Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

महाशिवरात्री




   Suyog Dhakal - Feb 23 2017

आजको दिन शिवको वरिपरि घुमेको छ, निराकार!! जसको आकारै छैन्, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन अनि जसको रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिनसक्छ । तिनै शिवको विशेष अनि प्रिय दिन हो आज । शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, आजको आधूनिक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतवाट आउँछने त्यसैमा विलिन हुन्छन भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टिलाई एउटा दृष्टान्त दिइनैरहेको छ ।


महाशिवरात्री, हर हर महादेव !! विशेष अडियो सामाग्री

आज शिवरात्री- आराध्यदेव भगवान् महादेवको पूजा अर्चना गरी मनाइदैछ । यूगाैंदेखिको हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिनजसो कुनै न कुनै चाडपर्व परेको हुन्छ । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वि दर्शनका यस्ता कुराहरुकै कारणले होला पश्चिमाहरु पनि पूर्वीय दर्शनतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उद्देश्यहरुप्रति समर्पित छन् । हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् ।  

कतिय चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाकालागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्यहरुसंग सम्बन्धित छन्, जस्तैः धान रोप्ने, अन्न भित्राउने, विज छर्ने इत्यादी प्रसङ्गसंग समबन्धित छन् । नेपाली वैदिक सनातन संस्कारका यी सबै चाडपर्वहरु अनि तिनका सरल ब्याख्यासाथ मनाईने कारणहरु अनि नेपाली यादहरुको कोसेली लिएर वर्षदिनभरि यहाँहरु समक्ष आउने क्रममा आज हामी महाशिवरात्रीको शुभकामना लिएर यहाँको मोबाईल स्क्रीनमा आईपुगेका छौं ।

बास्तवमा चन्द्रमासको चौधौं दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ । यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीको यस पावन शिवरात्रीले अध्यात्मिक अनि सांस्कृतिक महत्व बोकेको छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहने गर्दछ जसलार्इ वैज्ञानिक अाधारहरूकासाथ प्रमाणीत गरिएको पाइन्छ । शायद! यसै कारणले होला यस दिन प्रकृतीलेनै मानिसलाई अध्यात्मिक चिन्तनतर्फ अाकर्षण गर्छ भन्ने विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहनदिनकालागि पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा ब्याख्या गरिएको पाईन्छ । 

नेपाल त झन इतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनको चरनभूमी, कैलाशको शितल छायाँले रक्षित भूमी अनि हिन्दुहरुको आस्थाको भूमी । आज पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, आजको पशुपतिनाथको जनसागरलाई हाम्रो वैदिक सनातन धर्मप्रतिको एउटा कुम्भ मान्न सकिन्छ । साधूहरुको ब्यापक उपस्थिती रहन्छ आज पशुपतीमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि हामी बसिरहेको समाजदेखि परको अध्यात्म अनि सन्यासको जीवन व्यतित गरिरहेका त्यागी साधूहरु भारत अनि नेपालका विभिन्न भागहरुबाट यस पूण्यभूमी पशुपतिनाथमा आउने गर्दछन् । फर्कने बेला उनिहरुलाई पशुपती विकास कोषले दक्षिणा अनि भेटी प्रदान गरेर औपचारीक विदावारी गर्ने चलन रहिअाएको छ ।

आजको दिन शिवको वरिपरि घुमेको छ, निराकार!! जसको आकारै छैन्, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन अनि जसको रिसको विध्वंशले संसारका सम्पूर्ण अवयवहरुलाई छिन्नभिन्न गरिदिनसक्छ । तिनै शिवको विशेष अनि प्रिय दिन हो आज । शिव अर्थात त्यो तत्व जुन छ पनि र छैन पनि, आजको आधूनिक विज्ञानले सम्पूर्ण कुराहरु जुन श्रोतवाट आउँछने त्यसैमा विलिन हुन्छन भनि अणु अनि परमाणु अवयवहरुको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान शिवको अस्तित्वले संसार अनि श्रृष्टिलाई एउटा दृष्टान्त दिइनैरहेको छ । विज्ञानले धेरै अध्यनपछि संसारका हरेक कुराहरु अनि जिवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ । यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरुपहरुमा हावा, पानी, आगो, आकाश अनि माटोलार्इ पञ्चतत्वकारुपमा ब्याख्या गरिन्छ । यीनै तत्वहरुबाट हामी सबै निर्मित छौं, हाम्रो अस्तित्व यसमै छ । ब्रहमाण्डका यी सम्पूर्ण स्वरुपको एउटै श्रोत भगवान शिवका हुनुहुन्छ ।  अर्थात् पञ्चतत्वको एउटै स्वरूप निराकार शक्ति शिव हुन् ।

यो हावा, सुख्खा माैसम अनि फाल्गुनको यो माैसममा झरेका पातहरु, पलाएका पालुवाहरु देखि छरिएको विजले माटोमा अङ्कुरण गर्ने स्वरुपसम्ममा त्यो निराकार शिवतत्वको उपस्थिति छ । धर्म अनुसार नाम फरक होला, ब्याख्या फरक होला तर शिवतत्वका श्रृजनाकारुपमा हामी रहेका छौं । के बालक के बृद्ध अनि के वयस्क ? आज नारी पुरुष, स्वदेशी विदेशी आदि सबैको घुँईचोले शिवालयहरु भरिएका हुन्छन् । हामीमध्ये धेरैले भगवान् शिवलाई गाँजा, भाङ्ग धतुरो आदि सेवन गर्ने एउटा अचम्मको भगवानपात्रका रुपमा अपब्याख्या या अल्पब्याख्या गरिरहेका हुन सक्छौं तर शिवका यी सम्पूर्ण बानीभित्र यस जगतको श्रृष्टि अनि समाजको गहिराई लुकेको छ । शिव तिनै हुन् जसले विष पिएर निलकण्ठ भएर गोसाईकुण्ड पर्वतमा पुगे । शिव तिनै करुणामयी पात्र हुन् जसले पत्नी सतीदेवीको असायमिक मृत्यूको वियोगमा उनको मृत शरीरलाई अङ्गालो मारेर बोकी अँश्रुका धारा बगाँउदै लामोसमयसम्म यो जगतको भ्रमण गरेका थिए । आज तिनै शिवको विवाह वार्षिकी अनि साधकहरुकालागि भने आज भगवान शिव पर्वतको रुप धारण गरेर अचल, अमर अनि अजर आशुतोष हुनुभएको दिन हो तसर्थ शिवरात्रीको रातलाई 'अचल अनि निर्भय रात्री'कारुपमा पनि लिईन्छ । 

योगी अनि साधकहरुकालागि शिव भगवान नभईकन एउटा आदि गुरु हुन् जसले योगका शिक्षाहरुलाई सप्तऋृषिहरुलाई औपचारीक दस्तावेजकारुपमा पनि हस्तान्तरण गरेका थिए । तिनै योग अनि अभ्यासहरु आज संसारभरि स्वस्थ्य रहनकालागि धेरैले व्यवहारीक रूपमा अभ्यास गर्ने गर्दछन् । यी प्रातकालका नायक अनि आदिकाल देखिका आदिगुरु शिवप्रति समर्पित आजको यस विशेष दिनले लोकको जय गरोस् । संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ । धन या जन या तन त्यागेर भन्दा पनि सच्चा मान्छे हुनकालागि अहम त्यागेर त्यागी बन्न सकौं । गाँजा भाँङ्ग अनि धतुरोको सेवनले शिव बनाउँदैन । शिवतत्वको आत्मसाथ गरौं, यो शिवरात्रीमा रिस, राग अनि अहङ्कारको त्याग गरौं अनि जीवनको साँचो पथतर्फ लम्कँदै जाऔं । शुभकामना ! 

---
हाम्रो पात्रोकालागी सुयोग ढकाल



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.82
  • 104.42
  • European euro
  • 112.7
  • 113.35
  • UK pound sterling
  • 130.4
  • 131.16
  • Swiss franc
  • 105.3
  • 105.91
  • Australian dollar
  • 79.23
  • 79.69
  • Canadian dollar
  • 77.86
  • 78.31
  • Singapore dollar
  • 74.51
  • 74.94
  • Japanese yen (10)
  • 9.4
  • 9.46
  • Chinese renminbi (Yuan)
  • 15.1
  • 15.18
  • Saudi Arabian riyal
  • 27.68
  • 27.84
  • Qatari riyal
  • 28.51
  • 28.68
  • Thai baht
  • 3.02
  • 3.03
  • UAE Dirham
  • 28.27
  • 28.43
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.34
  • 9.39
  • Swedish Krone
  • 11.82
  • 11.88
  • Danish Krone
  • 15.15
  • 15.24