कोजाग्रत पूर्णिमा | संयुक्त राष्ट्र संघ दिवस | सशस्त्र प्रहरी दिवस | विश्व विकास सूचना दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

कोजाग्रत पूर्णिमा | संयुक्त राष्ट्र संघ दिवस | सशस्त्र प्रहरी दिवस | विश्व विकास सूचना दिवस




अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैंको अन्त्य र तिहारको प्रारम्भिक अागमनयूक्त शङ्केतका रुपमा समेत लिइन्छ । यस दिन टिका लगाउने कार्य प्राथमिकतामा नपरेपनि छुटफुट टाढाका अागन्तुक अाफन्त तथा प्रियजनहरूले भने यसदिन मान्यजनकोमा भेला भएर भवानीको समापन प्रसादका रुपमा टिका र जमरा लगाएर बडा दशैंको विदार्इ गर्ने गर्दछन् ।


कोजाग्रत पूर्णिमा विशेष अडियो सामाग्री

कोजाग्रत पूर्णिमा
आजबाट दशैंको औपचारीक अन्त्य भयो है, दशैंको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ, यो दुर्गापक्षको समापनसङ्गै  दशैंलाई अर्को वर्षकालागी थाती राखौँ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछन र काठमाडौको स्वयम्भू लगायतका चैत्यहरुमा राती महादीप ज्योती प्रज्जवलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरु र उमारेका जमराहरुलाई विधीपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि कोजाग्रत पूर्णिमाकै दिन हो । आजको दिनको अर्को महत्व छ, आजको दिन धनधान्य कि देवी भगवान लक्ष्मी राती पृथ्वीलोकमा भ्रमणकालागी आउनुहुन्छ, अनि जसजसले राती नसुतेर भगवान लक्ष्मीमाताको भजन भक्ति गरेर वसेका छन् उनिहरुलाई धनधान्यले कृपा दिने जनविश्वास रहेको छ ।

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैको अन्त्य र तिहारको शुरुवाती संकेतका रुपमा पनि लिइन्छ । विहानै सम्पूर्ण परिवारका सदस्यहरु भेला भएर भवानीको प्रसादका रुपमा टीका र जमरा लगाएर अनि जमराहरुलाई सेलाउने चलन छ ।

कोजाग्रत पूर्णिमा पछि सुरिलो वाँसलाई काटेर त्यस्को टुप्पामा रंगीन कागजको सानो दियो घर बनाएर त्यसभित्र हरेक साँझ कार्तिक शुक्ल पूर्णिमाको दिनसम्म आकाशे वत्ति वाल्ने चलन छ, खुल्ला निलो आकाशमा ओर्लदै गरेको चन्द्रमा अनि वाँसको टुप्पामा वलेको आकाशे वत्ति एकदमै आकर्षक दृश्य हुनेगर्दछ ।

तराईतिर भने आजको दिन कौडा खेल्ने चलन छ, कौडा एकप्रकारको जूवा जस्तै हो, साना साना कौडाहरुलाई हातले खालमा फालेर त्यस कौडाहरुको उल्टाई र फर्काईको संभाब्यताका आधारमा पैसा वाजीमा लगाइन्छ, आजका दिन तराइका अधिकांश् गाँउहरुमा ठूलो स्वरले माररा भन्दै कराउँदै रातभरि जाग्राम बसेर कौडा खेल्ने चलन पनि छ । यसैवर्ष विवाह भएका नवदम्पतीहरुलाई भनेँ वेहुलाको घरमा बेहुलीका तर्फबाट ब्यञ्जनहरु पठाउने चलन छ, यस्ता ब्यञ्जनहरुमा मिठाई, भोजन, दही लगायतका परिकारहरु अनि वेहुली गाउमा बनाएको पान पनि पठाइन्छ ।

यी ब्यञ्जनको स्वाद र परिकारलाई प्रत्यक्षरुपमा बेहुलीपक्षको सत्कार र श्रद्धासँग जोडिन्छ । पहिले पहिले यस्ता परिकारहरु लग्दा गम्छामा राखेको दहि लैजाने चलन भएको बुढापाकाहरु बताउँछन् । दूधलाई धेरैसमय तताएर अनि जमाएर तैयार गरिन्छ, दही यति वाक्लो हुन्छ कि कपडाको गम्छामा पनि अडिन्थ्यो रे ! यसरी दिदि वहिनीका घरमा कोसेली पूर्याउन गएका दाजुभाई अर्थात साला, जेठान र भिनाजु, ज्वाँई विचमा कौडा खेल्ने् चलन पनि छ ।

अनि कस्तो भयो त यस्पालाको दशै ? पक्कै पनि रमाइलो भयो होला ? हामीमध्य धेरै फेरि जिवनयापनका कार्यमा फर्किइसक्यौ होला ? घरको सुखद यात्रा पश्चात दशैको रमाइलोलाई मनभरि सगाँल्दै पढाई, काम या ब्यवसायका कदमहरुमा आएर जुटिसक्यौ पनि होला । दशै सकियो भनेर केटाकेटीहरुमा एकप्रकारको खिन्नता आएको हुन सक्छ, या यस्पाला दशैमा यत्ति दक्षिणा कमाए भन्ने लेखाजोखा पनि दशैपछिनै राख्ने त हो जे होस चाडवाडका यी दिनहरु मादक छन्, चिसो सँगै राती शित पनि पर्न थालेको छ । अब बढ्दै जाने चिसोलाई विशेषत सुत्केरी, केट्केटी तथा बुढापाकाको हकमा भने कम नअाँकियोस्, न्यानोपना सँगै न्यानो शुभकामना

संयुक्त राष्ट्र संघ दिवस

 

आजभन्दा ७४ बर्षअघि जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।

यो एउटा अन्र्तराष्ट्रिय सँस्था हो जस्ले सम्पूर्ण सदस्य राष्ट्रहरुविच समन्वय र सहयोग कायम राख्दछ । दोश्रो विश्व यूद्धको समापन अघि यस्ता कार्यहरु लिग अफ नेशनले गर्नेगरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाकालागी अनि पहिला र दोश्रा विश्व यूद्धजस्ता आततायी यूद्धहरु पूनः हुन नदिनका लागी संयूक्त राष्ट्रसँघको स्थापना गरिएको हो ।

संयूक्त राष्ट्रसँघको अन्तर्गत विभिन्न लक्षीत क्षेत्र र विषयमा कार्यगर्नकालागी विशिष्ट सँस्थाहरु छन् जस्तै खाधान्न र कृषीका लागी विश्व खाधान्न तथा कृषी सँस्था, अन्तराष्ट्रिय आणवीक उर्जा सँस्था, वालवालिका र महिलाकालागी यूनिसेफ आदि र यि सँस्थाहरुका आआफ्ना कार्यगत क्षेत्रमा कार्यसञ्चालनका आ आफ्नै तठस्त र मानवीय आधारहरु हुन्छन् । अहिले संयूक्त राष्ट्रसंघमा १९३ सदस्यहरु छन् भने बिश्वभरि नै साझा मुद्धा लगायत आपतकालीन सहयोग, उद्धार अनि दिघो शान्ति स्थापनार्थ संयूक्त राष्ट्रसंघ अगुवा संस्था हो ।

अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा यूएन भनेर पनि हामीले बुझ्दछौं । संयूक्त राष्ट्रसँघ हामी सबैले देखिआएका, सुनिआएका र पढीआएका सस्थाँ हो, यूद्धग्रस्त क्षेत्र देखि प्राकृतीक प्रकोपले गस्त क्षेत्रहरुसम्म सहयोगका हातहरु, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ । नेपालमा पनि हामीहरु धेरैजसोले विभिन्न प्रकारका निला झण्डाहरु अकिंत अनि निलो नम्वर प्लेटका सवारी साधनहरु देखिआएका छौ । संयूक्त राष्ट्रसँघले आफ्ना सदस्य राष्ट्रहरुमा विश्व शान्ति तथा सदभावको वकालत अनि आधारभुत मानव अधिकारको प्रत्याभुती प्रवर्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतीक प्रकोप र हिंसाभएमा शान्तिको पूर्नस्थापना अनि पिडीतहरुलाई सहयोग गर्ने कार्य गर्दछ ।

सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ, सन १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसँघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्र सँघ दिवसका रुपमा मनाईन्छ । पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो । दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।

सन् २०१६ को अक्टोबर महिनाको २१ तारिखमा पूर्व महासचिव वान्की मुनलाई प्रतिस्थापित गर्दै पूर्व पोर्चुगीस राष्ट्रपती एन्टीनोओ गुटेरस लाई सिफारिस गरेको हो । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको राष्ट्रपती भएका ६८ बर्षीय एन्टीनोओ अबको थप ४ बर्ष सम्म बिश्वको सबैभन्दा ठूलो कुटनैतिक पदमा आसिन हुनेछन् । यूद्धग्रस्त क्षेत्रका मानिसहरु लगायत शरणार्थीहरु अनि बिपन्न वर्गका मानिसहरु लाई प्रार्थमिक्तामा राख्ने उन्को प्रतिबद्धता रहेको छ ।

हामी मानिसहरुले आकाशमा ठूला ठूला जहाज उडाउन सिक्यौँ, समुन्द्रमा जहाजहरु मार्फत यात्रा तय गर्न जान्यौ, गाडी, ईन्टरनेट, ठूला घरहरु अनि सुखसयल प्राप्त गर्यौ तर अझै पनि मानव भएर मानवको प्रेम, सदभाव अनि विभेदको अन्त्य गर्न बाकी छ । पहिलो र दोश्रो विश्वयूद्धले जर्जर वनाएको मानव समाज अनि अस्तित्वलाई शान्ति र सदभावको मल्हमले निको पार्दे विश्व बन्धुत्व कायम गर्न गराउन सकोस, संयूक्त राष्ट्रसँघबाट संसारलाई यहि अपेक्षा छ ।

विश्व अहिलेपनि द्धन्दको चपेटामा छ, कहिले सिरिया त कहिले भारत पाकिस्तान अनि कहिले इराक त कहिले अफगानिस्तान, केही न केही नाममा मानवतामाथी चोट र ठेस पुगरिहेकै छ, संयूक्त राष्ट्रसँघको भुमीका त्यस्तर्फ अझै टड्कारो होस्। ठूला र समृद्धराष्ट्रहरुको बोलीसँगै अविकसीत अनि अल्प विकसीत देशहरुमा मौनताहरु पनि सुनियोस्, संसारमा शान्ति होस् ।

दक्षिण कोरियाले तेर्स्याएको मिसाइलको त्रास भित्र बसेका जनसख्याँ देखि भुकम्प अनि गरिबीको चपेटामा परेका सम्मलाई राष्ट्रसंघले सम्बोधन गर्न सकोस् । रोनिगिया लगायत लााखौंका पीडामा राहत प्रदान गर्न सफल रहोस् । उत्तरी देखि दक्षिणी ध्रुवसम्म, भुमध्य रेखा देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि हरेक आक्षांश र देशान्तरका कोणमा शान्ति छाओस, मङ्गल होस् ।

सशस्त्र प्रहरी दिवस

 


सशस्त्र अर्थात शस्त्र सहीतका प्रहरीहरु । सशस्त्र द्धन्दको समयमा नेपालमा माओवादी आन्दोलनकारी अनि सरकारको बीचमा यूद्ध चरम सिमामा पुगेको थियो । दैनिक जसो आक्रमणमा नेपालीका छोराछोरीको रगतका टाटाहरु अनि लाशउपर क्रान्ति अनि परिवर्तनको अपेक्षा भइरहेको थियो । कहिले आन्दोलनकारीका रुप त कहिले सेना या प्रहरीको रुपमा नेपाली आमाका कोख अनि चेलीका सिँउदाहरु रित्तिरहेका थिए, गोली अनि बारुद ले आमा दिदीवहिनी दाजुभाई कसैलाई चिनेन, एकपछि अर्का नाम अनि गामहरु रगतपिच्छे भएका थिए ।

यसरी यूद्ध चर्कदै गएपछि सरकारले सेना अनि प्रहरी का बिचमा एउटा अर्को अर्धसैनिक दस्ता चाहिने आवश्यक्ता अनुभव गरेर बिसं २०५७ सालको कार्तिक ११ मा सशस्त्र प्रहरी दल स्थापना गरेको हो । नेपाली सेना वाट कौशल जनशक्तिहरु शसस्त्र प्रहरीमा ल्याएर शुरुवात गरेको यस दल को यस बर्ष १८ औं स्थापना दिवस हो । शसस्त्र प्रहरीका प्रथम महानिरीक्षक कृष्णभक्त श्रेष्ठ को भनें तत्कालिन आन्दोलनकारीहरुले गोली हानी हत्या गरेका हुन् ।

सशस्त्र प्रहरी प्रधान कार्यलय काठमाडौको हलचोकमा आज बिभिन्न कार्यक्रम अनि परेड हरु आयोजना गरेर यस दिवस मनाइन्छ । आज विशेष समारोहमा अमर सशस्त्र प्रहरी लगायत सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा पुर्याएको त्याग, बलिदान, साहस अनि कर्तव्यपरायणताको स्मरण गरिंदै अमर सशस्त्र प्रहरीको दिवंगत आत्माको चिरशान्तिको कामना तथा विभिन्न घटनामा परी अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्वास्थ्यलाभको कामना समेत गरिन्छ ।

सशस्त्र प्रहरी अन्तर्गत दिवंगत अनि अगंभगं कर्मचारीहरु को कल्याणका लागि कल्याणकारी कोषको समेत व्यबस्था गरिएको छ ।

सशस्त्र प्रहरीहरु को थप व्यबस्थित परिचालन अनि व्यबस्थाका लागि बिसं २०७२ मा बिसं २०५८ को सशस्त्र प्रहरी ऐनलाई संशोधन गरि सशस्त्र प्रहरी नियमावली बनाईएको छ । यस नियमावली ले सशस्त्र प्रहरी अनि तिनका परिवारका कल्याणका बारेमा स्पष्ट सम्बोधन गरेको छ ।

भुकम्प लगायत अन्य प्राकृतीक प्रकोप नियन्त्रण र उद्धारका लागि सशस्त्र प्रहरीको भूमिका सदैव तारिफयोग्य छ । सशस्त्र प्रहरी बारे थप जानकारी का लागि टोलफ्रि फोन नंबर १११४ मा निशुल्क फोन गर्न सकिनेछ ।

नेपालीजनको रक्षा अनि सिमाको संबेदनशीलता का लागि सशस्त्र प्रहरी थप अगाडी बढ्दै जाओस् ।
नेपालआमामा सबैजना छोराछोरीमा शुभकामना

विश्व विकास सूचना दिवस
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिन सक्छ। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि "विश्व विकास सूचना दिवस" मनाइन्छ।

राष्ट्र संघको विधानसभाले बताएको छ कि सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रीय सहयोगको क्षेत्रमा प्रयासको बढावा दिन्छ।विधानसभाले विकासको केन्द्रीय भूमिका बलियो बनाउन यस दिनलाई संयुक्त राष्ट्र दिवसको दिनमै मनाउदै आएको हो।

----

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.