ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व योग दिवस् | विश्व सङ्गीत दिवस्




योग वास्तवमै गहिरो विषय भएकाले लरतरो शब्द र ब्याख्या मार्फत् परीभाषित हुने कुरा पक्कै हैन, तथापी योगको महत्व आजको घम्साघम्सि सहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ । कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा रहनेछन् ।


विश्व योग दिवस् | विश्व सङ्गीत दिवस् विशेष अडियो सामाग्री

सन् २०१७ जुन २१

विश्वले बिगुल फुकेको छ, विकास र सभ्यताको उचाई थपिएको छ भन्ने । फर्केर हेर्दा विश्व अहिलेभन्दा पहिलेनै अझै सभ्य, समृद्ध अनि स्वस्थ रहेको प्रमाण छ । विश्व धेरै अर्थमा पछाडी फर्किरहेको छ, यसका प्रमाणहरु मध्य एउटा ज्वलन्त प्रमाण हो योग अभ्यास । ओखढुङ्गा देखि ओक्लोहमा सम्म, कोरीयादेखि खोरिया सम्म विहान-विहान घर अगाडि सुकुल विछ्याएर योग अभ्यास गर्ने मान्छेहरुको उपस्थिती देखिन्छ । एकहिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अनि योगलाई धर्मसंग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्दछ, हैन र ?

योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।

आउनुहोस् हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौं । पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ ।

योगसूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत्  पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार अादिनाथ भग्वान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने  गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।

विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ वाट मनाउन शुरुगरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।

आधूनिक चिकित्सापद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितीको मुल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिकालागि पनि योग एकमात्र सरल र सहज उपाय हो । समयको पावन्दी भन्दा पर सम्म योगले चित्त पूर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट लेखिएको हामीले पायौं । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्त् मानिएको छ । भगवान गाैतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरु प्रशस्त पुस्तक र उदाहरणहरुले बयान गरेका छन् ।

योग वास्तवमै गहिरो विषय भएकाले लरतरो शब्द र ब्याख्या मार्फत् परीभाषित हुने कुरा पक्कै हैन, तथापी योगको महत्व आजको घम्साघम्सि सहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ । कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा रहनेछन् । अरबपतिदेखि साधू सन्तसम्म हामीसबैले छातीमा हात राखेर उत्तर दिन जरुरी छ; के हाम्रो जीवनमा शान्ति छ त ? हामी खुशी छौं त ?

मानव स्वभावले नै आत्मनियन्त्रण भन्दा पर, चञ्चले अनि भौतिक प्राप्तिकालागि लोभ, मोह तथा भोगमा लिप्त प्राणी हो, संसारमा मानव मात्र एउटा प्राणी हो जो खानैकालागि जीवनभर पैसा-पैसा गर्दै यता उता भाैतारींरहन्छ यो अन्य प्राणीमा लागू हुँदैन । तर जीवनको वास्तविक मुल्य र शान्तिको विशुद्ध अवधारणा भौतिक प्राप्ती भन्दा कोशौं पर छ । यसो भन्दै गर्दा योग अपनाउन भौतीक संसारभन्दा पर बसेर साधू सन्त नै बन्नु पर्छ भन्ने हैन्, योगको अवलम्बवन गर्नाले र योगको महत्व वास्तवमै बुझ्नाले दैनिक जीवन र स्वास्थमा समेत हामी सफल र निरोगी हुने पक्का छ । समतामूलक विश्वकालागि योग जरुरी छ, योग जीवन हो र यसका बारेमा थप अध्ययन गरौं, अपनाऔं र खुशी अनि शान्त जीवन प्राप्त गराैं ।

विश्व योग दिवसको शुभकामना !

----------------------------------

यसै गरि आज 'विश्व सङ्गीत दिवस्'

एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन 'विश्व सङ्गीत दिवस्' अर्थात् 'World Music Day' मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलार्इ संसारले आ-आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै अाएका छन् । वहूजाती, भाषा, धर्म अनि संस्कृती भएको देश नेपालमा त झन् न्याउली रूँदा होस् या मुर्चुङ्गाको कम्पन निस्कँदा अाउने माैलिक धून होस् सङ्गीत हाम्रो संस्कार अनि सभ्यतामार्फत् प्रशस्तै सुन्न पाइन्छ । मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरी देखि विनायो सम्म नेपाली सङ्गीत सृजनाहरूमा नेपाली माैलिकता थप्ने बाजाहरू हुन ।

कसैकालागि सङ्गीत एउटा अभिब्यक्ति हुनसक्दछ भने कसैको लागि सङ्गीत एउटा पेशा, कसैकलागि साथी हुनसक्दछ त कसैका लागि यो एउटा नशा । पूर्वीय घरानामा हुर्किएका सास्त्रिय सङ्गीत, फिरन्ते समूदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्म, र्‍यापदेखि मेटलसम्म अनि लोकगीत देखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा त शदियौंदेखि हरेक पूण्य या सतगतका कार्य गर्दा शंख बजाउने चलन रहेको छ । एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिअाएको छ ।

भजन, किर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरु सङ्गीतकै कारणले त चर्चित छन् । राष्ट्रगीत देखि गाईनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । फेरि सङ्गीत भनेको बाजा, गीत या सूत्रगत् आवाजहरु मात्र पनि त हैनन्, यसको दायरा विशाल छ, शायद् अाकाशको असिमित दायरा झै ।

बलेसीबाट चुहिने पानीका थोपाहरुका आवाज, कोईलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जन सम्म सङ्गीत बगीरहन्छ । कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले अाफ्नो असर छाड्छ अाङ सिरीङ बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले सङ्गीत रोज्ने गर्दछन् ।

नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो। सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक-गायीका, लेखक-रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र सङ्गीत सम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरुलाई सम्मान समेत गरिने गरिन्छ । नेपालले पनि विश्व सङ्गीतसंग जोडिन सङ्गीत दिवसलाई गतिलो अवसरका रुपमा उपयोग गर्दैआएको छ ।

विश्व मानचित्र अनि नेपाली परिवेशका सकल सङ्गीतकर्मीहरुको सम्झना गर्न चाह्यौं । बखत बहादर बुढापिर्ती देखि बेखामान सम्म, अम्बर गुरुङ्ग देखि सुनिल बर्देवासम्म, कुल पोखरेलदेखि यम बुद्ध (अनिल अधिकारी) सम्म अनि ज्ञात अज्ञात सम्पूर्ण श्रष्टाहरु जसका सङ्गीतले नेपाली माटोले जन्माउने माैलिक नेपाली सङ्गीतको व्याख्या गरेको छ ।

रेडियो नेपाल लगायत विभिन्न रेडियो स्टेशन, विभिन्न सङ्गीत वितरक कम्पनि हुँदै टिभी, अडियो पोडकास्ट तथा यू-ट्यूब सम्म आईपुग्दा नेपाली सङ्गीतले यो अवधिमा सङ्गीतको फरक स्वादमा रमाउने प्रशस्त फरक श्रोताहरू बनाइसकेको छ र यो जमात अाज विश्वभरी कहिं न कहिं कुनै न कुनै माध्यमबाट नेपाली सङ्गीतसंग जोडिएका छन् । 

सङ्गीतको मूल्य र वास्तविक श्रेय श्रष्टाले पाउन्, नेपाली सङ्गीतमा माता सरस्वती सदैव दायाँ हुन् । नेपाली सङ्गीतले आफ्नो माैलिक सरगम ध्वनी विश्व बजारमा छर्न सकोस्, 'विश्व सङ्गीत दिवस'को शुभकामना !

जय होस्

----
सुयोग ढकाल

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.65
  • 103.25
  • European euro
  • 121.39
  • 122.1
  • UK pound sterling
  • 138.07
  • 138.88
  • Swiss franc
  • 103.95
  • 104.56
  • Australian dollar
  • 78.69
  • 79.15
  • Canadian dollar
  • 80.04
  • 80.51
  • Singapore dollar
  • 76.19
  • 76.64
  • Japanese yen (10)
  • 9.11
  • 9.16
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.37
  • 27.53
  • Qatari riyal
  • 28.19
  • 28.36
  • Thai baht
  • 3.16
  • 3.18
  • UAE Dirham
  • 27.95
  • 28.11
  • Malaysian ringgit
  • 25.13
  • 25.28
  • Korean Won (100)
  • 9.42
  • 9.48
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.31
  • 16.4

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम