ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

लक्ष्मी पूजा | लक्ष्मी जयन्ती




आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तूलसीको मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।


लक्ष्मी पूजा तथा लक्ष्मी जयन्ति विशेष अडियो सामाग्री

बि.सं. २०७४ साल कार्तिक २ गते

हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ । यि द्वारहरुबाट बर्षै भरि खुशी अनि उत्साहको प्रवेश होस् । उर्जावान तिहारको उज्यालो शुभकामना !

"भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँशीको बारो, गाईतिहारो भैलो...."


टोलछिमेकका चेलीबेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रे माैलिक स्वाद लिन पाइने यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।

आजको दिन बिहानैबाट गाइलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माता'को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाइको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाइका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गौंत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गाइको गोबर र माटो मिसाएर दैलो, चूल्होलार्इ लिप्ने चलन छ । गाइको दूधको महिमा त अपरम्पारै छ ।

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।

----
लक्ष्मी जयन्ती 

कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?


ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवी लक्ष्मीप्रसाद देवकोटाले । भिखारी कवितालाई नै साक्षीराखि आज हामी वहाँको १०९ औं जन्मजयन्तिको प्रसंग शुरु गर्न चाहन्छौं ।

माग्दछ करूणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?


समाजको छर्लगं चित्रलाई वडो चित्तोकर्षक ढगंले पस्कने महाकवीका कृती अनि अन्तराष्ट्रिय लेखकहरु संगै अब्बल ढङ्गले पौंठेजोरी खेल्न सक्ने उनका कृतीहरुकै कारणले गर्दा होला देवकोटालाई कतिले 'जियोग्राफिक मिस्टेक' भनेंर समेत चित्रण गरेका छन् । स्वर्गमूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर बिद्यमान छन् ।

आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवी लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतिको प्रसादका रूपमा जन्म भएको हो । आज वहाँको १०९ औं जन्म जयन्तिको अवसरमा विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गरेर मनाईन्छ । नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरुले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन"


मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगूल स्वरूप महाकवी छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजकालागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ । शायद यहि कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरुले पनि दिलखोलेर गरेका छन् ।

तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवी लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।

"के नेपाल सानो छ र!" भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विधालय पाठ्यक्रममै पनि हामीमध्ये धेरैले पढेका छौं । निवन्ध स्वरुपमा अझ प्रखर र भरिला अभिब्यक्तिहरु दिनसक्ने महाकवीले सत्र वर्षको उमेरमैं भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नात्कोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतीहरु अनि भिखारी, गाईनेको गीत, पागल, पुलती लगायतका कवितासंग्रहहरु नेपाली साहित्य अनुरागीकालागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।

देवकोटाका जिवनका बिभिन्न घटनाक्रमहरु अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । बिद्यालय जिवनमा आफूले लेखेका कविताहरु साथीहरुलाई सुनाँउदा उनिहरुले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेंर पत्याउथेनन । शुरुवातकालिन दिनहरुमा कवी शिरोमणी लेखनाथ पौड्यालका कृतीहरुबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डसवर्थ र सेलीका अंग्रेजी सृजनाहरुलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनें बिए बिएल चाँही पटना विश्वबिद्यालयबाट गरेका हुन् ।

बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एकदिनभरि नै लगातार छाताका बिषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरुको माला र वहूआयाम केलाउनसक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्गमयको प्रगतिकालागि आएका हुन् ।

वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवी आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।

चिताग्नि तापी जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ।

वि सं २०१६ सालमा संसारबाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धासुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।

-----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको हो ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम