ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

प्रतिनीधी सभा तथा प्रदेश सभा निर्वाचन चरण २ | अन्तर्राष्ट्रिय नागरिक उड्ययन दिवस




विमान दूर्घटनामा यात्रु बाँच्नसक्ने संभावना अत्यन्त कम हुन्छ, चाहे घोप्टे भिरमा खसेको थाईएयरको प्रसँग होस् या सन् 2006 मा ताप्लेजुङ्गको घुन्सामा खसेको हेलिकोप्टरमा विश्व प्रसिद्ध भू-वैज्ञानिक, मानवशास्त्रि तथा World Wildlife Fund (WWF) का जीव वैज्ञानिक हर्क गुरूङ सहित २६ जना विश्व प्रकृति तथा जीव विज्ञानका महत्वपूर्ण अनुसन्धानकर्ता दूर्घट्नामा परेको प्रसङ्ग होस्, गुमाएका आफन्त अनि घाउले लागेको दाग कहिल्यै मेटिने छैनन ।


प्रतिनीधी सभा तथा प्रदेश सभा निर्वाचन चरण २ बिशेष अडियो

बिसं २०७४ मसिंर २१ गते
प्रतिनीधी सभा तथा प्रदेश सभा निर्वाचन चरण २

मसिंर १० गते प्रथम चरणको प्रतिनीधी सभा तथा प्रदेश सभा निर्वाचनमा ३२ वटा जिल्लाले मतदान गरिसकेका छन् । अब बाँकी ४५ वटा जिल्लाले आज मसिंर २१ गते आफ्ना प्रतिनीधी सभा तथा प्रदेश सभा प्रतिनीधी छान्दैछन् । सम्पूर्ण मतहरुको गणना भने एकैफेर हुनेछ, संघीय गणतन्त्र नेपाललाई प्रजातन्त्र अनि लोकतन्त्रको यो महत्वपूर्ण पलमा बधाई, शुभकामना अनि सुभेच्छाहरु बिश्वभरिबाटै आइरहेको छ ।

बिसं २०७४ साल निर्वाचनको बर्ष भएको छ । चरण चरणमा स्थानीय चुनावहरु सकाएको नेपालले मसिंरमा धान बालीसंगै प्रतिनीधी अनि प्रदेश सभाका उम्मेदवारहरु पनि भित्रयाउदैछ । संबिधान कार्यान्वयनका गर्दै संस्थागत गर्न ३ चरणका चुनावहरु नेपालले यसै एतिहासिक बर्ष बिसं २०७४ मै गर्दैछ । निर्वाचन आयोगले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा तथा पहाडी र तराईका ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरे अनुरुप अब दोश्रो चरणको पहाडी र तराईका जिल्लामा निर्वाचन आज हुँदैछ ।

मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला
प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।

हामीले केही महिना अघि स्थानीय प्रतिनीधीहरु लाई चुनेका छौं, यी प्रतिनीधीहरुबाट गाँउपालिका, नगरपालिका र जिल्ला सभा गठन हुन्छन् ।  यिनै गाँउपालिका र नगरपालिका प्रतिनीधीबाट जिल्ला सभा र जिल्ला समन्वय समिती गठन हुन्छ । यि समितीहरुको कार्य भनेको बिकासका लागि जिल्ला, नगरपालिका अनि गाँउपालिका बीचमा समन्वय गर्दै सन्तुलन कायम गर्नु हो ।

एउटा जिल्ला भित्र रहेका हरेक गाँउपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख सहभागी हुने गरि जिल्ला सभा गठन हुन्छ । यस्तै जिल्ला समन्वय समिती भने स्थानीय निर्वाचनको परिणाम आएको ३० दिनभित्र गठन गरिन्छ । यस समन्वय समितीमा गाँउ या नगर सभा सदस्यले उम्मेदवारी दिन पाँउदछन् । यस चयनमा मत दिने अधिकार भने जिल्ला सभाको सदस्यलाइ मात्र हुनेगर्दछ ।  अब स्थानीय जनप्रतिनीधीहरु को लर्को र संरचना यसै अनुरुप कार्य गर्ने भएपछि आज हुने प्रदेश सभाको कुरा गरौं ।

प्रदेश सभा
प्रदेश सभाका सदस्यहरुको निर्वाचन कानुन बमोजिम बालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा हुनेछ, । लोकतान्त्रिक गणतन्त्र नेपालका ७ वटा प्रदेश रहेको हामी सबैलाई थाहा छ, यसै प्रदेश अन्तर्गत गठन गरिने सभाको निर्वाचन नै प्रदेश सभा निर्वाचन हो । छोटकरीमा प्रदेश अन्तर्गतको व्यबस्थापिकालाई प्रदेश सभा भनेर बुझ्न सकिन्छ ।
यसक्रममा कुल प्रदेश सभा सदस्यहरुमा ४० प्रतिशत भनें समानुपातिक पद्धतीवाट चुनिन्छन् ।

यसरी समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभाको निर्वाचनका लागि हरेक राजनीतिक दलले उम्मेदवारी दिदा नै जनसंख्याको आधारमा महिला, दलित, आदिबासी जनजाति, खस आर्य, मधेसी, थारु,मुस्लिम, पिछडिएको क्षेत्र अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्नु पर्नेछ। लैगिंक समानता र सरोवर प्रतिनीधीत्वका लागि कुल सदस्य सख्याँको कम्तीमा एक तिहाई सदस्य महिला हुनपर्ने व्यबस्था छ ।

एकै व्यक्ति एक भन्दा बढि निर्वाचन क्षेत्रवाट उम्मेदवार हुन नपाउने यस प्रदेश सभाको चुनावमा प्रदेश भित्र बसोवास थर्ने नेपाली नागरीकलाई कानुन बमोजिम कुनै एक तोकीएको निर्वाचन क्षेत्रमा मात्र मतदान गर्ने अधिकार हुन्छ ।  प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भयको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यले आफु मध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन ।

यसरी हरेक प्रदेशमा सभा गठन भएपछि प्रदेश हरु सबैका लागि एक संघिय ब्यबस्थापिका गठन गरिन्छ जसलाई संघिय संसद भनिन्छ ।  संघिय संसदमा प्रतिनीधी सभा र राष्ट्र सभा गरि दुई सभाहरु हुन्छन् ।

प्रतिनीधी सभा

जनसख्याँ अनि भौगोलीक पहुँचका आधारमा नेपालभरि १६५ निर्वाचन क्षेत्र कायम गरि १६५ जना नै प्रत्यक्ष चयन गरिन्छ । अर्केतर्फ सम्पूर्ण देशलाई नै एक निर्वाचन क्षेत्र मानेर समानुपातिक प्रणाली अनुरुप ११० सदस्य चयन गरिन्छ । यसरी २७५ सदस्य भएको प्रतिनीधी सभा गठन हुन्छ ।

राष्ट्रियसभाको गठन
रास्ट्रिय सभा एक स्थायी सदन हुनेछ जसमा देहायबमोजिमका सदस्य रहनेछन । प्रदेश सभाका सदस्य ,गाँउ पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा संघिय कानुन बमोजिम प्रदेश सभाका सदस्य ,गाँउ पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरि प्रत्येक प्रदेशमा कम्तिमा
३ जना महिला
१ जना दलित
१ जना अल्पसंख्यक वा अपाङ्गता भयका व्यक्ति
३ खुल्ला सदस्य
८ जना गरि ७ प्रदेशमा ।५६ जना र
३ जना रास्ट्रपतिबाट मनोनित (नेपाल सरकारको सिफारिसमा एक जना महिला सहित ३ जना )
९मतको भार भन्नाले नगर र गाँउ पालिका प्रमुख र उपप्रमुख र प्रदेश सभाको सदस्यको मतलाई सरकारले निश्चित अंक दिन्छ त्यहि अंकलाई जोडेर कुन पार्टी को कति अंक आयो त्यसको आधारमा विभिन्न पार्टी बाट (जनाका दरले व्यक्ति छानिन्छ)
यसको पदावधि ६ बर्षको हुनेछ तर गोला प्रथाको माध्यमबाट एक तिहाइको दुइ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्ष पदावधि कायम हुनेछ ।

संघिय कार्यपालिका
प्रतिनीधी सभाको चयन पछि संघिय व्यबस्थापिका निधो गरिएको ठहर हुन्छ । अब संघिय कार्यपालिका गठन गरिनु पर्दछ । यो संघिय मन्त्रिपरिषद हो जसको सम्पूर्ण काम नेपाल सरकारको नाममा हुन्छ । प्रतिनीधी सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतीले प्रधानमन्त्री नियूक्त गर्दछन् । यदि कुनै पनि दलले बहुमत नल्याएमा प्रतिनिधित्व सभामा प्रतिनिधित्व गर्ने दुइ वा (दुइ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई रास्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ,प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भयको मितिले तिस दिन भित्र प्रधानमन्त्री नियुक्त हुनु पर्दछ)

रास्ट्रपतिले प्रधानमन्त्रिको सिफारिसमा समाबेसि सिद्दान्त बमोजिम संघिय संसदका सदस्य २७५ मध्येबाट प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्रि परिषद गठन गर्नेछ। संघिय संसद्को सदस्य नभयको व्यक्ति पनि मन्त्रि हुन् पाउने तर प्रतिनिधि सभामा पराजित व्यक्ति मन्त्रि परिषदमा नियुक्त हुन् नपाउने नियम छ ।

स्मरण रहोस् यस बर्ष हामीले छानेका सही उम्मेदवारहरु ले भोलीको नेपाली भविष्य कोर्नमा महत्वपूर्ण भूमिका खेल्दछन् । अन्य बर्षहरुको तुलनामा यसपाला भनें नेपाली राजनैतिक मैदानमा नयाँ दलहरु अनि नयाँ अनुहारहरु बग्रेल्ती देखिएका छन् । केही अनुहारहरु पुरानै भए पनि नयाँ पार्टीमा देखिएका छन् भनें केही नयाँ अनुहारहरु पुराना अनि नयाँ पार्टीहरुमा पनि देखिएका छन् ।

अबको मुद्धा नै बिकासको मुद्धा हो, १० बर्षे जनयूद्ध अनि बिभिन्न आरोह अवरोह पार गर्दै नेपाल यो चुनावको संघारमा उभिएको छ, स्वतन्त्र र निष्पक्ष चुनाव आजको आवश्यक्ता हो । यसै चुनाव अनि प्रजातन्त्र प्राप्तीका लागि हजारौं शहिदहरु ले बलिदान गरेका छन् त्यस अनुरुप आज शहिद अनि शहादत प्राप्त भएका बिरबिरागंना नेपालीहरुको सपना साकार भएको दिन पनि हो ।

मत खसालौं, नागरीक हुनुको कर्तव्य पुरा गरौं ।

अन्तर्राष्ट्रिय नागरिक उड्ययन दिवस


 

शान्तिपूर्ण निर्वाचनको कामना आकाशमाथी उडिरहेका चराहरूजस्तै उडिरहेका हवार्इ जहाज र गाँउगाउमा सुनिने चिलगाडी अथवा पिलेनका कथाहरु, हवाईजहाजका कथाहरु, तिनमा चढ्दाखेरिका अनुभवहरु, विदेश या स्वदेश जाँदाका उत्सर्गहरु विशेषत्ः केटाकेटी अनि विद्यार्थीहरुकालागि महत्वपूर्ण हुन्छ ।

ठूलासाना हवार्इजहाजहरू अनि हेलिकोप्टरहरु हाम्रो गाउँको एकमुठ्ठी आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरीक उड्ययन भनिन्छ र हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरीक उड्ययन दिवस मनाईन्छ । संसारभरका नागरीक उड्ययन विभागहरुले एकै स्वरमा नागरीक उड्ययन सुरक्षा र ब्यवस्थापनकालागि आवाजहरु उठाउने गर्दछन् ।

सन् १९९४ मा International Civil Aviation Organization (ICAO) अन्तराष्ट्रिय नागरीक उड्ययन संस्थाको ५० अाैं वार्षिकोत्सव मनाउन यस दिवस मनाउन शुरु गरिएको हो । पछी संयूक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरीक उड्ययन दिवसकारुपमा मान्यता दिएको छ ।

कुनैपनि राज्य र क्षेत्रको विकासमा उड्ययन सुविधाको महत्वूर्ण भूमीका हुन्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन संभावनाको विकास गर्न, विपद व्यवस्थापन गर्न र दूर्गमका विरामीहरुलाई समयमै उपचारकालागि अस्पतालसम्म समयमैं पुर्याउन उड्ययनको मूलभूत भूमीकाहरू हुन् । 

सन् २०१५ देखि सन् २०१८ सम्म नागरीक उड्ययन दिवसको नारा "Working Together To Ensure No Country Is Left Behind" अर्थात् कुनै पनि देश उड्ययनमा पछाडी नपरोस भन्ने हेतुकासाथ सबैसंगै कामगरौं भन्ने रहेको छ ।

सन् १९५७ मा नेपालमा पनि नागरीक उड्ययन प्राधिकरणको स्थापना भएको हो । उड्ययनको सुरक्षा, गुणस्तरिय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाईक्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मूख्य उद्धेश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समूदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली अाकासमा विमान दुर्घटनाका निरन्तर समाचार अाइरहन्छन् । कतिपय दूर्घटनाका कारणहरु नियन्त्रण बाहिर हुन्छ भने उड्ययनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्नसके धेरै दूर्घटनाहरु कमी हुन सक्छ ।

वास्तवमा भन्ने हो भने हवाई उड्ययनले संसारलाई एकसुत्रमा वाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन् र त्यससँगै यसका चुनौतीहरु पनि आएका छन् । सन् २०१४ मा मलेसियाको क्वालालम्पूर विमानस्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाईन्सको जहाज अझै भेटिन सकेको छैन् । धेरै यात्रुवाहक विमानहरु यूद्धको अावेषमा भएका प्रहारले खसालिएकाछन् अनि कैयन विमानहरु अनि तिनका अवशेषहरु अझै फेला पर्न सकेका छैनन् । विमान दूर्घटनामा यात्रु बाँच्नसक्ने संभावना अत्यन्त कम हुन्छ, चाहे घोप्टे भिरमा खसेको थाईएयरको प्रसँग होस् या सन् 2006 मा ताप्लेजुङ्गको घुन्सामा खसेको हेलिकोप्टरमा विश्व प्रसिद्ध भू-वैज्ञानिक, मानवशास्त्रि तथा World Wildlife Fund (WWF) का जीव वैज्ञानिक हर्क गुरूङ सहित २६ जना विश्व प्रकृति तथा जीव विज्ञानका महत्वपूर्ण अनुसन्धानकर्ता दूर्घट्नामा परेको  प्रसङ्ग होस्, गुमाएका आफन्त अनि घाउले लागेको दाग कहिल्यै मेटिने छैनन । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न जरुरी छ । अझै पनि नेपाली आकाशमा सिङ्गल ईन्जिन सहितका जहाजहरु यात्रुसहीत उडाँइदै छन् यसलार्इ विडम्वना नै मान्नुपर्छ । नेपाली ध्वजावाहक नेपाल एयरलाईन्सको ओरालो लागेको साखः र अवस्था छिचोल्दै विस्तारै अगाडी बढ्दै छ र यो क्रम जारी रहोस् ।

विभिन्न स्वदेशी तथा विदेशी ध्वजावाहक हवाईजहाजहरु नेपाली आकाशमा उड्दछन्, सगरमाथाको यो आकाशमा उड्ने सबैको चन्द्र दाहिने हुन्, सबै यात्रा सुरक्षित रहुन् र संयमित रहुन् ।

संसारकै धेरै खतरनाक तथा साहषि विमानस्थलहरुको सूचीमा नेपालको लूक्ला विमानस्थल उड्ययन जगतको चुनाैति हो । भौगोलिक र प्रतिकुल मौसमको स्थीतीले पनि उड्ययन सुरक्षा र नविन प्रविधि नेपालकालागि निर्विकल्प छ ।

उड्ययन दूर्घटनामा परेका सबैजनाको आत्माले चिर शान्ति पाउन्, आफ्नो ज्यान जोखिममा राखेर अरुलाई गन्तब्यसम्म पूर्याउने पाइलट, एयर होस्टेस अनि फ्लाईट ईन्जिनियरहरुलाई सलाम । नेपाली आकाश सुरक्षित रहोस्, नेपालको प्राकृतिक छटामा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरू पटक पटक नेपालको अाकाशमा उडिरहून, सुरक्षित उडान भरीरहून ।
----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम