विश्व शान्ति दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व शान्ति दिवस





हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको हो । नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो । यस बर्षको ३४औं अन्तर्राष्ट्रिय शान्ति दिवस "शान्तिका लागि सहकार्य–सवैका लागि सम्मान" भन्ने नाराका साथ मनाईदैछ । विश्व शान्तिको उदेश्यले हरेक बर्ष यो दिवस विश्वभर मनाईने गरिन्छ । शान्ति दिवसका अवसरमा नेपालमा भने शान्ति मन्त्रालय लगायतका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । खासगरी १२ बर्षे शसस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत शुरुवातको खुसियालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ । शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी संघसंस्थाहरुले यस दिन विचार गोष्ठी, सभा र र्‍यालीहरुको आयोजना गर्दै शान्ति दिवस मनाउने गर्दछन् । कुनैपनि देशको विकासको मुल आधार भनेकै आन्तरिक र बाह्य दिगो शान्ति भएकोले शान्ति नहुँदासम्म देश विकास हुन सक्दैन । त्यहि भएर शान्तिका लागि प्रतिवद्ध नेपाल सरकारले शान्ति मन्त्रालयनै गठन गरी जिल्ला जिल्लामा शान्ति समितिका सचिवालयहरु गठन गरी कार्यहरु गर्दै आएको   छ । नेपालमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले ७५ वटा जिल्लामा रहेका शान्ति समितिहरु मध्येबाट उत्कृष्ट जिल्लालाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ । अन्तर्राष्ट्रियस्तरमा समेत शान्ति कार्यमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विश्वभर शान्ति दिवसकै अवसरमा पुरस्कृत गरिन्छ ।

नेपालको सन्दर्भमा सरकार र तत्कालिन नेकपा (माओवादी) बीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शान्ति प्रक्रियाको शुरुवात भई नयाँ संविधान लेखन कार्य अगाडि बढेको थियो । यस राजनीतिक घटनाक्रमको परिणाम स्वरुप मुलुकमा एक दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक-आर्थिक रुपान्तरणमा महत्वपुर्ण योगदान पुगेको अनुभव गरिएको छ । नेपालको सशस्त्र द्वन्द्वको प्रकृति, यसका कारण र प्रभावहरु तथा यसको समाधानका लागि अपनाइएका उपायहरु आफैंमा विशिष्ट किसिमका रहेकाले राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरमै चासो, चर्चा र अध्ययन-अनुसन्धानै बिषय बनेको छ । तल्कालीन नेकपा(माओवादीले) थालेको सशस्त्र द्वन्द्व र त्यसपछि भएका तराई लगायतका अन्य आन्दोलनका क्रममा हालसम्म करिब १८ हजार मानिसको ज्यान गईसकेको छ । माओवादी सशस्त्र द्वन्द्वका क्रममा पाँचहजार पाँचसय ६० वटा भौतिक संरचना नष्ट हुँदा करिब ४ अर्व ५० करोड रुपैंया मूल्य बराबरको क्षाति भएको सरकारी तथ्याङ्क रहेको छ ।

- हाम्रो पात्रोको लागि  बाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.