ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अन्तर्राष्ट्रिय युवा दिवस




युवाहरु परिवर्तनका संवाहक हुन किनभने युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र चलनमा विश्वाश राख्दछन् । इतिहास साक्षी छ कि युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सहि अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुबै हुन् ।



व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक बर्षको अगस्त १२ तारिखका दिन संसारभरी अन्तराष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपायहरु र युवाको सक्रियताले संसारमै ल्याउन सकिने सकारात्मक परिवर्तनलाई पनि उजागर गर्दछ । 

युवा जनसंख्यालाई संसारभरिका देशहरुले आ-आफ्नै उमेरको परीधिमा राखेको छ तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जागँर, उत्साह अनि शक्ति भएको उमेर समूह पनि हो ।


युवाहरु परिवर्तनका संवाहक हुन किनभने युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र चलनमा विश्वाश राख्दछन् । इतिहास साक्षी छ कि युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सहि अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुबै हुन् ।

नेपाली गाउँहरुमा आजभोली पहिलेजस्तो यूवाहरुको संख्या बग्रेल्ति देख्न कहाँ पाइन्छ र ? हाम्रा देशका यूवाहरु गएका दशकदेखि रोजगारीको सिलसिला या अन्य सिलसिलामा बिदेश जाने प्रक्रिया बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरु, विकासका लहरहरू र उर्जायूक्त दिवसहरुसम्मकालागि आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रै कै विभिन्न सम्भावनायूक्त क्षेत्रहरूमा अटाउन सकेको छैन, हाम्रा युवाहरु मुख्तया खाडि, कोरीया, जापानका देशमा पसिना बगाइरहँदा यता गाँउमा मलामीसम्मको जनशक्ति हम्मे हम्मे परेको समाचार विभिन्न सञ्चारहरूबाट अाएकै हुन् ।

वैदेशिक रोजगारबाट आएका विप्रेशण (रेमिट्यान्स)को पैसाले सिमेन्टीका घर, राम्रा लूगाफाटा, मिठा खाना अनि महँगा टिभी मोबाइलहरु हात हातमा देखिएतापनि यसरी सधैं लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ त ? सोच्नुपर्ने समय आएको छ ।

दिनहुँजसो वाकसबन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनका आश्रित परिवारका आशुँको हिसाब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरु गहना हुन भने देशको सम्पतिलाई विदेशिनै नपर्ने वातावरण सृजना होस, हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक्ता छ, पुल पुलेसा, बाटो-घाटो अनि विभिन्न पूनर्निर्माणका विविध संरचना निर्माण तथा विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरुको ब्यापक भुमिका छ, "हे युवा जय युवा" । 


यस वर्षको कोशेढुङ्गा
नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोंच राख्दा युवाहरुको सहभागिता अन्य समयहरूभन्दा थप महत्वपूर्ण रहन्छ र यस एतिहासिक विन्दुमा म (वान कि मूनको सम्बोधन) संसारका युवाहरुसंगै नेपाली युवाहरूलाई वहुआयामिक विकासका निमित्त मागहरु राखेर आजको आवश्यक्तालाई संबेधन गरिदिन आग्रह गर्दछु । 


वान कि मून
संयूक्त राष्ट्र सघ महासचिव


----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

 







Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.96
  • 103.56
  • European euro
  • 115.04
  • 115.71
  • UK pound sterling
  • 130.38
  • 131.14
  • Swiss franc
  • 105.84
  • 106.46
  • Australian dollar
  • 77.72
  • 78.17
  • Canadian dollar
  • 77.34
  • 77.79
  • Singapore dollar
  • 74.1
  • 74.53
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.07
  • 15.16
  • Saudi Arabian riyal
  • 27.45
  • 27.61
  • Qatari riyal
  • 28.02
  • 28.18
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28.03
  • 28.2
  • Malaysian ringgit
  • 24.02
  • 24.16
  • Korean Won (100)
  • 9.01
  • 9.06
  • Swedish Krone
  • 11.79
  • 11.86
  • Danish Krone
  • 15.47
  • 15.56