राष्ट्रिय क्षयरोग दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

राष्ट्रिय क्षयरोग दिवस




राष्ट्रिय क्षयरोग दिवस बिशेष अडियो सामाग्री

बिसं २०७४ साल मसिंर १३ गते

हरेक बर्षको मसिंर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । यस बर्ष नेपालले ६४ औं क्षयरोग दिवस मनाँउदैछ, सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस अर्थात अग्रेजीमा tuberculosis हो ।  क्षयरोग बिरुद्धको संघ नेपालको आधिकारीक वेबसाइटका अनुसार यस बर्षको क्षयरोग दिवसको नारा हामी जो कोही पनि क्षयरोग बाट संक्रमीत हुन सक्दछौं तर सबै मिलेर यस बिरुद्ध लड्न सकिनेछ भन्ने रहेको छ ।

क्षय रोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र बिभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिती प्राचीन समय बाटै आजसम्म भएको पाइन्छ । आज मेडिकल बिज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण जोखिममा रहेको देखिन्छ । बिकसीत देशहरुमा यो जोखिमदर त झन बढेर ९० प्रतिशत सम्म रहेको पनि देखिन्छ ।  प्रतिबर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गर्दछ ।

नेपालको क्षयरोगको तथ्याकं झन भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोग ले ग्रसित पाइएको छ । हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मर्ने तथ्याकं पनि देखिन्छ । क्षयरोगीहरु को उमेर समुह धेरैजसो उत्पादक उमेर समुह अर्थात १५ देखि ४९ बर्ष हुनेगर्दछ ।

नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरु रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७५ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको छ । यस प्रविधी क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरिय मानिन्छ ।  स्मरण रहोस नेपालमा हुने क्षयरोग मध्य ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने र अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका हुने गर्दछन् ।

नेपाल सरकारले क्षयरोग को उपचार निशुल्क गर्दछ भनें सन् २०३५सम्मा क्षयरोग निर्मुल पारी क्षयरोगले हुने मृत्यूमा ९५ प्रतिशतले कमी ल्याउने योजना राखेको छ ।  गाँउघरमा क्षयरोग बिरुद्ध जनचेतनाको अभाव अनि उपचार गर्न नआउने समस्या रहेको छ । आजको दिनले क्षयरोग बिरुद्ध देशैव्यापी जागरण ल्याउने र चेतना फैलाउने उदेश्य पनि राख्दछ ।
३ हप्ता या बढि देखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढि महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर जचाउन पर्दछ ।  क्षयरोग सर्न पनि सक्दछ भने शारीरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो संक्रमणले सहजै डेरा जमाउन सक्दछ ।

क्षयरोगसंग अब डराउनु पर्ने चाँही छैन किनभनें निशुल्क  ५ बर्ष मुनीको बच्चामा, भर्खरै क्षयरोग देखिएको मान्छेमा, कमजोर रोग प्रतिरोध क्षमता भएका मान्छेहरुमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेहरुमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेका हरुमा यस संक्रमण फेरि देखिन सकिन्छ । औषधीको नियमित सेवन ले क्षयरोग निको हुन्छ तथापि क्षयरोग बाट जोगिनु जरुरी छ । रोग लाग्नु भन्दा लाग्न नदिनु नै बिवेकी कार्य हो हैन र ?

यस रोग बिरुद्ध सबैजना सचेत बनौं अनि स्वस्थ रहौं । राष्ट्रिय क्षयरोग दिवसको शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.