ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

'खिर खाने दिन' | 'तुलसीदास जयन्ति'




   Suyog Dhakal - Jul 29 2017

दूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ । नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाअाजा, विहे-वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ ।


'खिर खाने दिन' | 'तुलसीदास जयन्ति' बिशेष अडियो सामाग्री

बिसं २०७४ साल श्रावण १५ गते
------------

शुरूवात गराैं एउटा उखानबाट: "यी छोराछोरी बढ्लान् कमार्इ गर्लान् दूध-भात देलान् मलार्इ..."

उपर्यूक्त उखान आमाबुवाले आफ्ना छोराछोरीप्रति आफ्नो भविष्यको शिथिल शरीर र वृद्ध उमेरमा पाउने माया स्याहार र प्रेमको अपेक्षा दर्शाउन सदियाैंदेखि पुस्ता दरपुस्ता सुनिंदै आइएको हो । दूध-भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार चामल त्यो नभए आफूसंग भएको चामलमा दूध हालेर किसमिस, काजू, नरीवल, छोहडा जस्ता विशेष मरमसला आदि हालेर खिर बनाइन्छ ।

नेपाली चलनचल्तिमा खिर विभिन्न उत्सव, चाडवाड, पूजाअाजा, विहे-वर्तमनमा महत्वका साथ पस्किने गरिन्छ । यो नेपाली परिवारको अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय सांस्कृतिक पकवानको रूपमा परिचित छ । साल या भोर्लाको ठूल्ठूला पातलाई बाँसका कप्टेराका मसिना काँटी (छेस्का)हरुले गाँसेर बनाइएको हरिया दूना टपरीमा हालेर खाँदा पातको बास्ना र खिरको स्वाद अनि त्योसँगै सेलरोटीको नामै मात्रले पनि हामीमध्ये धेरैको जिब्रो रसाएर अाउँछ ।

मानव सभ्यतासंगै मानव र दूधको एउटा नमेटिने सम्बन्ध छ र यसबाट बन्ने कैंयन मिठा परिकारहरू विशेषतः शुद्धता, स्वास्थ्य र विशिष्ट स्वादकालागि विश्व समूदायमैं प्रिय बन्न सफल छ । यस्तै परिकारहरूमध्ये अन्न र दूधको अनुपम समिश्रण यस परिकारमा भोजन, पोषण नै यसको अाकर्षण हो । सेतो दूध र सेतो चामल मिसाइएको यो भोजनको सम्बन्ध देवताहरुले प्राचिनकालमा गरेको समुन्द्रमन्थनसंग सम्बन्धित छ, त्यसबेलादेखि अहिलेसम्म दूधलाई शुद्धिकरण गर्ने तत्व र पोषण मिसिएको बहूगुणी अमृतकै रुपमा लिइन्छ । आर्यूवेदमा समेत खिरलाई प्राचिन भोजनको रूपमा ब्याख्या गरिएको छ । खिर शब्दपनि संस्कृत शब्द 'क्षिरमा'बाट आएको मानिन्छ । क्षिरमा अर्थात् दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ । रोमन सभ्यतामा पनि खिरलाई खानाको एउटा अपरिहार्य तत्वकारुपमा सेवन गरिने चलन छ । यसलाई 'पायस' तथा कतैकतै यसलाई 'तस्मै' पनि भनिन्छ । वैदिक सनातन संस्कारमा पितृहरुलाई चढाउन पायस अर्थात् दूध र अन्नको मिश्रणका रुपमा खिर पकाउने चलन छ ।

भगवान श्री कृष्णले एकदिन साधारण साधूको भेष बदलिएर एउटा राजासंग बाघचाल खेल्न जानुभएको र जितको बदलामा बिभिन्न मन्दिरहरुमा निशुल्क गरिब दीनदुखिहरुलाई खिर खुवाउने शर्त राख्नुभएको थियो । उक्त बाघचाल खेलमा भगवान श्री कृष्णले राजामाथि बिजय प्राप्त गरेको सम्झनामा अझैसम्म पनि मन्दिरहरुमा दीनदुखिहरूलाई खिर प्रसादका रुपमा बाँड्ने चलन रहेको छ । दक्षिण भारत, बङ्गलादेश, मालदिभ्स, सियाम राज्य अर्थात् थाइल्याण्ड लगायतका देशमा काँचो नरिवलको दूधबाट खिर बनाउने गरिन्छ ।

हामी संस्कृती र संस्कारमा साँच्चीकै धनी छौं, खिर खानलाई कुनै कार्जे या उपलक्ष्यनै कुर्नपर्छ भन्नेपनि छैन्, श्रावणको १५ लाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरकोलागि प्रचलित छ ।

रोपाई सकिन आँट्यो भनेर या चलिरहेको रोपाईसँगै यो दिनलाई खिर कैंयन दशकदेखि स्वादिलो बनाउँदै अाएको छ । श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु प्रशस्त हुने गर्दछन् जसलार्इ लैनो गाई तथा भैंसीहरुले अत्यन्त मन पराउने गर्दछन् जसका कारण प्रशस्त दूध पनि दिने गर्दछन् । दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गति परिन्छ भन्ने धारणा छ ।

अनि दूध ल्याउनुभयो त खिर बनाउन ? आज त दुधको ब्यापक बिक्रि हुन्छ नेपालमा । बिहानैदेखि दुध पसलहरुमा भिडभाड हुनेगर्दछ, आफ्नोलागि खिरको जोहो गर्न नभुलौ है । ल है शहरतिर हो भने त डेरीमा अरूदिन ३-४ बजे सक्किने दूध बिहान ९ नबज्दै सक्किएला... ढिलो हुँदा नपाइएला नि !

लगभग रोपाई सकिसकेको अवस्थामा छ यसपाली, बालीनाली सप्रियोस, मानो खाएर मुरी उब्जाउन सकियोस, अषाढ र श्रावणको दुखः मंसिरमा सुख र अानन्दको रूपमा परिणत होस् अनि मुख्य कुरो खिर जस्तै सेतो स्वच्छ र मिठो विचार हामीमा बनिरहोस्, खिरसंगै शुभकामना !

----
तुलसीदास जयन्ति


समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पूर्नब्याख्याकार, धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसीदास प्रभू (सन् १५३२ देखि १६२३) को अाज जन्मजयन्ति, उनि गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभू विशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उनका खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) कालागी यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिकालागि उत्कृष्ट तुलसीदास प्रभूले यो जगत छाडेर गएको लगभग ४५० वर्ष भइसके पनि विभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिद्यापीठहरुमा तुलसीदास प्रभूको अवधी भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।

कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमानचालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनूयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन् । 

आफ्नो जीवनको अधिकांश काल तुलसीदासले वनारसको वाराणसीमा बिताएका हुन् । वनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भमा रहेका र जन्मिदानै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।

जन्मनासाथ अरु बच्चाहरु झैं नरोइकन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसैकारणले उनको नाम 'रम्बोला' रहन गएको भनि तुलसीदास प्रभू आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनीयाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनीयाको पनि मृत्यू भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा माँगी जीवनयापन गरेका थिए ।

यसैक्रममा रामायणका घटनाक्रम, पात्रहरु, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभूको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यबहारीक अध्यनन र सर्भेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरुसंग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रुपमा जीवन निर्वाह गर्दैगए ।

तुलसी दासबारे एउटा प्रचलीत अवधि भाषाको श्लोक नेपाली भाषामाः

चित्रकुटको घाटमा भयो, सन्तहरुको भीड
तुलसीदास प्रभू चन्दन घस्ने, टिका लाउने रघुवीर


यस्ता धार्मिक साधकहरु चाहे कालिदास हुन या तुलसीदास, वहाँहरुको समाज रुपान्तरणका कथाहरु अहिलेपनि मैथील र अवध गाउँहरुमा बडो रस अनि सम्मानका साथ सुनाइने गरिन्छ । तुलसीदास शुरुवातकालीन दिनमा आफ्नो श्रीमति रत्नावलीप्रति अत्यन्तै आशक्त थिए । श्रीमति माइत गएको बेला एकदिन पनि छुट्टिएर बस्न नसक्ने तुलसीदास एकदिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रीमतिको कोठा पुगेका थिए, झुक्किएर डोरी भन्ठानेर सर्प समाति चढेका तुलसीदास सर्पदशंबाट धन्न बाँचेका थिए । श्रीमतिले तपाईं मप्रति कतिधेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठूलो साधू हुनुहुने थियो भनेर भनेपछि धर्म र साधनाप्रति लागेका तुलसीदासका वाणिहरू अहलेको अाधूनिक यूगमा पनि उत्तिकै जनप्रिय तथा सान्दर्भिक छ ।

तुलसीदास सामान्य जीवन बाँच्ने तर असामान्य सृजना र कृतीका रचयताका रुपमा अाज पनि धेरैका प्रेरणाका स्रोत हुन् ।
तुलसीदास ब्रम्हलीनभएको १०० वर्षपछि पनि उनका अनूयायी प्रियदासले तुलसीदासको मृत्यू र उनका जीवनका सातवटा अद्भुत आत्मीक अनुभवका बारेमा भक्तिरसवोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मिकीको अवतारकै रुपमा आफ्नो कृती भक्तकमलमा ब्याख्या गरेका छन् ।

धर्म र भगवानप्रतिको भक्ति र सर्मपणको मार्गमा लम्किएका तुलसीदासको आज जन्म जयन्ती हो । उनका विचारलार्इ हिन्दूधर्मको परिधि बाहिर पनि सहजै ब्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि सामाजिक मर्म, मानवता अनि सारा जीवजन्तु, प्रकृतिका प्रवक्ता हुन् ।

तुलसीदास प्रभूको भनार्इः
"म उनलाई राम भन्छु, तिमी उनलाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ । केवल उनमा तिमी विश्वाश राख, भौतिक आशक्तिलाई उनको सामू त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासीत बिचारक भइसकेका हुनेछौ ।"

हिन्दू, बौद्धमार्गी, इस्लाम, जैन या अन्य धर्म मान्नुहुन्छ या धर्म नै नमान्ने नास्तिक हुनुहुन्छ भनेपनि सत्य र मौलिकताको पथमा अगाडी बढ्न हामीलाई आजको दिनले प्रेरित गरोस्, सेवा नै धर्म हो, सेवा गर्न पछाडी नहटौं ।

'हाम्रोपात्रो'को शुभकामना !

---
प्रस्तुत सामाग्रि हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.58
  • 123.29
  • UK pound sterling
  • 136.78
  • 137.57
  • Swiss franc
  • 105.7
  • 106.31
  • Australian dollar
  • 81.42
  • 81.89
  • Canadian dollar
  • 83.12
  • 83.6
  • Singapore dollar
  • 76.35
  • 76.79
  • Japanese yen (10)
  • 9.16
  • 9.22
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.38
  • 27.54
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.71
  • 12.79
  • Danish Krone
  • 16.47
  • 16.56