ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

जितिया पर्व (जितिया मनाउनेहरुका लागि) | विश्व अहिंसा दिवस




हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।


जितिया पर्व विशेष अडियो सामाग्री

संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू 'जितिया'लार्इ अाफ्नो सन्तानको सुख, अानन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलार्इ जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष)को दिन मनाइन्छ । यो पर्व खासगरि अामाहरूले अाफ्नो जिवित पुत्रहरूकालागि व्रत बस्ने गर्दछन् । महिलाहरु 'निर्जला' अर्थात पानी समेत सेवन नगरिकन २४ घण्टासम्म भगवान 'जीतमहान गोँसार्इ'को पूजाअाजा गरी कठोर व्रत बस्ने परम्परा रहिअाएको छ ।

सर्वप्रथम आज हामी जितिया पर्वको महिमामा संग्रहित र आधारीत व्रतकथाबाट शुरुवात गर्दछौंः

एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो र उक्त ठाउँमा राजा मलायकेतुले राज्य गर्दथे । खोलाको पश्चिमी किनारामा वलुहटा नाम गरेको एउटा मरुभुमी पनि थियो, त्यहि किनारमा एउटा पाखरको रुख थियो जसमा पोथी चील चरा बस्थि जसको रुखमुनी पोथी स्यालको वास थियो । उनिहरु दुवै साथीसाथी भए र एकदिन गाउँका अरु महिलाहरुले जस्तै उनिहरुले पनि भगवान जीतमहान गोँसार्इको निर्जल व्रत बस्ने निर्णय गरे तर संयोगवश त्यसै दिन उनिहरु बस्ने मरुभुमीको छेउस्थित शहरको धनी ब्यापारीको छोरालाई ल्याएर गाडिन्छ, चीलले अरु महिलाहरुझैं ब्रत कायम राखेपनि स्याल भने गाडेको लाशको मासु सेवनगर्ने तिव्र इच्छालाई दबाउन नसकेर व्रत तोड्न पुग्दछे । अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि व्राह्मण परिवारमा दिदि-बहिनीका रुपमा जन्मिन्छिन् ।

चील अब शिलवती नामकी व्राह्मण कन्याको रुपमा र उनकी वहिनी अर्थात स्यालको यस जन्ममा कपुरवती हुन्छे । शिलवतीको बुद्धिसेन भन्ने व्यक्तिसंग अनि वहिनी कपुरवतीको विवाह राजा मलायकेतुसंग हुन्छ । शिलवतीको सात जना सुन्दर पुत्रहरु हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनि एकदमै दुखि र निरास हुन्छिन् । शिलवतीका छोराहरुले राजा मलायाकेतुकोमा काम गर्न थाल्दछन् र ति केटाहरु आफ्नी दिदिका पुत्रहरु भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकि शिलवतीकी बहिनी कपुरवति रिसले चुरचुर हुन्छिन् । राजालाई भनेर ति सातैजना शिलवतीका पुत्रहरुको हत्या गर्न लगाई तिनको टाउकालाई रातो कपडामा बेरेर दिदिकोमा पठाउने षडयन्त्र गर्दछिन् । तर यो कुरा भगवान जीतमहान गोँसार्इले थाहा पाएपछि सातै छोरालार्इ बचाउनुहुन्छ र ति सातैजना पुत्रहरुलाई अमृत दिएर अमर बनाउँदै उनिहरुको टाउकोको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ । यसरी रातो कपडाले बेरीएको भाँडो शिलवतीको घरमा पुग्दा टाउकाको साटो फलफुलले भरिपूर्ण उपहारको रूपमा परिरणत हुन्छ ।

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।

दिदिको खुशी सहन नसकि अव कपुरवती दिदिको घर पुग्दछिन् र आफूले सम्पूर्ण कुरा भन्दिन्छिन् । यसो भन्दैगर्दा शिलवतीलाई पूर्वजन्मको कुरा याद आँउछ जहाँ उनले चीलको रुपमा भएपनि भगवान जीतमहान गोँसार्इको व्रत बसेकि थिइन् यो प्रसंग शिलवतीले बहिनीलार्इ भन्दछिन् र यो सुनेर बहिनी कपुरवति बेहोस हुन्छिन् जसलगत्तै उनको मृत्यु हुन्छ । यसै बेलादेखि भगवान जीतमहान गोँसार्इको श्रद्दापूर्वक ढंगले आमाहरुले छोराछोरीको रक्षकालागि जितिया पर्वमा व्रतको परम्परा थालेको मान्यता रहिअाएको छ ।

विशेषत तरार्इ र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार आज जितियाको व्रत लिइन्छ । यो व्रत कुनै धनधान्य अनि ऐश्वर्यकालागि नभई नितान्त मातृस्नेह र मातृवात्सल्यको एउटा अद्भूत उदाहरण हो । अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म गरी तिनदिनसम्म मनाइने यो पर्वको प्रथम दिनलाई नहाई-खाई अर्थात् एकाविहानै उठी नजिकको जलाधार अथवा नदिमा गएर स्नान गरी तोरीको तेल र 'खर' चढाउने परम्परा रहिअाएको छ । आमाहरुले स्नान गरेर मात्र यस दिन चोखो खानेकुरा सेवन गर्दछन् ।

दोश्रो दिन जिवितपुत्रीकाको दिन 'अष्टमी' र यसदिनलार्इ 'खर दिन' पनि भनिन्छ । खर भनेको एक प्रकारको घाँस हो र यो तरार्इका शितल नदीका किनारहरूमा बाक्लै भेटिन्छ । यसलार्इ विभिन्न धार्मिक सामाजिक कार्य लगायत गाउँतिर घरको छाना छाउन पनि प्रयोग गरिन्छ । तेश्रो दिनलाई पारण भनिन्छ र यस दिन खाना खाइन्छ, तिथि मितीमा तलमाथी परे अथवा एउटै तिथी दुइदिन परेमा कहिलेकाँही आमाहरुले तिनदिनसम्म निर्जल व्रत बस्नुपर्ने पनि हुन्छ ।

त्यसै गरि थारु समूदायमा जितियालाई उत्तिकै महत्वका साथ लिइन्छ । जितियालाई बिजय अर्थात् जितका रुपमा लिदैं नवलपरासी अनि चितवनका महिलाहरुले तिनदिनसम्म महत्वका साथ जितीया मनाउँदछन् । भगवान बिष्णु, शिव र भगवान सूर्यलाई पूजा अर्चना गर्दछन् । पारम्परीक गीत, सङ्गीतका साथमा नाचगान सहित जितिया पर्व मनाइन्छ । प्रकृतीको अर्चना पनि थारु समूदायको जितियाको एउटा महत्वपूर्ण पाटो हो । थारु समूदायले जितियामा नाच्ने नाचलाई 'झ्याम्टा' भनिन्छ । यस समूदायले ब्रहमथानमा गाउने पानीका देवताको एउटा विशेषखाले गीत हुन्छ जसलार्इ 'जतसरी' भनिन्छ । पिपलको हाङ्गा काटेपछि थारु महिलाहरुले गाउने एउटा अर्को पारम्परीक विशेष गीत छ जसलार्इ 'दारकाटोनी' भनिन्छ । जितिया पर्वमा खुला आकाशमुनी सम्पूर्ण गीत अनि नृत्य प्रदर्शन गर्ने गरिन्छ ।

थारु समूदायमा पिपलको हाङ्गा काटेर अनि धानका बिरुवाहरु उखेलेर गाउँको बिचमा गाईको गोबरले लिपेर राखिन्छ, यसरी लिपेर तयार पारीएको ठाँउलाई 'थाट' भनिन्छ । बहुभाषीक अनि बहुसंस्कृतीयूक्त हाम्रो देश नेपालमा जितिया पर्वले धेरै समूदाय, भाषा अनि संस्कृती मान्नेहरुलाई एकैथलोमा भेला पार्दछ ।

अझ विशेष रूपले नेपालको मिथिलाञ्चलमा एकदमै प्रचलित यो पर्वको विशेष परिकारको आकर्षण भनेको 'झोर भात' अर्थात् झोल भनेको तरकारी लगायतका कुराको रस र सामान्य भात अनि 'नोनीको साग' र 'मडूवा' अर्थात कोदोको रोटी हो ।

खानेकुराको स्वाद त समय अनि भान्छा अनुसार परिवर्तन हुनसक्ला तर एउटी आमाको आफ्नो सन्तानप्रतिको माया सदियौंदेखि उत्तिकै पवित्र अनि मातृमिठासले भरिपूर्ण छ । सबै आमाका छोराछोरीको रक्षा होस्, सबै छोराछोरीले आमालाई माया गरुन्, जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एकापसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस्, जितियाको अपार शुभकामना !

विश्व अहिंसा दिवस
आज अक्टोबर महिनाको २ तारिख, अाज विश्वभर अहिंसा दिवस मनाइने दिन हो । विश्व अनि मानव इतिहास हिंसा र द्वन्दको कैयन घटनाक्रमहरूको सामना गर्दै आएको छ । हरेक कुरामा जीत मानवको प्रथम प्राकृतिक चाहना हो अनि कतिपय जीतका चाहनाले युद्धको अवस्था उत्पन्न गराउँदछ । व्यक्तिगत, सामूदायीक, राष्ट्रिय, अन्तराष्ट्रिय धेरै प्रकारका युद्ध अनि हिंसाहरुबिच विश्वले शान्ति अनि अहिंसाको दिवास्वप्न देखिरहेको छ ।

आज विश्वले मनाउने अहिंसा दिवस 'विश्वमा कुनै पनि राजनैतिक या सामाजिक परिवर्तन या रुपान्तरणकालागि हिंसाको मार्ग अवलम्बन नगर्ने' भन्ने सिद्धान्तमा आधारित छ ।

नेपालमा पनि आजसम्म बिभिन्न कालखण्डमा आन्दोलन र जनचाँसोका कुरामा धेरै जना शहिद भएका र हिंसा भएको उदाहरण र प्रमाणहरु छन् । राणा विरोधी आन्दोलन होस् या राजसंस्था हटाउने क्रान्ति, पेट्रोलको मूल्यवृद्धिको आन्दोलन होस् या आमरण अनसनका श्रृंखलाहरु कुनै न कुनै रुपमा परिवर्तनका बाधक तत्वहरु र यथास्थितीवादी सोंचले परिवर्तनको बिरोधमा हिंसा छेडिरहेका हुन्छन् ।

अक्टोबर २ अर्थात विश्व अहिंसा दिवस, विश्वमै अहिंसाकालागि विश्वसमाजले मानेका नेता महात्मा गान्धीको आज जन्म दिन पनि हो । उनका 'नुन आन्दोलन' अनि 'चर्खा आन्दोलन'हरु परिवर्तनमा प्रभावकारी अहिंसात्मक आन्दोलनका बलिया उदाहरणहरु हुन् । सामाजिक न्यायमा अहिंसाको भूमिका अतूलनिय हुन्छ, हिंसा विरुद्ध आज विश्व समूदाय एउटै थलोमा एउटै अावाज बनेर उभिन्छन् ।

आजभोली विश्वमा अनेक स्वरूपका हिंसाका घटनाहरु दिनानूदिन बढदै गएको छ । एकातर्फ हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गरिने गिरोहहरु संसारका हरेक कुनाहरुमा संलग्न छनभने अर्कोतर्फ हिंसाका विरुद्ध बोल्न, लेख्न अनि अभिब्यक्त गर्नसक्ने आवाजहरुको कमीले निम्त्याएको मौनताले गर्दापनि हिंसात्मक तत्वहरु उत्प्रेरित भएका छन् ।

सञ्चारका माध्यम देखि संयुक्त राष्ट्रसंघ सचिवालयसम्म यस दिवसले एउटा लहर फैलाउँदछ । संयुक्त राष्ट्रसंघको हेडक्वाटर अमेरिकाको न्यूयोर्क अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृती जस्मा बन्दुकको नाललाई बङ्ग्याएर बेरिएको देखिन्छ अनि गोलीचाँही बन्दुक मुनी कसैले छाँद हालेर समातेको र रोकेको जस्तो देखिन्छ, विश्वप्रसिद्ध अहिंसाको घोतक कलाको रुपमा यो प्रतिमूर्ति प्रसिद्ध छ ।

एउटी आमाले छोराछोरी राती नसुत्दा भूत आएर तँलाई खान्छ तसर्थ छिट्टै सुत भनेर सुताउँदछिन र बालक सुत्दछ तर अामाले भनेकी उक्त तथाकथित भूत अनि त्यस्ले आफूमाथी गर्नसक्ने हिंसाको भयलार्इ परिकल्पना गर्दै केट्केटी सुत्दछन् । एकदिन आफु ठूलो भएर उक्त भूतलाई ठिक पारिदिने महत्वाकांक्षाकासाथ निदाएको उस्को मानसपटलमा हिंसाको पहिलो पाठ शायद त्यसै समयदेखि नै नकारात्मक रुपमा बस्न जान्छ । को खाई को खाई गराएर खुवाउँदा, उ त्यो फलानालाई हैन म त मेरै बावुलाई या नानीलाई खुवाउँछु भन्दा बाल मानसपटलमा आफूकेन्द्रित र अरु विरोधी भावनाहरु वृद्धी हुन्छ, हिंसाको जड यही छ, हाम्रो पालनपोषण भित्रै छ ।

