ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व साक्षरता दिवस | विश्व फिजियोथेरापी दिवस




विश्व साक्षरता दिवस/विश्व फिजियोथेरापी दिवस बिशेष अडियो सामाग्री

एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो होलयी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि विश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने स्पष्ट तथ्य अध्यनहरुले देखाउँदछ । हाम्रा छेउछाउमा वसोवास गरिरहेका हरेक उमेरसमुहका कोही न कोही असाक्षर सजिलै भेटिन्छन् ।

सामान्य अक्षर चिनेर लेखपढ गर्न र अङ्कहरु अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो तथापि यी कुराहरु कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ ।

साक्षरताको ग्लोवल मनिटरिग रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन र अझ्झ धेरैको अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरु छन् । धेरै जना बालबालिकाहरु अझैपनि विधालय जान पाउँदैनन र पाउनेहरु पनि दैनिक विधालय जान सक्दैनन, पश्चिमी र दक्षिणी एसीया लगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन ।

सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विधालय, समूदाय र संस्थाहरुले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् ।  सबैजना साक्षर हुनु सबैजनाको दायित्व हो, नेपालको परिपेक्ष्यमा डिजीटल यूग अनि त्यसको उपयोगीताको प्रयोग गरेर डिजीटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दग्दो छ । हातहातमा भएका मोबाईल अनि घरघरका ईन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिंदा सञ्चार अनि समय व्यति तगर्ने फजुल माध्यम मात्र बन्न हुँदैन ।लेखिने अक्षरहरु र अकंहरुको महत्व एकदमै धेरै र अतुलनिय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरुसँग सबैजना मानवको परिचय नगराइकन संभव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उस्को संस्कारलाई अझै बृद्धी गर्दछ । अक्षर र अङ्कको महत्व अनि शिक्षाको उज्यालो मानवकालागि एकदमै जरुरी छ, आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमी हाम्रो पात्रोमा न त लेखिने थियो न पढिने थियो, अक्षरले भावना र जानकारी दर्शाउँदछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्शाउदछ ।

नेपालमा पाैढ शिक्षालगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिन जरुरी छ किनभने चाहे बालक होस या बृद्ध, शिक्षा सबैलाई जरुरी छ ।

खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा कबाट कछुवा पढेका देखि कमप्यूटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विधालय जानसम्म धौ धौ पुस्ताहरु लगायत अक्षरनै नचिन्ने अनि औंठाछाप लगाउनपर्ने ब्यक्तिहरुपनि यहि समाजमा छौं ।

उनिहरुलाई हामीले आफ्नो तर्फबाट के गरि साक्षरसम्म बनाउन सक्दछौं चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या नि:शुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कूलसम्म उनिहरुलाई पुर्याइदिएर नै हुनसक्छ, सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो ।साक्षरता प्रति सबैको दायित्व बोध होस् | ‘शिक्षा धनं सर्वप्रधानम"

---

विश्व फिजियोथेरापी दिवस


मान्छेको प्रार्थमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ । त्यो दक्षता हो, मानवको गतिशीलता । गतिशीलताले नै मान्छेलाई यहाँ बाट वहाँ पूर्याँउछ, सपना अनि जानकारी दिलाँउदछ, मान्छे मान्छे बीचको समबन्ध स्थापित गर्दछ अनि मान्छेलाई सामाजिक बनाँउदछ, हैन र?

बिभिन्न मांशपेशीजन्य समस्या, हाडको समस्या अनि कुँजोपनाले मानवलाई गतिशीलताको यो दक्षता र अभ्यासवाट बिमुख गर्न सक्दछ, यही गतिशीलतालाई कायम राख्न फिजियोथेरापीस्ट हरुको सीप अनि अध्यनको आवश्यक्ता पर्दछ । यसै आवश्यक्तालाई ध्यानमा राखेर हरेक बर्षको सेप्टेम्बर ८ मा बिश्व फिजियोथेरापी दिवस बिभिन्न कार्यक्रम गरेर मनाइन्छ|

सन् १८१३ मा स्वीस जिम्न्यास्ट हेनरिक लिगं ले रोयल ईन्सटिट्यूट अफ जिम्न्यास्ट खोलेर गरेका हुन् । त्यस संस्थाले बिश्वमै सर्वप्रथम गतिशीलता र पीडा निवारणका लागि मसाज अर्थात मालीस, सुधारात्मक व्यायम अनि अन्य कसरतहरुको शुरुवात गरेको हो |

त्यसपछि सन् १८९४ मा बेलायत मा चार्टड सोसाईटी अफ फिजियोथेरापी खोलेको पाइन्छ भनें फिजियोथेरापीको प्रथम कलेज भनें अमेरिकाको वासिंगटनमा वाल्टर रीड आर्मी अस्पतालमा भएको हो । प्रथम बिश्वयूद्ध ताका यस अस्पतालमा फिजियोथेरापी शाखाको शुरुवात भएको हो ।

नेपालमा भनें फिजियोथेरापीको ईतिहास कोट्याँउदा नयाँ चिकित्सा पद्धतीका रुपमा केही दशक अगाडीमात्र केही निजी अस्पतालहरुले औपचारीक शुरुवात गरेको पाइन्छ, सुस्तरी अहिले फिजियोथेरापी का सेवाग्राही र प्रदायकहरु बढ्दै गएका छन् । सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धतीहरु अनि केही भारतबाट तालिम प्राप्त स्वास्थकर्मी मार्फत फिजियोथेरापी गरिने पाइन्छ । सन् १९८३ मा आईओएम ले फिजियोथेरापीलाई एसएलसी पछिको ३० महिने कोर्सका रुपमा औपचारीक मान्यता दिएको हो । यस क्रममा सन् १९९० सम्म करिब ५० जनाले तालिम लिएको ईतिहास हामीले पायौं तर पूनः सन् १९९० मा फिजियोथेरापी अध्यापन नेपालमा बन्द हुन गयो । तथापि बिभिन्न अनौपचारीक तालिम र कार्यगत प्रशिक्षण भएको थियो । सन् २००२ पछि धुलिखेल मेडिल ईन्सटिट्यूट ले फिजियोथेरापीलाई औपचारीक शुरु गरेको पाइन्छ, यस पछि क्रमशः नेपालमा पनि यस कोर्स अनि सेवाप्रदायक बढ्दै गएका हुन् ।

सशस्त्र द्धन्द पश्चात बिसं २०६३ पछि अगंभंग र घाईते सैन्यदस्ताको पूर्नवास र पूर्नस्थापनाका लागि सैनिक क्याम्प अनि अस्पतालहरुमा फिजियोथेरापीको प्रयोग अत्याधिक गरिएको पाइन्छ । नेप्टा भनेंर नेपाली फिजियोथेरापीस्ट हरुको पेशागत संगठनको उपस्थिती रहेको छ ।

फिजियोथेरापी आँफैमा उपचारपद्धतीको मेरुदण्ड हो, आजभोली झन अस्तव्यस्त जीवनशैली अनि निरन्तर कमप्यूटर र मोबाईल प्रयोग गर्दाको अवस्थिती नमिल्नाले ढाड अनि गर्दनको दुखाई सामान्य र सबैभन्दा दोहोरिने पीडा भईसकेको छ , हैन र?

अंगभंग, अगं काट्नुपर्ने, दुर्घटनाको चोट पछि लगायत अन्य बिभिन्न प्रक्रियामा फिजियोथेरापी अत्यावश्यक छ योगअभ्यासलाई पनि यहाँ फिजियोथेरापसंग जोड्न चाह्यौं, आर्यूवेदले आहार र बिहारलाई समान प्रार्थमीक्ता दिएको छ । योगअभ्यासहरु पनि परिष्कृत फिजियोथेरापीका आधारहरु हुन्, पतन्जली र धनवन्तरीका पुस्तक अनि अध्यनहरुमा स्वस्थ रहनका लागि योगासनहरुको चर्चा पाइन्छ ।

गतिशीलता नै जीवन हो, स्वास्थको ख्याल राखौ

फिजियोथेरापीस्ट र सेवाग्राहीहरु सबैलाई शुभकामना !

------

हाम्रो पात्रोकलागि सुयोग ढकालले तयार गर्नुभएको ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.5
  • 116.1
  • European euro
  • 134.9
  • 135.6
  • UK pound sterling
  • 151.72
  • 152.51
  • Swiss franc
  • 119.23
  • 119.85
  • Australian dollar
  • 83.73
  • 84.16
  • Canadian dollar
  • 89.13
  • 89.6
  • Singapore dollar
  • 84.26
  • 84.7
  • Japanese yen (10)
  • 10.28
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.85
  • 16.94
  • Saudi Arabian riyal
  • 30.8
  • 30.96
  • Qatari riyal
  • 31.72
  • 31.88
  • Thai baht
  • 3.56
  • 3.58
  • UAE Dirham
  • 31.45
  • 31.61
  • Malaysian ringgit
  • 27.88
  • 28.02
  • Korean Won (100)
  • 10.29
  • 10.34
  • Swedish Krone
  • 12.99
  • 13.05
  • Danish Krone
  • 18.08
  • 18.18

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम