Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

गुरु नानक जयन्ती




यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतीक झाँकीहरु निकालिने गरिन्छ । जसमा गुरुग्रन्थ साहेबको झुलुवा (पालकी) बोकेर भजन किर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झँकीहरुमा सिख समूदायको परम्परागत हतियारहरु जस्तैः भाला, तरवारहरु, पञ्जाबि फलामे चक्कु अादिको प्रदर्शन र त्यससंग सम्बन्धित पारम्परीक खेल देखाइने गरिन्छ ।



संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरु छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रबक्ताले सिकाउने ज्ञान र दिने शिब्योपदेश एउटै छ, माया, सदभाव, सत्यता अनि अहिंसा ।

आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्वीका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरिका शिख धर्मावलम्वीहरुले वढो श्रद्धाकासाथ मनाउने गर्दछन् ।

आजकै दिन अर्थात कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरुनानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाअाजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्वीहरुको प्रभातफेरिका साथ आजको दिन शुरु गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । विहानको समय यसरी गरिने भजनलाई 'असा दि भार' भनिन्छ । यस्ता भेलाहरुलाई अमृत भेला भनिन्छ र 'अमृत भेला पछी लगांर' अर्थात निशुल्क सामुदायिक भोजन गर्ने चलन हुन्छ र यस्ता भोजहरु गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजनहरु आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समूदायका मान्छेहरूलार्इ त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहुष्णिताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा सबैजना समान छन् भन्ने सन्देश दिएको छ ।

विशेषगरि दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ 'गुरु ग्रन्थ साहेब'को ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई 'अखण्डपथ' भनिन्छ ।

यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतीक झाँकीहरु निकालिने गरिन्छ । जसमा गुरुग्रन्थ साहेबको झुलुवा (पालकी) बोकेर भजन किर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झँकीहरुमा सिख समूदायको परम्परागत हतियारहरु जस्तैः भाला, तरवारहरु, पञ्जाबि फलामे चक्कु अादिको प्रदर्शन र त्यससंग सम्बन्धित पारम्परीक खेल देखाइने गरिन्छ ।

रात्रिकालिन भजनकिर्तनलाई 'रेहरास' भनिन्छ । भारतको पञ्जाव, हरियाणा, चन्दिगढ लगायतका ठाँउमा अत्यन्तै उत्साह र उत्सर्गका साथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समूदायहरुले आजको दिनलाई हर्षका साथ मनाउने गरेकाछन् ।

नेपालमा पनि धेरै ठाँउमा गुरुद्वारा रहेकाछन्, ति सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको अायोजना गरी गुरू नानकलार्इ सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ । आजको दिन त्यहाँ भेलाभएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरुको पनि उत्साहजनक संलग्नता सहभागीता देख्न पाइन्छ ।

यस संसारलाई अझै धेरै गुरु नानकहरु जस्ता महान गुरुहरु र महान वचनको खाँचो छ, सत्यमार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्तिमार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समूदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।

----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.82
  • 104.42
  • European euro
  • 112.7
  • 113.35
  • UK pound sterling
  • 130.4
  • 131.16
  • Swiss franc
  • 105.3
  • 105.91
  • Australian dollar
  • 79.23
  • 79.69
  • Canadian dollar
  • 77.86
  • 78.31
  • Singapore dollar
  • 74.51
  • 74.94
  • Japanese yen (10)
  • 9.4
  • 9.46
  • Chinese renminbi (Yuan)
  • 15.1
  • 15.18
  • Saudi Arabian riyal
  • 27.68
  • 27.84
  • Qatari riyal
  • 28.51
  • 28.68
  • Thai baht
  • 3.02
  • 3.03
  • UAE Dirham
  • 28.27
  • 28.43
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.34
  • 9.39
  • Swedish Krone
  • 11.82
  • 11.88
  • Danish Krone
  • 15.15
  • 15.24