ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

मिथुन संक्रान्ति / विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस




खेत खलिहानमा जमेका पानीहरुमा हुर्कने पोठिया, चेंग्रा र गरर्इ, केवर्इ, कोतरा जस्ता माछाहरु तराइमा विशेषतः पाइने स्थानीय जातका माछाहरू लोकप्रिय छन् । नदी, नहर, पोखरी तथा बाँधहरूमा प्रसस्त मात्रामा यो बेला घोँघी, हरीयो घोँघा, गँगटा अनि ईल अर्थात साँप जस्तो देखिने बाममाछाहरू भेटिन्छन्, स्थानीयहरू त्यसलार्इ संकलन गरी घरघरको चुल्होमा फरक स्वाद भर्दछन् ।


मिथुन संक्रान्ति विशेष अडियो सामग्री

"असारे मासमा धान रोपेझैँ खेतमा आउ हामी पिरती रोपौँ न"
"असारे मैनामा पानी पर्यो रुझाउने"

यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ । अनि के छ त ? गाँउघरमा मकै गोड्ने काम सकिने बेला भएन र ?

कतै कतै त कलिला दूधे मकै पोलेर खाने बेला नि भइसके होला ? 'वनकर' अर्थात् बाँदरहरुले मकै बारी गिजोलेर किसानहरूलार्इ अत्यन्तै दुःख दिन्छन्, यता मकैको रेखदेख उता धान रोप्ने र बिऊँ जोगाउन भ्यार्इ न भ्यार्इ, वास्तवमा अषाढ त किसानहरूकालागि फुर्सतले नभ्याउने हम्मे-हम्मे नै पर्ने महिना हो ।बादलहरुले आकाशमा एकछत्र राजगर्ने बेला भइसक्यो अनि यी बादलको वर्षाबाट जोगिन घरको छानो र बलेसी नचुहीने पारेर तयार बस्न जरुरी छ ।

तराइमा भने अबको केहि महिना स्थानीय जातीका सिमसारे माछाको महिना हो, खेत खलिहानमा जमेका पानीहरुमा हुर्कने पोठिया, चेंग्रा र गरर्इ, केवर्इ, कोतरा जस्ता माछाहरु तराइमा विशेषतः पाइने स्थानीय जातका माछाहरू लोकप्रिय छन् । नदी, नहर, पोखरी तथा बाँधहरूमा प्रसस्त मात्रामा यो बेला घोँघी, हरीयो घोँघा, गँगटा अनि ईल अर्थात साँप जस्तो देखिने बाममाछाहरू भेटिन्छन्, स्थानीयहरू त्यसलार्इ संकलन गरी घरघरको चुल्होमा फरक स्वाद भर्दछन् । यस महिना घुमराडी ओढेर, धानको बिऊँ रोप्दै अनि खेतको आलीमा परालको आगो सल्काएर माछा र गँगटाहरु पोलेर खाने चलन तराइमा अझै छ ।
त्यसो त पहाड तिर पनि रोपाईमा खेतधनीको घरबाट खेतालालाई पठाईएको बाक्लो पिठोको रोटी, भुटेको मकै, भटमास, तिलको छोप या गुन्द्रुकको अचार र अरिमठ्ठेको खोर्सानी छुस्स टोकेर खानुको आनन्द अभुतपूर्व रहन्छ । असारे पानीको हिलोमा धान रोप्दा या बाटामा हिँड्दा पनि हिलोले औँला खाने हुन्छ, यस महिनामा सरसफाई र आहार विहारको पनि विशेष महत्व हुन्छ । उता बारीमा फर्सी, भिण्डी, साग लगायत अन्य तरकारीहरु लहलहाउन थालेका होलान्, ए साँच्चै ! अषाढमा जुकाहरुको विशेष भय रहन्छ, विचार गरौँ है हरियो परियोबाट पाइला चाल्दा कतै जुकाहरु हाम्रो शरीरमा टाँसिने त हैनन ?

अषाढ १४ मा स्थानीय निर्वाचन भाग-२ पनि हुन जाँदैछ, यसअर्थमा यसपटकको अषाढले त राजनैतीक र एतिहासिक महत्व पनि बोकेको छ है । झरीले हाम्रा राजनीतिक तथा सामाजिक कष्टहरू बगाएर लैजाअोस् अनि प्रजातन्त्रको बहावमा कमी नहोस् । मिथुन संक्रान्तिमा भूमी देवताको पुजा गर्ने चलन छ भने मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा रहेका खाम भाषी मगरहरू जङ्गल गएर झुमभुम तथा भकिमिलोको लाठी काटेर ल्याउने र साँझ भूमे पुजा गर्ने गर्दछन् । उक्त लठ्ठीले गाउँका सबै घरका छानाहरू ठटाउने गरिन्छ । छाना ठटाउने व्यक्तिलाई घरमूलीले रोटी लगायतका खाद्यवस्तुहरु दिने चलन छ । भूमे संक्रान्तिको रात खाम भाषी मगरहरुले झुमभुम कानमा सिउरेर प्राचिन फुर्का नाच नाच्ने गर्दछन् ।

मिथुन संक्रान्तिबाट शुरु हुने अषाढ महिनामा केहि विशेष पर्वहरु पर्दछन् । अषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशुल जात्रा गरिन्छ । त्यसैगरी अषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । अषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामीसबैलाई । बर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेसीका माटाहरु बगेर नजाउन, मानो रोपेर मुरी उब्जनी होस् ! जय होस् !!

विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस

 

विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र सुविधाले मान्छेको औसत आयू बढ्दै छ, यसका कारण अग्रज उमेर समुहका मान्छेहरुको सख्याँ वढ्दै छ अनि त्यससंगै बढिरहेको छ उनीहरुमाथि हुने दुव्र्यवहारका घटनाहरु । तथ्याकं हेर्ने हो भने सन् १९९५ को तुलनामा ६० वर्ष नाघेका मान्छेहरुको उमेर सन् २०२५ मा ठ्याक्कै दुई गुणा भएर १२० कारेड हुने देखिएको छ, विश्व जनसख्याँको यो ठूलो हिस्सा बोकेका हिस्सालाई आदर अनि सम्मानका साथ व्यवहार गर्न नसकिने हो भने विश्वमा सकल मानव अधिकार र स्वतन्त्रताको सिद्धान्त नै गलत साबित हुने देखिन्छ ।

अग्रज दुव्र्यवहारका सिमाहरु शारीरीक कुटपीट देखि लामो समयसम्म हुने मानसिक आघातसम्म पनि हुन सक्दछ ।
अग्रजहरु माथि हुने यस्ता दुव्र्यवहारका विषयमा खासै अनुसन्धान या अध्ययन भएको पाँइदैन तर बृद्धबृद्धा भएपछि हामीले वहाँहरुलाई गर्ने व्यवहार अनि सम्वोधनले जानाजान या अन्जानमा पनि हामीले वहाँहरुलाई ठोस पूर्याइरहेका हुन्छौं ।
अझ सम्पती, अशंवण्डा, पेवा फाँट अनि जीवनीको सम्पतीका बिषयमा हुने झगडामा सबैभन्दा दुख्ख र कष्ट पनि अग्रज पुस्ताले नै बेहोर्दछन्, बृद्धबृद्धा प्रतिको बेथीति नेपाली समाजमा पनि कहाली लाग्दै छ ।

नेपाल जस्तो देश अनि निकटतम सामाजिक संरचनामा हामीहरु सबैले अग्रजप्रति देखाएको व्यवहारतर्फ संवेदनशील हुन जरुरी देखिन्छ । आफ्ना कुराकानीमा वहाँहरुलाई समावेश नगर्ने, वहाँहरुका कुराहरु नसुनिदिने, अनावश्यक होच्याएर टीकाटीप्पणी गर्ने, नचाँहीदा नाम राखिदिने र गिज्याउने अनि वहाँहरुलाई अनावश्यक रुपमा कतै जान या केही गर्न रोक लगाउनेकुराहरु पनि दुव्र्यवहार अन्तर्गत पर्दछ । प्रायश बिकसीत देशहरुमा हुने बृद्धबृद्धा स्याहार केन्द्र या सरकारकै तर्फवाट बृद्धबृद्धा सुरक्षा योजना या संरक्षण नीती नभएकले नेपालमा यस मुद्धा अझ गहन छ । देशलाई उमेरभरि उत्पादक्तवमा सहयोग गरेका अनि कर तिरेका बृद्धबृद्धाहरु उमेर पुगेपछि केही थान हजारका नोट समातेर भत्ताको सुक्ष्म गाँसमा बस्नपर्ने बाध्यता छ ।
यता आँउदा पुस्ताले पनि हजुरबुवा या हजुरआमा या बुढाबुढी भइसकेका आमा, काका, काकी लगायत समाजमा अन्यहरुलाई हामीले गर्ने व्यवहारलाई एकफेर पूनरावलोकन भने गर्ने बेला भएकै छ ।

बृद्ध हुनु भनेको घरै बसेर कुर्ने समय हो त ? कि अन्य उमेर समुह जस्तै वहाँहरुलाई पनि घुमफिर गर्ने र मन लागेको ठाँउ जाने अधिकार छ ? यूवा क्लब या बाल क्लब भनें झै बृद्धबृद्धाको पनि क्लब या समुह भएर आँउदा पुस्तालाई सरसल्लाह दिन पाउने वातावरण भए कस्तो हुन्थ्यो होला ? फेरि बृद्ध हुनु भनेको एउटा प्रक्रिया नै हो किनभने सबै मानव आफ्नो जीवनचक्रमा एकदिन बृद्ध हुन त छँदैछ । हरेक वर्ष जुन १५ तारिखमा अग्रजहरुका लागि मैत्रि समाज, राष्ट्र अनि नीतीको वकालत गर्दै विश्व अग्रज दुव्र्यवहार विरुद्धको जागरुक्ता दिवस मनाइने चलन छ , आज त्यसै दिन हो ।

दशैंमा थपक्क गोडामा टाउको दलेर आशिष लिने छोराबुहारीले वर्षभरि ति गोडाका पीडाहरु बुझ्न सक्नु पर्दछ किनभने भोली आफुपनि त्यसै गरि बृद्ध भइन्छ र आफ्ना ठाँउमा अर्को पुस्ता आँउदछ हैन र ? अहिले नेपालमा त झन बैदेशिक रोजगारी अनि आप्रवाशनका कारणले पुराना पुस्ताहरु गाँउघरमा एक्लै बस्न पर्ने बाध्यता छ । यो कुरा गाँउका कमेराले लिपेका घर देखि शहरका ठाँटबाँटहका घरहरुमा पनि लागु हुन्छ । यहाँ छोराछोरी रुँघेर बसेका बृद्धबृद्धाहरु एक कल फोन र च्याटका लागि रुएर बस्ने गर्दछन् । उता बिदेशमा नातीनातीना जन्मेपछि तेल लगाउन र हुर्काउन जाने बृद्धबृद्धाको सख्याँ पनि उत्तिकै बढ्दो छ, नेपाली बृद्धबृद्धा अनि अग्रजहरुलाई यो भन्दा ठूलो परिवेशको आश छ । गाडीको आरक्षण सिट र अपुग भत्ता बाहेक माया, विश्वाश, सहकार्य अनि साथको पनि आवश्यक्ता छ है । बृद्धबृद्धाको पहुँच बढाउने अनि आँशु नझर्ने वातावरण बनाउने कार्य हुरु गरौं आजैवाट। सम्पूर्ण आमा,बुवा, दिदीबहिनी, काकाकाकी लगायत सबै अग्रजहरुमा नमन । 

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.85
  • 110.45
  • European euro
  • 128.75
  • 129.46
  • UK pound sterling
  • 144.35
  • 145.14
  • Swiss franc
  • 110.67
  • 111.28
  • Australian dollar
  • 81.56
  • 82.01
  • Canadian dollar
  • 83.56
  • 84.01
  • Singapore dollar
  • 80.63
  • 81.07
  • Japanese yen (10)
  • 9.86
  • 9.91
  • Chinese renminbi (Yuan)
  • 16.22
  • 16.31
  • Saudi Arabian riyal
  • 29.29
  • 29.45
  • Qatari riyal
  • 30.17
  • 30.34
  • Thai baht
  • 3.3
  • 3.31
  • UAE Dirham
  • 29.91
  • 30.07
  • Malaysian ringgit
  • 27.05
  • 27.19
  • Korean Won (100)
  • 9.74
  • 9.79
  • Swedish Krone
  • 12.41
  • 12.47
  • Danish Krone
  • 17.28
  • 17.37

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम