ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

कर्कट संक्रान्ति/लुताे फाल्ने दिन



आजको दिनबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यस दिन विशेषलार्इ दक्षिणायन भनिन्छ । सूर्यले आजको दिन मिथुनबाट कर्कट राशी परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ । श्रावण महिना हिन्दुहरुको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ । विशेषत्ः हरियाे चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरुमा साउनको सोमबार महिलाहरुका बाक्लो उपस्थिती रहनेगर्छ, यो रंगीन महिनाको शुरुवातनै कर्कट संक्रान्ति हो । हरियो रंगको यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको अाकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

साउन महिनामा सूर्य कर्कट राशीमा रहनेभएकाले गर्मी अत्याधीक हुन्छ र साथसाथै झरि पर्नेभएकाले मान्छेहरु आवत-जावत गर्दा पानीमा रुझ्न सक्ने संभावना हुन्छ, गर्मी र बर्षाको यो असरले बर्खाका महिनाहरुमा चर्म/छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरु आउनसक्ने संभावना अत्यधिक हुन्छ । साउने संक्रान्तिलाई यस परिपेक्षमा लुतो फाल्ने दिनका रुपमा पनि लिईन्छ । लुतो फाल्ने आ-आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन शरीरमा माटो दलेर नुहाएर लुतो फालिन्छ भन्ने बिश्वाश गर्छन भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा लुतोबाट छुटकारा पाइने जनविश्वाश रहिअाएको छ।

साउनसम्ममा बारीका मकैहरु पनि ठूलै घोघा भइसकेका हुन्छन्, साउनको झरिमा पोलेको या उसिनेको मकैको खाजा खानुको आनन्दनै बेग्लै हुन्छ । गाँउघरका हिलो गोरेटोमा प्याट् प्याट् चप्पल पडकाउँदै लड्दै चिप्लीदैँ हिडेको वाल्यकालका यादहरु पनि साउन महिनाको एउटा सम्पत्ति हो, यस साउनले हामीसबैको जय होस ।

- हाम्रो पात्रोकाेलागि सुयोग ढकालले तयार पार्नुभएको

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.96
  • 103.56
  • European euro
  • 115.04
  • 115.71
  • UK pound sterling
  • 130.38
  • 131.14
  • Swiss franc
  • 105.84
  • 106.46
  • Australian dollar
  • 77.72
  • 78.17
  • Canadian dollar
  • 77.34
  • 77.79
  • Singapore dollar
  • 74.1
  • 74.53
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.07
  • 15.16
  • Saudi Arabian riyal
  • 27.45
  • 27.61
  • Qatari riyal
  • 28.02
  • 28.18
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28.03
  • 28.2
  • Malaysian ringgit
  • 24.02
  • 24.16
  • Korean Won (100)
  • 9.01
  • 9.06
  • Swedish Krone
  • 11.79
  • 11.86
  • Danish Krone
  • 15.47
  • 15.56