ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

महानवमी | विश्व मुटु दिवस




उपत्यका बाहिर पर्साको तिलवा नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाण्डौ बसन्तपुर दरवार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।


महानवमी | विश्व मुटु दिवस महानवमीको महिमा र महत्व

बिसं २०७४ साल असोज १३ गते
तदअनुसार सेप्टेम्बर २९ सन् २०१७


नवरात्रिले त फूलपाती अनि अष्टमी छिचोल्दै महानवमीसम्म ल्याई पुर्‍यायो है । नवरात्रिको नवौं दिन, भोलीपल्ट टीकाको तैयारी गर्नु नि छ । कस्तो हुँदैछ त दशै ? जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, बडादशैंको अनेकानेक शुभकामना !

आज नवरात्रिको नवौं दिन, आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ । देवीपूराणमा उल्लेख भएअनुसार यिनै देवीको असिम कृपाका कारण शिवजी स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् । सिंहको वाहनमा बिराजमान यि देवीको प्रिय वस्तु कमलको फूल हो । यिन्को साधना गर्नाले यस लोक र परलोक दुवैतर्फ मोक्ष प्राप्तगर्ने विश्वाश छ र शक्तिस्वरुप सिद्धिधात्री प्रसन्न भएर वरदान दिएमा साधक साधीकाको कुनैपनि इच्छा बाँकी नहुने गरि सम्पूर्ण इच्छा पूरा गरिदिने भनि मार्केण्ड्य पूराणमा उल्लेखित छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठ वटा सिद्धत्वको ब्याख्या गरिएको छ ।

आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ । आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी-खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ । नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ । वलि दिनकालागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुनेगर्दछ ।

यसैगरि उपत्यका बाहिर पर्साको तिलवा नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाण्डौ बसन्तपुर दरवार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।

कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।

कतिपय शत्तिपीठमा दुइदेखि दश वर्षसम्मका कन्याहरुको पूजागर्ने चलन पनि छ र यस्तो कन्यापूजाको बारेमा देवीभाग्वतमा लेखिएको छ । आजको दिन काठमाण्डौको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एकदिनमात्र सर्वसाधारणकालागि खुल्ला रहन्छ ।

यस दिनविशेष पाठः
या देवी सर्वभूतेषु माँ सिद्धिदात्री रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।

अर्थात्ः
सिद्धिदात्री देवीका रुपमा सवत्र विराजमान अम्बे, म तपाइलाई कोटी कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।

महानवमीको सबैलाई शुभकामना, देवीमाताले हामीसबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।

खुल्ला अनि उज्यालो आकाशका साथै कता-कता चिसो सिरेटोले छुन थालेको पनि अनुभव हुन थालिसक्यो, गाउँगाउँमा बुढा आमाबुवाहरु अब दशैंमा छोराछोरीहरु आउँछन भनेर खुशी हुनुभएको छ । शक्तिको पूजाअर्चना गरेर शक्ति आर्जन गर्ने समय साथै सञ्चार माध्यममा दशैंका गीतहरु बज्न थालिसकेको यो समय एकदमै रोमाञ्चित समय हो । यसपालाको दशैंको हर्षले वर्षभरि कान्ति छाओस् । अगाढ माया अनि असिमित शुभकामना !

----
विश्व मुटु दिवस
यसैगरि यो पर्वीय उल्लासको यस विशेष समयमा एउटा अन्तराष्ट्रिय दिवस पनि पर्न गएको छ, 'विश्व मुटु दिवस' । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै अाइएको छ ।

मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाइरहन्छ । मुटु हाम्रो सु-स्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कमगर्ने साझा सहमती गरेका छन् । नसर्ने रोगहरुको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरु हृदयघात अनि हृदय सम्बन्धि रोग अनि समस्याहरुले मरिरहेका तथ्याङ्क छ ।

हृदय अर्थात् मुटु, माया, दया, भावना अनि आनन्दलाई मुटुसंग जोडेर हेरिन्छ । मुटु वास्तवमै स्वास्थ अनि गतिशिलताका लागि पर्याय छ । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । यस दिन हृदय रोगीहरु, उपचार प्रदायकहरु, जनचेतकहरु, सञ्चार माध्यमहरु असन जनमानसहरु एकै थलोमा भेला भएर मुटुलाई रक्षागर्ने कुराहरु अनि विभिन्न जानकारीका साथ प्रस्तुत हुन्छन् । तपाई हामीलाई थाहा हुनुपर्छ कि हाम्रो जीवनशैलीको सानो भूलका कारणले हाम्रो हृदयमा नकारात्मक असर पारीरहेको छ भन्ने ?

दशैंको यस विशेष पर्वमा यहाँहरूले अाफ्नो मुटुको अझ्झ विशेष ध्यान दिनु अावश्यक छ । मासूका विविध परिकार प्रायः उपभोगमा अाउने यस बेला धेरै चिल्लो, बोसोयूक्त खानपिनले रगतमा चिल्लोको मात्रा बढाउँछ र स्वास्थ्य जटिलता बढाउन सक्छ । धेरै ठूलो हैन सानो कुराले पनि हाम्रो दिर्घायूमा एउटा कारण बन्न सक्छ । दशैं को माहोलमा 'चिरञ्जिवी रहनु' भनेंर आशिष दिँदै गर्दा मुटुको स्वास्थका जानकारी र जीवनशैलीमा थोरै मात्र परिवर्तन पनि वास्तवीक रुपमै चिरञ्जिवीताको द्वार बन्न सक्छ ।

व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा छौं ।

दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौं । स्मरणिय रहोस्, माथि उल्लेखित कुराहरुमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरुको असामहीक मृत्यूलाई रोक्न सकिन्छ ।

यस वर्षको विश्व मुटु दिवसको नारा भनें 'Share The Power' अर्थात् 'शक्तिलाई बिकेन्द्रित गरौं' भन्ने रहेको छ । मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष पूर्‍याउन शक्तिलाई बिकेन्द्रित गरौं भन्ने आव्हान गरिएको हो ।

ल है! आफ्नो मुटुलाई छामौं र बिचार गरौं कत्तिको मुटुमैत्रि जीवनशैली हामीले अपनाएका छौं ? हाम्रो परिवार अनि समुदायका सदस्यहरुको मुटु पनि स्वस्थ बनाँउन हाम्रो जिम्मेवारी पनि बिचार गरौं, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त ।

सबैको हृदयको गती जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको शुभकामना ! 

----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.22
  • 103.82
  • European euro
  • 122.48
  • 123.19
  • UK pound sterling
  • 137.5
  • 138.3
  • Swiss franc
  • 105.16
  • 105.78
  • Australian dollar
  • 78.62
  • 79.07
  • Canadian dollar
  • 81.07
  • 81.55
  • Singapore dollar
  • 76.66
  • 77.1
  • Japanese yen (10)
  • 9.26
  • 9.31
  • Chinese renminbi (Yuan)
  • 15.63
  • 15.72
  • Saudi Arabian riyal
  • 27.52
  • 27.68
  • Qatari riyal
  • 28.35
  • 28.52
  • Thai baht
  • 3.16
  • 3.18
  • UAE Dirham
  • 28.1
  • 28.27
  • Malaysian ringgit
  • 25.07
  • 25.22
  • Korean Won (100)
  • 9.52
  • 9.57
  • Swedish Krone
  • 12.44
  • 12.52
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम