मीन संक्रान्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मीन संक्रान्ति




मीन संक्रान्ति विशेष अडियो सामाग्री

चैत मासे खडेरीमा डढेलोले बनै खायो 
चैत को हुरि जस्तो वतासको पात जस्तो 
चैतला पूर्णेला मेलारी 
यी यस्ता विभिन्न भाषाहरु लगायत नेपाली भाषामा चैत अनि यसको सुख्खापनका वारेमा कालजयी गीतहरु श्रृजना गरिएका छन् । आजको दिनवाट चैत लाग्दैछ, हुरि अनि खडेरीको यो महिनालाई रचयताहरुले मिठो वियोग अनि श्रृगांर रस वाहिरको ख्याख्या परिधीमा राखेका भएता पनि प्रेमालाप अनि सुमधुर मिलनकालागी यो महिना उत्तिकै यादगार छ । 

चैतको हुरिमा वतासमा पातहरु  उडि उडि आँगन अनि बलेसीमा दगुर्छन, त्यसै गरि यो महिनामा मन पनि चलचल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आईसकियो, सुख्ख दुख्ख त जिवनका पाटा न भए, साथ सहयोग, सदभाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन सक्रान्तीको सघाँरमा आईपुग्यौ है ।

महिनाको प्रथम दिनलाई सक्रान्तीका रुपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तिर्थस्थल अनि देवालय लगायत पवित्र नदि तलाऊ आदिमा सूयौदय अगावै स्नान गरेर आँउदो महिना शुभ रहोस भनि याचना गरिन्छ । विशुद्ध सस्कृत अर्थ हेर्ने हो भने सक्रान्ती भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाँउदछ, उपसर्ग र प्रत्तय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सक्रान्ती शब्द बनेको छ जस्को अर्थ पवित्र या धार्मीक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रुपमा लिईन्छ र वर्षभरिका हरेक सक्रान्तीमा परिवर्तन हुँन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमश परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । त्यसैकारणले त अब जाडोका लुगाहरुलाई धोईधाई गरेर थन्काउने दिन पनि आए त , कि कसो ?

आजको दिन सूर्य कुम्भ या त मेष राशीवाट मीन राशीमा प्रवेश गर्दछ । हरेक महिनाको शुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलन ले यो संसारमा सूर्यको महत्व माथी प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्वहरुका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यवाट जिवनमा सकारात्मक प्रभाव अनि आशाकम सञ्चारका लागी आज सबैजनाले आशिष अनि सदभावको अपेक्षा राख्दछन् । दिनदुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ । 

चैतलाई मेला को महिनाका रुपमा पनि लिईन्छ, चैत वाट शुरु भएको मेलालाग्ने लहर बैशाख जेष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा वाँकी गहुँका छ्वालीहरु माथी मेला लाग्दछन् । विभिन्न परिकार जस्तै पकौडा, जिलेबी अनि खेलहरु जस्तै कौडा, लगुंरवूर्जा, रिंग, पिगं अनि चिठ्ठाहरुको मौसम पनि हो यो चैत । 

सुख्खायाम भएकाले यो महिना अलिक धेरै ख्याल राख्न जरुरी छ, चैत डढेलोको महिना पनि हो अनि हामीले आगो लाग्ने कुराहरु अनि घटनाहरुवाट सावधान रहन जरुरी छ है । खेत अनि बारीमा घाँसहरु धेरै छैनन्, वस्तुभाउलाई डालेघाँस या त परालकै सहारामा पाल्न पर्ने महिना पनि हो चैत । जे जस्तो भएपनि बसन्त क्रृतुको संगम यो महिना आफैमा रसिक अनि रोमाञ्चक छ है , चैते दशै लगायत थुप्रै अन्य दिवसहरु यस महिनाले सगाँलेर ल्याएको छ । कोईलीको कुहु कुहु सँगै यस वर्षको चैतले हामी सबैको पोल्टामा खुशी अनि प्रगतीका रगंहरु छाडेर जाने पक्का छ, कि कसो ?

जय होस् । 

हाम्रो पात्रोका लागि सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.