ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

घोडे जात्रा/ विश्व रंगमञ्च दिवस




घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ ।


घोडे जात्रा/ विश्व रंगमञ्च दिवस विशेष अडियो सामाग्री

घोडा, घोडचढी, घोडसवारी, यात्रा तथा यूद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा अनि मानवबिचको सहकार्यलाई इतिहासका विभिन्न दस्तावेजहरूमा निरन्तर व्याख्या गरिएकै छ अझ यो सम्बन्धबारे विभिन्न कथा-किस्साहरू जिवितै छन् । यूरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडिहरुको आविष्कार नहुँदा घोडा मात्र एउटा भरपर्दो र छिटो सवारीको माध्यम थियो । विश्वका प्राचीन ठूल्ठूला यूद्धहरु चाहे त्यो महाभारत यूद्ध होस्, नेपोलियन बोनापार्टको यूद्ध होस् या मङ्गोल कन्क्वेष्टहरु सबैमा अाफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिक्तम प्रयोग भएको थियो ।

अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात 'अश्व'लाई अत्यन्तै महत्वपूर्ण जीवको रुपमा लिईएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पूण्य प्राप्त हुने महान यज्ञ नै 'अश्वमेघ यज्ञ' हो, जसमा सैयौँका संख्यामा घोडाहरुलाई स्वतन्त्र गरिन्छ र ती घोडाहरु जहाँ-जहाँ सम्म पूग्दछन् त्यहाँ  शान्ति, साैहार्दता र अानन्द रहने विश्वास गरिन्छ ।

अाफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्नसक्ने घोडाहरुको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाण्डौमा घोडेजात्रा मनाईदै छ । चाहे काठमाण्डौको विभिन्न ठाँउमा रहेको राणहरुको अनि अन्य विभिन्न योद्धाहरुको सम्झना शालिक या तस्वीर होस्, घोडाहरुको उपस्थिती जरुरी हुन्छ । नेपोलियन देखि कुब्लाई खाँ सम्म अनि जङ्ग बहादुर देखि मोहन शमशेरसम्मका प्रतिमा, मुर्ती या तस्वीरहरुमा घोडाको उपस्थितीलाई सानका साथ हेरिन्छ । काठमाण्डौको अत्यन्त मौलिक जात्राका रुपमा घोडे जात्रा यूगौं यूतान्तरदेखि काठमाण्डौको टुँडिखेलमा अविछिन्न अनि निरन्तर रुपमा प्रदर्शन गरिँदै आएको छ ।

घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यस दिन काठमाडौको टुँडिखेलमा हज्जारौं सर्वसाधारणकाबिच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरु प्रर्दशन गर्ने गर्दछन् । घोडे जात्राको दिन विहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा शुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछी क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकाैशलहरूको प्रदर्शनी शुरु हुन्छ । यसरी यस दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौ अगाडिदेखि गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरुले प्रतिस्पर्धात्मक रुपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्दछ । त्यसका अलवा सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्नखाले अश्वकला, मोटरसाईकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्ने गर्दछ । काठमाण्डौमा हुनुहुन्छ भने आजको दिन सार्वजनिक विदामा यस जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।

अर्कोतर्फ घोडेजात्राको अघिल्लो दिन अर्थात् चैत कृष्ण चर्तुदशीलाई मूलतः नेवार जातीले भोजभतेर आयोजना गरी पिसाच चर्तुदर्शीका रुपमा मनाउने गर्दछन् । अहिलेको समयलाई नेवारी समूदायले पहचारेका रुपमा नामाकरण गर्दै पर्वका रुपमा मनाउँदछन् । नेवारी भाषामा पहचारेको अर्थ, पाहुनाहरुलाई बोलाउनु हो । चैत्र कृष्ण चर्तुदशीका दिनबाट शुरु हुने पहचारे तिन दिनसम्म मनाईन्छ ।

प्रथम दिन लुकुमहादेवको पूजाअर्चना गर्दै बलि चढाउने चलन छ, असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरुलाई एकआपसमा ठोक्काउँदै दुई दिदिवहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरुलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोश्रो दिन घोडेजात्रा हो, घोडेजात्रावाट विवाहित छोरी र दिदिवहिनीहरुलाई माईतमा वोलाउने र भोज खुवाउने पनि चलन छ ।

आउनुहोस्, घोडेजात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किवंदन्ती प्रस्तुत गरौँ,

घोडेजात्रा किन मनाईन्छ ?
काठमाडौ वासीहरुले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रमनै घोडेजात्रा मनाउन पछाडीको एउटा कारण हो । कथा यसरी शुरु हुन्छ..... परापूर्व कालमा टुँडिखेलको पुर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउनसक्ने बुढापाकाहरुको भनाई छ । अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिंडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

घोडेजात्रामा उपत्यकामा हुने विशेष क्रियापलापहरु
आजको विशेष दिन काठमाण्डौ उपत्यकामा एउटा अद्भूत दैवीय मिलन हुने गर्दछ । आउनुहोस्, हामी वेलिवस्तार लाउँदैछौ.....

आजको दिन भद्रकाली, लुमडि, कंकेश्वरी र भैरवहरुको प्रतिमालाई उठाएर असन चोकमा ल्याईन्छ । वर्षमा आजको दिनमात्र यस्तो दिन हा जब यि सबै भैरव प्रतिमाहरुले एकअर्कालाई भेट्दछन् । यसअर्थमा हामीले आजको दिनलाई दैविय मिलनका रुपमा ब्याख्या गरेका हौं ।

घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननिय राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई टुँडिखेललाई डाक्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बीऊ रोप्ने चलन पनि कायमै छ । हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सिमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ । काठमाण्डौ बाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने गरिन्छ ।

पाटनको वालकुमारी क्षेत्रमा आजको दिन स्थानिय घोडाहरुलाई मदीरा खुवाएर चढ्ने चलन छ । यसरी मदीराको नशामा रहेका घोडाहरु हिँडेको अनि कुदेको हेरेर रमाईलो मान्ने चलन पनि रहेको छ । सुस्तरी यस्ता चलनहरुमा कमी भने आँउदै गएको छ । स्मरण रहोस्, एकिकरण पछी पनि भक्तपु, पाटन अनि काठमाडौका विच आजको दिन अर्थात घोडेजात्राको दिन कुन शहरमा कस्को घोडेजात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो, यस जात्राको रगंमा उपत्यकाका शहरहरु आज पनि आ आफ्नै ढगंमा रंगिने गरेका छन् । आजको दिनको शुभकामना ।

विश्व रगंमञ्च दिवस
भन्नेले भनिदिए, अनि लेख्ने ले लेखिदिए , यो जिवननै एउटा रगंमञ्च हो भनेर । विरोधाभाष छ, कि जिवन रगंमञ्च हो या रंगमञ्च भित्र यो जिवन छ तर एउटा कुरा पक्का छ, हामी सबैले आआफ्नो भुमिका निर्वाह भने गर्नेपर्दछ । हरेक वर्षको मार्च २७ मा विश्वले रगंमञ्च दिवस मनाँउदछ, आउनुहोस हामी पनि शब्दाञ्जली अर्पण गरौ, रगंकर्म अनि रंगकर्मीलाई ।
आउनुहोस्, आज रंगमञ्च दिवसको वारेमा केही कुरा गरौ । अग्रेजीमा थिएटर भनिन्छ अनि नेपाली र हिन्दीमा रंगमञ्च, यो मञ्च जस्को प्रयोग मानवहरुले २५०० वर्ष अगाडि वाट गर्दै आएका छन् । समाजका विकृती अनि विसंगती लगायत धार्मीक अनि सास्कृतीक कुराहरु अनि घटनाक्रम लाई प्रस्तुत गर्न । शुरुशुरुमा मानिसहरुलाई आनन्द दिन प्रयोग गरिएको रगंमञ्च सुस्तरी समाजको एैनाकारुपमा अनि समाजका दुख्ख पिडाहरुलाई पनि प्रतीबिम्बीत गर्न प्रयोग गरियो । कहिले भेषभुषाहरु लगाएर, मुखौटा लगाएर त कहिले समान्य जनजिवनका सरल पात्रहरु पनि रंगमञ्चमा उत्रिएका र उत्रदै छन् । अब त रंगमञ्चको क्षेत्र पनि वढेर नाटक हुँदै बmमश लघु चलचित्र, चलचित्र र वृतचित्रसम्मको संघारमा आईपुगेको छ ।

नेपालमा पनि पछिल्लो समयमा रंगमञ्चको प्रयोग बढोत्तरी हुँदै आएको छ । नेपाली चलचित्र क्षेत्रमा पनि थिएटरवाट गएका कलाकारहरुको जिवन्त अभिनयो माग वढ्दो नै त छ ।

शहरमा रंगमञ्चहरु वढ्दै छन् अनि यो रगंकर्मप्रति मानिसहरुको उत्साह वढिरहेकै छ । रंगकर्म अनि रगंमञ्च मार्फत वाट एउटा मानव अनि उस्को अनुभव अनुभुतीहरुले अरु थुप्रै दर्शकरुपी मानव अनि समुदायसँग कुराकानी गर्दछ, सञ्चार गर्दछ अनि एउटा साझा थलो बनाँउदछ, एैक्यवद्ध गर्दछ । कलाको त आखिरमा कुनै भाषा र सिमाना त छैन नि ?
नेपालमा वसेर त्यसैले आज हामी विदेशी रंगकर्म हेर्न सक्दछौ अनि विदेशीले नेपाली, यसअर्थमा रंगमञ्च एउटा धागो पनि हो, संसारलाई एैक्यवद्धताको सुत्रमा बाँध्ने ।

पहिले उपनिवेश बादको विरुद्धमा बोलेको रंगमञ्च सुस्तरि एकता, दासप्रथा को विरोध हुँदै प्रजातन्त्र अनि आजभोली विश्ववन्धुत्वको वोली वोल्न थालेको छ, रंगमञ्च चम्कीरहोस्, नेपाल अनि पृथ्वीका हरेक कुनामा । रंगकर्मी वाँचन पाउने अवस्था श्रृजना होस् अनि कौशलता वढिरहोस्, माया वाँढीरहोस् ।
सबैको जय होस्, पर्दा खुलिरहोस ।

हाम्रो पात्रोकालागी सुयोग ढकाल

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.7
  • 103.3
  • European euro
  • 119.39
  • 120.09
  • UK pound sterling
  • 133.69
  • 134.47
  • Swiss franc
  • 107.49
  • 108.12
  • Australian dollar
  • 81.21
  • 81.68
  • Canadian dollar
  • 82.11
  • 82.59
  • Singapore dollar
  • 75.32
  • 75.76
  • Japanese yen (10)
  • 9.18
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.2
  • 15.29
  • Saudi Arabian riyal
  • 27.39
  • 27.55
  • Qatari riyal
  • 28.2
  • 28.37
  • Thai baht
  • 3.07
  • 3.09
  • UAE Dirham
  • 27.96
  • 28.12
  • Malaysian ringgit
  • 23.97
  • 24.11
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.48
  • 12.55
  • Danish Krone
  • 16.06
  • 16.15