सङ्गै बाँडेर खानसक्ने अनि भयहीन र निडर पुस्ताले मात्र अहिंसाको वकालत गर्न सक्दछन । एउटा हिंसारहित समाजको परिकल्पना त्यतिबेलामात्र सम्भव छ जतिबेला हामीले हाम्रो बालबच्चाहरुलाई अहिंसाको महत्व बुझाउन सक्छौं । महात्मा गान्धीलेनै यसो भनेका छन्, "युवा पुस्तालाई पनि अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्न जरुरी छ ।" आउनुहोस् तपार्इ-हामी चाहे विकसित देशमा छौं या अविकसित ठाउँमा छौ, मकै भटमास चपाइरहेका छौं या महङ्गो रेष्टुरेन्टमा बसेर भोजन गर्दैछौं ? परिकल्पना गरौं न यदि हाम्रो वरिपरि हिंसाजनक कार्य र भावना नभइदिने हो भने हाम्रो समाज कस्तो हुन्थ्योहोला ?

कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरुमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्तिघोतक विगूल शुरुवात हुने हो भने ? संसारवाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरुका आधारमा गरिने हिंसा नभइदिने हो भने ? अमेरेकी स्वतन्त्रता सङ्ग्रामका महासेनानी मार्टिन लुथर किङ जुनियरले पनि परिकल्पना गर्दै काला, गोरा, खैरा सबैजना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिनको ब्याख्या गरेका छन् ।

नेपालले आजको दिनबाट सिक्न पर्ने कुरा हरु धेरै छ । बिरोध जनाउन र सम्बन्धित निकायमा साँच्चै दबाब दिन नेपाल बन्द गर्ने अनि तोडफोड गर्नु पनि सामाजिक न्याय र परिवर्तनकालागि हिंसाको बाटोको प्रयोग नै गरीएको हो । आजको दिनले आफ्ना आवाज र मुद्दाहरुलाई अनुहार दिनका लागि अहिंसात्मक बाटो रोज्न आव्हान गर्दछ ।

केही वर्षयता नेपालमा बिशेषतः काठमाडौमा माईतीघर मण्डलाले अहिंसात्मक आन्दोलन र आवाजहरु देखाउन प्रदर्शन र प्लेकार्डहरु देखाउने आधार पाएको छ । अहिंसात्मक आन्दोलन र अभियानहरु सुन्ने निकायले पनि संशेदनशीलता सहित सुनिदिन र सम्बोधन गरिदिन जरुरी छ, हिंसा कहिले पनि अन्तिम विकल्प हुनुहुँदैन्, हिंसा रोक्दै अहिंसा नै निर्विकल्प तथ्य हो ।

संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिरखेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनियासम्म, मेचीदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरुको विजारोपण गर्न जरुरी छ र यहि शान्तिको अंकुरणलाई विश्वसामु पुर्याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे वाइवल होस या त्रिपिटक या अन्य कुनैपनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्देन भनेर उल्लेख गरीएको छ । अब बेला भएको छ मुस्कानको बाटो हिंड्ने, 'अहिंसा परमो धरम' अर्थात हिंसा नगर्नुनै सबैभन्दा ठूलो धर्म हो, मुस्कुराउन नछोडनुहोला, हिंसात्मक भावहरुलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है । जय होस सबैको, सबैको मङ्गल होस

-----
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.02
  • 117.62
  • European euro
  • 135.5
  • 136.19
  • UK pound sterling
  • 154.58
  • 155.37
  • Swiss franc
  • 118.08
  • 118.69
  • Australian dollar
  • 83.44
  • 83.86
  • Canadian dollar
  • 89.95
  • 90.41
  • Singapore dollar
  • 84.98
  • 85.41
  • Japanese yen (10)
  • 10.42
  • 10.47
  • Chinese renminbi (Yuan)
  • 16.92
  • 17.01
  • Saudi Arabian riyal
  • 31.2
  • 31.36
  • Qatari riyal
  • 32.14
  • 32.3
  • Thai baht
  • 3.58
  • 3.59
  • UAE Dirham
  • 31.86
  • 32.02
  • Malaysian ringgit
  • 28.17
  • 28.31
  • Korean Won (100)
  • 10.34
  • 10.4
  • Swedish Krone
  • 13.07
  • 13.14
  • Danish Krone
  • 18.16
  • 18.26

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम