Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

नेपाली नयाँ बर्ष २०७४





नयाँ- पुरानोको अन्‍त्य हुनु हो भने पुरानो हुनु भनेको नयाँको शुरुवात हुनु हो । समयले जस्तोसुकै नयाँलाई पनि पुरानो बनाइदिन्छ । कुनै सोच, विचार, काम, इच्छा तथा आवश्यकताहरु नै किन नहोस्- नयाँ हुँदै जानु भनेको पुरानो हुँदै गएर नै हो । सवै मानिसलाई हरेक कुरामा 'नयाँ' को इच्छा हुन्छ । सवैलाई नयाँ मन पर्दछ । हरेक कुरा नयाँ हुनुपर्ने दुनियाँमा वर्ष अथवा सम्वत् पनि नयाँ-नयाँ भएर आउँदै पुरानो भएर जान्छन् । हुन त अमुर्त समयलाई मान्छेले नै नयाँ र पुरानो भनेर छुट्याइदिएको छ । संसारमा ‘नयाँ’ केहि हुँदैन । नयाँ क्षणिक हुन्छ । तर पनि मानिसहरु नयाँ कै लागि दौडिरहेका हुन्छन् । नयाँको अर्थ पुरानो हुन तत्पर हुनु हो ।

निराकार समयलाई दिन गन्ति गरी ३६५ दिनभित्रको परिवेश मानिसले नै तयार गरिदिएको हुन्छ । यहि एउटा परिवेश हाम्रो सामू 'नयाँ वर्ष' बनेर आउँछ र फेरी अर्को नयाँ वर्षको आगमनसँगै पुरानो भएर बिलाउँछ । कसैले बन्धनमा राख्न नसक्ने समयलाई मानिसले मात्रै नयाँ समय र नयाँ वर्षका रुपमा क्यालेण्डर, पात्रो र पञ्चाङ्गका पानामा कैद गर्दछ । नेपालको पात्रो प्रणाली अनुसार ३६५ दिनको समय खण्डलाई एक वर्ष भनिन्छ । यहि एक वर्षको अन्त्य नै अर्को नयाँ वर्षको शुरुवात हो । नेपाली पात्रो अनुसार आजदेखि नयाँ वर्ष शुरु भएको छ । यो नयाँ वर्ष '२०७३' हो । आज २०७३ को पहिलो दिन हो । 'नयाँ वर्ष-२०७३' भन्नाले हिन्दु पञ्चाङ्ग पात्रो अनुसारको वर्ष अथवा सम्वत् हो ।

नयाँ वर्ष पुराना गल्तीहरु त्याग्ने तथा कमजोरीलाई सच्याएर अघि बढ्ने दिनको शुरुवात पनि हो । नयाँ वर्षलाई एक अर्कामा शुभकामना आदान-प्रदान गर्ने, मन्दिरमा गएर देवी-देवताको दर्शन गर्ने र इष्टमित्र, नातागोता तथा साथिभाईका साथ मिठो मसिनो खाद्य मिण्ठान बनाएर खाँदै रमाइलो गर्ने दिनका रुपमा मनाइदै आएको छ । नयाँ वर्षका अवसरमा देशका विभिन्न भागमा रहेका मठ मन्दिर, खोला दोभान र त्रिवेणीहरुमा भव्य मेला लाग्ने गर्दछ । मानिसहरु नयाँ वर्षका अवसरमा व्यक्तिगत तथा पारिवारिक यात्रा तथा तिर्थयात्रा पनि गर्ने गर्दछन् । नयाँ वर्षको दिन सार्वजनिक बिदा हुँदै आएको छ ।

नेपालमा नयाँ सम्वत् फेरिने प्रक्रिया विक्रम सम्वत् अनुसार हुने गर्दछ । विक्रम सम्वत् हिन्दू पञ्चाङ्गमा आधारित प्राचिन पात्रो हो । प्रख्यात राजा विक्रमादित्यले सुरुवात गरेको हुनाले यस पात्रोलाई विक्रम सम्वत् भनिएको हो । नेपालमा विक्रम सम्वतको आधिकारिक प्रयोग भने राणा प्रधानमन्त्री चन्द्रशम्सेरका पालाबाट भएको हो । हिन्दु परम्परा र वैदिक समयाकंनमा आधारित यो सौर्य पात्रो हो । यो अङ्ग्रेजी पात्रोभन्दा ५७ वर्ष ८ महिना १५ दिनले छिटो छ । विक्रम सम्वत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात आजकै दिनबाट सुरु हुन्छ । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरु पनि ग्रह नक्षत्रका नामसँग सम्बन्धित छन् । नेपालको सम्वत् प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । जव पृथ्वीले सूर्यको एक परिक्रमा पुरा गर्दछ त्यतिबेला चैत्र शुक्ल प्रतिपदा हुन्छ र सूर्य मिन राशीबाट पुन: मेष राशीमा प्रवेश गर्दछ । यहिबेला नयाँ वर्षको शुरुवात हुन्छ । यसलाई सुर्यको शुन्य अंश पनि भनिन्छ ।

नयाँ वर्षमा मानिसहरुले नयाँ योजना, नयाँ काम, नयाँ सोच र बिचारका माध्यमबाट जीवनयापनका नयाँ स्वादहरुको सपना बुन्ने गर्दछन् । नयाँ वर्षको माध्यमबाट जीवन र जगतमा हरेक कुरा नयाँ अपेक्षा गर्दछन् र त्यसका लागि नयाँ तागतको कामना गर्दछन् । यसैबिच नयाँ वर्ष २०७३ लाई नयाँ तागतका साथ राम्रो कामको थालनी र नयाँ जोश, नयाँ अभियान, नयाँ लक्ष्य र नयाँ उद्देश्यका लागि संकल्पका साथ लाग्ने नयाँ दिनका रुपमा मनाउने गरिन्छ । नयाँ वर्षमा नयाँ जोश जाँगरका साथ नयाँ पात्रो पल्टिन्छ । मानसपटलमा नयाँ सोचहरु सल्बलाउँछन् अनि नयाँ लक्ष्यहरु तय हुन्छन् ।पुरानो सोच र शैलीको राजनीतिक नेतृत्वले राष्ट्रको उन्नति हुन सक्दैन । देश पनि पुरानो तरिकाले चल्दैन । त्यहि भएर अहिले राजनीतिक रुपमा नयाँ राजनीतिक धार अथवा नयाँ शक्तिको आवश्कयकताबारे बहस चलिरहेको छ । नयाँ वर्ष २०७३ को आगमनसँगै नेपाललाई अझ समृद्ध नेपाल 'नयाँ नेपाल' बनाउने नेपाली जनताको चाहना पुरा होस् । २०६२ मा जारी भएको नेपालको संवैधानिक इतिहाँसकै उत्कृष्ठ नयाँ संविधानको कार्यन्वयन होस् । नयाँ वर्ष-२०७३ स्वागतसँगै सवैलाई शुभकामना !

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.82
  • 104.42
  • European euro
  • 112.7
  • 113.35
  • UK pound sterling
  • 130.4
  • 131.16
  • Swiss franc
  • 105.3
  • 105.91
  • Australian dollar
  • 79.23
  • 79.69
  • Canadian dollar
  • 77.86
  • 78.31
  • Singapore dollar
  • 74.51
  • 74.94
  • Japanese yen (10)
  • 9.4
  • 9.46
  • Chinese renminbi (Yuan)
  • 15.1
  • 15.18
  • Saudi Arabian riyal
  • 27.68
  • 27.84
  • Qatari riyal
  • 28.51
  • 28.68
  • Thai baht
  • 3.02
  • 3.03
  • UAE Dirham
  • 28.27
  • 28.43
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.34
  • 9.39
  • Swedish Krone
  • 11.82
  • 11.88
  • Danish Krone
  • 15.15
  • 15.24