ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस्




अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाईन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ । दासताको यो अाधूनिक यूगमा संसारभरिका सरकार र राष्ट्रप्रमुखहरु एक हुनकालागि आजको दिनले कानको जालि फोड्ने खालको विगुल बजाउन मद्दत गरोस् ।


अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

सन् १७७९ वाट फ्रान्समा बलेको प्रजातन्त्र र समानताको आन्दोलनको विगूलले संसारलाई झकझक्याउँदै गयो, क्रमशः अन्य देशहरुमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै गयो । अहिलेको वैश्विक शक्तिको केन्द्र अमेरिका पनि उतिबेला बेलायतको अधिनमा थियो । भारतमा ईस्ट ईण्डिया कम्पनीका नाममा बेलायतले राज गरेको थियो, विभिन्न देश अनि भू-भागलाई शक्तिशाली राज्यहरुले आफ्नो उपनिवेश बनाएका थिए र उपनिवेशको क्रमसँगै दासताको प्रथाले प्रश्रय पाउँदै गएको विभिन्न एतिहासिक दस्तावेजहरुको अध्यनले बताउँदछ ।

अफ्रिकी भुभागहरुबाट दास बनाएर जनावर सरी सिक्रिले बाँधेर बेलायत, अमेरिका र अन्य धेरै विकसित देशहरुका विशाल शहरहरुको विकास अनि निर्माण गरिएको इतिहास छन् । दास अर्थात् कहिंकसैको सम्पूर्ण अधिनमा मानव नै मानवको पशु जस्तो नोकर रहने चलन हो । पशुवत ब्यवहार अनि बलजफ्ति कुनैपनि कार्यमा लगाउने यी दासहरुको चलन यसभन्दा अगाडि ग्रिसको यूद्धमैदान अर्थात् रणभूमीमा कुस्ती लडाएर मृत्यूवरण नहुञ्जेलसम्म खेलाईने हृदयविदारक लडाईका क्रमदेखिनै पाईन्छ । एक किसिमले भन्ने हो भने शक्तिशाली र धनी समाजले गरिब र निरिह मानवहरुमाथी गर्ने यो पशुवत चलन ब्यापक अमानविय थियो ।

ग्रिक एरिनामा नमरुञ्जेलसम्म खेलाईने कुस्तीमा ग्लाडिएटरहरुको प्रयोग गरिन्थ्यो, बजारमा बाँधेर विक्रि गरिने अनि दासका रुपमा राखिने यी वलिया ग्लाडिएटरको कुस्ती, दुःखदायी जीवन अनि उनरूका प्रेम कथाहरु अझै पनि धेरै पुस्तक अनि चलचित्रमा देख्न पाईन्छ । अझ परापूर्वकालमा कुनै राज्यमा अर्को राज्यका सैनिकले विजय गरेपछि हारेको राज्यवासीलाई दास राख्ने चलन पनि थियो । अझै पनि मानव तस्करी गरेर अमानविय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अङ्ग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झ-झल्को दिन्छ । कमैयाप्रथा, हलिया, कमलरि या अन्य स्वरुपका चलनहरु एकप्रकरको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहिंकतै अझैपनि कायम नै छ । शुरुवात अनि चलन जे-जसरी चलेको भएपनि वर्तमान विश्वको प्रजातान्त्रिक अभ्यासमा दासप्रथा अक्षम्य छ ।
हरेक वर्षको डिसेम्वर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रहरु लगायत संसारभरि मनाउने चलन छ । सन् १९४९ देखि यस दिवस मनाइने गरेको छ ।

पक्कै पनि समाज र संसारमा शताब्दीपुराना तरिकाका दास तथा दासताका उदाहरणहरू अब जीवित छैनन् तर दासताको परिवर्तित स्वरुपहरु मानव तस्कर, अङ्ग तस्कर र जबरजस्ती यौन ब्यवसायमा लगाईने ताैर तरिकाहरुमा जिवन्त सक्रिय छन् । अझै पनि बालवालिकालाई विभिन्न नाम अनि ढङ्गमा जोखिमपूर्ण तथा गैरकानूनि कार्यमा लगाईन्छ । चाहे त्यो खूला सिमानाबाट गैह्रकानूनी तस्करीको श्रोतको रूपमा प्रयोग गरिंदै अाएका उदाहरण होउन अथवा होटल तथा लजहरूमा खाना तथा भाँडाका टल्काउने फूच्चे फूच्चि यो दिन विशेषले यी आधूनिक स्वरुपका दासता विरुद्ध आवाज उठाउँदछ । यस्ता आधुनिक दासताका घटनाहरु नेपालजस्ता देशमा धेरै सुनिने गरिन्छ किनभने हामी विकासोन्मुख छौं तर विडम्वना राज्य यस्तो अवस्थामा बलियो र प्रभावकारी रूपमा उभिएको अनूभूति हुँदैन ।

१० वर्षे सशस्त्र द्वन्द्वपछी नेपालमा वढदैगएको दन्डहिनताले धेरै हदसम्म अपराधी अनि गैरमानविय दासताउन्मुख ब्यवसाय अनि क्रियाकलापलाई प्रश्रय नदिएको हैन् । एकतर्फ हरेक दिन १५०० वढीको सख्याँमा यूवाहरु विदेश पठाउने नेपाल अर्कोतर्फ हरेक दिन नेपालीका दर्जनौँ काठका वाकसमा फिर्ता आएका नागरीकहरुको शव भिजेका आँखाले पाईरहेको हुन्छ, वैदेशिक रोजगारीका आयाम अनि नेपाली कामदारहरुको सुरक्षालाई ध्यान दिन तर्फ सरकारको ध्यान आज जान जरुरी छ । स्वाभिमानी नेपाली कुनैदेशमा दास बन्न हैन अनि दुख्ख पाएर मर्न नभई पसिनाको मुल्य र रोजगारकालागी मात्र गएका हुन भन्ने आवाज सरकारका कुर्सिहरु अनि रोजगार दिने देशहरुले पनि बुझ्न जरुरी छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार संसारभर ४१ लाख श्रमीकहरुलाई जबरजस्ती जोखिमपूर्ण कार्यगर्न विनाकुनै परिश्रममा लगाईन्छ र यस्ता श्रमीकमा महिला र बालबालिकाको संख्या प्रशस्त छ । दासताको यो अाधूनिक यूगमा संसारभरिका सरकार र राष्ट्रप्रमुखहरु एक हुनकालागि आजको दिनले कानको जालि फोड्ने खालको विगुल बजाउन मद्दत गरोस् ।

नेपालमा भने श्री ३ चन्द्र शमसेर जंग बहादुर राणाले आजभन्दा करिब ९१ वर्ष अगाडी विसं १९८३ मा दास प्रथा उन्मुलनको घोषणा गरेका हुन् । तथापि विभिन्न स्वरुप र तवरमा दासताका घाउ बनाउने भिन्नाभिन्नै सामाजिक स्वरुपहरु नेपालीमाझ कायम नै छ । अहिले पनि पश्चिम नेपालमा पीढिदरपीढि मालिकको घरमा बधूवा कम्लरी बस्नुपर्ने प्रथाको नमिठो अनुभूतिबाट बाहिर पूर्णत् निस्कन सकेको छैन । फेरि दाहोर्याउन मनलाग्यो कि शुरुवातमा ललाईफकाई चेलीबेटीहरुलाई भारत लगेर बलजफ्ती यौनदास बनाउने अर्थात् बेचबिखनको कार्यले धेरै नेपाली चेलीहरुले आफ्नो अनमोल सपना र जीवनको तिलाञ्जली दिएका छन् भने दासताको नविनतम स्वरुपका रुपमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु अनि उनिहरुमाथी गरीने शारिरिक, मानसिक दमनका विभिन्न अमानविय व्यवहारका समाचारहरू बेलाबखत अाइ नै रहेका हुन्छन् । हरेक दिनजसो प्रवासबाट फर्केर आएका काठका बन्द वाकसले गवाही दिईरहेका छन् कि दासताको कठोर स्वरूप भयावह छ । निरिह सरकार र मौन नागरीक समाजको कानमा भरिएको तेल झरोस् अनि असुरक्षित बन्दै गइरहेको वैदेशिक रोजगारीले बनाउँदै गरेको गुलामी र दासताको नवप्रयोगहरूका विरूद्ध मापदण्डहरू तयार होउन र रोजगारीमा गएका श्रमिक कामदारहरू स्वस्थ्य अवस्था मैं स्वदेश फिरेर केहि गर्न सकून् । ७२ सालको भुईँचालोपछी नेपालीहरूले सात समून्द्र पार गर्ने क्रमले थप दर्दनाक वृद्धी गरेको छ ।

कलम समाउनुपर्ने हातहरू गलैँचा उद्योग होस् या ईंट्टा भठ्ठा, माईक्रो बस अथवा अन्य सार्वजनिक यातायातका साधनमा झुण्डिने भाई-बहीनीहरु हुन या कथित मुक्त कमैयाका घाउका खतहरु, कम्लरिका पीडाहरू या वादी महिलाले भोगेका पीडादायी चलनका इतिहास किन नहुन् चौतर्फी रुपमा दासताका स्वरुपहरु घुमिरहेका छन् । तिनलाई न्याय दिन अनि अन्त्य गर्न तपाई-हाम्रो साथ, नैतिक सहमती र साझा धारणा व्यवहारमा अाउन जरुरी छ ।

आफ्नो ख्याल गर्नुहोला अहिले पनि अदृश्य मानव वेचविखनका अनेक प्रयोग भर्इ रहेछन् ।

----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम