
खाउँला पिउँला
कहाँबाट ल्याउँला, चोरी ल्याउँला
धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ ।

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन्, बिसं २०७४ को बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना । स्थानीय निर्वाचन समापन भएको नेपाली गाउँघरमा यस वर्षको दशैंमा कहिँकतै चुनाव अनि प्रजातन्त्र पनि जोडिएर आउनेछ । दुर्गाभवानीको कृपाले समृद्धिको शुरुवात अनि प्रजातन्त्र संस्थागत गर्न नेपाल सदैव अघि रहोस् भन्ने सदिक्षाका साथ आजको आलेखको श्रीगणेश गर्दैछौं ।

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवार विना तर यस वर्षको दशैंको रौनकले तपाइलाई छुनेवाला छ, छुने मात्र हैन अाजदेखि अाधिकारीक रूपमा छोर्इ नै सक्यो । ल है! अाज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छाैं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरको रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि अाजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो ।

नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका सम्पूर्ण नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी अाफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ ।

जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको संख्या अनुसार निर्धारण गरिन्छ, संयुक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने परिवारको सदस्य संख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्दछन् । यसरी छरिने जमरालार्इ माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनकता बढाउँदछ, प्रत्येक मुहारमा दशैंको अाकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनाैट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाअोस्, यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।

१६ अाैं शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा गोर्खाबाट ल्याइएको फूलपातीहरु फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै अाएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिअाएको छ । उहिले धेरै अघि अहिले जस्तो यातायातको सहज सुबिधा नभएको बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरु उभ्याउन लगार्इ एउटा कर्मचारीले एक किलोमिटर पार गरि अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दुरीमा भएकोलार्इ हस्तान्तरण गरेर रितपूर्वक फूलपातीलाई रिले दौडजस्तै गरि मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाण्डौसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाण्डौको जमलसम्म गाडीमा ल्याएर त्यसपश्चात् तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्राउने गरिन्छ । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चाैबिस घण्टा नबित्दै काठमाण्डौ ल्याइपुर्याउनुपर्ने मान्यता समेत रहेको छ ।

लमजुङ्गको मोरियाकोटमा स्थानियवासीहरुले राइनासकोटको तल्लो भेगलाई (धमलिकुवा र गरमवेशीका केही स्थानिय भेगहरु) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मर्स्याङ्गदीको दोभानमा गर्इ नुहाई-धुवाई गरि चोखो भर्इ कुबिण्डो तथा अन्य मौसमी फलफूलहरु लगायत फूलपाती बोकेर राइनासकोट स्थित राष्ट्रिय विभूति वीर सिपाही भक्तिथापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ । स्मरणीय रहोस् उक्त मन्दिर कुनैपनि देशभक्त सीपाहीको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरु भएको लमजुङ्ग जिल्लाको पर्यटकिय स्थल हो जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दशैं लगायत शिवरात्रीमा पनि दर्शनार्थीहरुको विशेष भिड रहन्छ । यस बाहेक मेची देखि महाकालीसम्मका सम्पूर्ण शक्तिपिठहरु र कालीमाताको मन्दिरमा प्रातः कालदेखिनै मेला लाग्ने गर्दछ ।

सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा अाउने विज्ञापनहरूमा धेरै पाैष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ ।

यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी सहितको दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुँदैजान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ । त्यसैगरि शायद प्रकृतिले पनि हामीले हाम्रो जरा अर्थात् संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर अाकाशै छोए पनि हाम्रो बहुमूल्य माैलिक संस्कार र परम्पराको जग भने बिर्सन हुँदेन भन्ने महत्व दर्शाउँदछ ।

यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मङ्गलमय शुभकामना ।
--------


बिश्व शान्ति दिवस

सर्वे भवन्तु सुखिनस्,
सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु,
मा कश्चिद् दुखभागभवेत्,
ॐ शान्तिस् शान्तिस् शान्तिस्

अर्थात् सबैजनालाई सुख होस्, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन र कोही प्राणी पनि दुःखि नहोस् ।   'उपनिषध'बाट साभार गरिएको यो शान्ति स्तोत्र प्रस्तुत गर्न चाह्यौं, विश्व शान्तिको कामना सहित ।

होम स्वस्ती आदि गर्ने सनातन सम्प्रदायले शदियौंदेखि विश्व शान्तिको डोर आफ्नो परम्परा र संस्कारमा समाहित गरेका छन् । आज यहि डोरलाई अझ प्रगाढ बनाएर विश्व भरिका समूदाय र सभ्यतालाई जोड्ने बेला आएको छ । संयोग जुरेको छ यसपटक पावन दशैंको प्रारम्भको दिन । हरेक बर्षको २१ सौं सेप्टेम्बरमा मनाइने विश्व शान्ति दिवस यसपल्ट घटस्थापनाको दिन पर्न गएको छ । घरघरमा जमरा रोपिंदै गर्दा विश्वभरि शान्ति अनि सद्भावनाको नारा गुञ्जिने यस वर्षको टिको अनि आशिष पनि पक्कै शुभ हुनेछ ।

शान्ति एउटा अध्यात्मिक शब्दावली मात्र नभई मानव सभ्यताको अनिवार्य आवश्यक्ता पनि हो । शान्ति दिवसमा शान्तिको घाँटी निमोठिएका प्रशस्त उदाहरणका साथ, दम्भ बोकेर न्यायको कठघरामा अाज विश्व समूदाय उभिएको छ । आतंकवाद, आन्दोलन, हत्या हिंसा, बैमनस्यता र अमानविय श्रृंखलाहरुमा विश्वभर कुनै न कुनै रूपमा जकडीएको छ । कोरियाली परिवेश, मिसाईल, क्षेप्यास्त्र आदिको डरले घरमुनी बङ्कर बनाएर केही भएमा ज्यान जोगिन्छ कि भन्ने आशमा घर मुनी कोठा बनाइरहेका कोरियाली अनि जापानीहरु समेत विश्वमै अति सम्भ्रान्त देशका त्रसित करुणामयी अशान्त नागरीकहरुसम्म अाज शान्ति हराएको अवस्था छ ।

म्यानमारका रोहिंग्या देखि सिरियाली शरणार्थीका आँखाहरुसंगै दशकौंदेखि बम र बारुदमा बाँचीरहेका अफगानिस्तान, ईराक लगायत धेरै देशका नागरीकहरुको शान्तिको हिसाब किताब कस्ले गर्ने हो, शान्तिको स्थापना संस्थागत गर्न जरुरी छ ।

सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो, यस पटकको नारा 'शान्ति, सुरक्षा, सम्मान र स्वाभिमानकालागि संगसंगै' रहेको छ ।

१५ सेप्टेम्बर २०१७ को दिन नै संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।

बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलार्इ नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०० वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।

विश्व शान्ति दिवसमा बुद्धको देशबाट विश्व समूदायलार्इ  शुभकामना !

नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।

----
विश्व अल्जाईमर दिवस

एउटा अनौठौ रोगका बारेमा आज चर्चा गर्न चाह्यौं आज विश्व अल्जाईमर दिवसको प्रसंगमा । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यबहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवातकालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रुपमा अल्जाईमरका लक्षणहरु देखिन्छन अनि पछि गएर अल्जाईमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निमत्याउँदछ ।

यसका कारक तत्वहरुमा ७० प्रतिशत वंशाणुगत हुन्छ भनें अन्य कारणहरुमा हाइपरटेन्सन, टाउकोमा गहिरो चोटहरु र डिप्रेशनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरीक व्यायामको कमी जस्ता कारणहरुले पनि अल्जाईमरको जोखिम बढाँउदछ ।

एकफेर अल्जाईमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रुपमा दीर्घकालिन फर्काई असम्भव प्राय हुन्छ, अल्जाईमर रोग बिरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाईमरबाट हामी जोगिन सक्छौं । बुढेसकालमा मात्र अल्जाईमर हुने भनेंर हामीमध्ये कसैले बुझेका रहेछौं भनें त्यो पूर्णतः सत्य नहुन सक्दछ ।

फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरु हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउँन सक्दछ । सन् २०१५ को अध्यन अनुसार विश्वभरि करिब ३ करोड अल्जाईमरका रोगीहरु रहेका छन्, अहिले २ वर्षको अन्तरालमा यसको संख्या झन बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने अाइसकेको छैन । विश्व अल्जाईमर दिवस यस्तै कुराहरुमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाईमर बिरुद्धको महिनाका रुपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबैजना सचेत रहौं ।

---
हाम्रो पात्रोकालागि सुयोग ढकाल

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम