राष्ट्रिय धर्मसभा दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

राष्ट्रिय धर्मसभा दिवस




राष्ट्रिय धर्मसभा दिवस विशेष अडियो सामाग्री

बि.सं. २०६६ बाट हरेक वर्ष भाद्र ९ गतेका दिनमा नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ । आउनुहोस् आज यसै पेरिफेरिमा कुरा गरौं ।

आजभन्दा करिब ११३ बर्ष पहिलेको नेपालमा यहाँहरूलार्इ लिएर जान चाह्यौं जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधूनीक इतिहासमा बि.सं. १९६१ मा प्रथमपटक धर्मसभा भएको पाइन्छ जब चन्द्रशमसेरले सम्पूर्ण विद्वान अनि पण्डितहरुलाई निम्तो दिएर एकहप्ता लामो धर्मसभाको अायोजन गरेका थिए । त्यस धर्मसभा पछि नै नेपालको आधिकारीक र औपचारीक सम्वत विक्रम सम्वत भएको हो । 

"सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो र धर्मसभामार्फत् सम्पूर्ण धर्म, समूदाय अनि परम्पराहरुको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ साथै राष्ट्रिय धर्मसभा नेपाल एउटा सस्थांकारुपमा नेपालीजनको धर्म अनि वैदिक सनातन संस्कारमात्र नभई सम्पूर्ण नेपालीका पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ" राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष अनि पञ्चाङ निर्णयक समितीका पूर्व अध्यक्ष गुरु माधव भट्टराईले हाम्रो पात्रोलाई बताउनुभयो । 

बिसं २०६६ सालमा तत्कालिन नेपाल सरकारले ३ वटा असंवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारीक सम्वतलाई ई.सं. बनाएर केवल ११ महिनाको एक बर्ष बनाउने सरकारी कदम थियो यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहीत राख्ने निर्णय पनि त्यतीबेलाकै रहेको वहाँले जानकारी दिनुभयो ।

विक्रम सम्वत आँफैमा नेपाल सम्वत र ई.सं. दुबैका बहुल गुणहरु सहित बैज्ञानीक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात नेपाली परम्पराको रक्षार्थ औपचारीक रुपमा धर्मशभाको दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थिका दिन हरेक बर्ष राष्ट्रिय धर्मशभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराइले हाम्रो पात्रोलाई बताउनुभयो ।

यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म संस्कृतीको रक्षार्थ धर्मशभाले पञ्चागं निर्णयक समितीसंग पनि नजिकै रहेर कार्य गर्ने, हरेक बर्षका पात्रोहरुमा समावेशी चाड अनि तिथीहरु समावेश गराउने सम्मका कार्यहरुको पनि पहरेदारी गर्दछ । हरेक बर्ष धर्मसभा समितीले पण्डित सम्मेलन गर्दै तिथीमिती अनि चाडपर्व लगायतमा कुरा अनि नियमहरुको रक्षा र सम्बर्धन गर्ने कार्य गरेको छ । 

यस बर्षको धर्मसभा दिवसले आगामी बर्षहरुमा पनि नेपालीजनको पहिचान, आस्था, परम्परा र रितीलाई जोगाउने कुरामा अग्रगामी कदम चालोस् । नेपालीजनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरुमा धर्मशभा दिवसको शुभकामना व्यक्त गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.