ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

पापकुंश एकादशी/ बिश्व ज्येष्ठ नागरिक दिवस




पापकुंश एकादशी/ बिश्व ज्येष्ठ नागरिक दिवस बिशेष अडियो सामाग्री

बिसं २०७४ साल असोज १५ गते

यस बर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ ।
नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।
सार्वजनिक सवारी र बाटाघाटामा घुईँचो छ, बटुवाहरु अधिकांशको निधारमा टीकको रंग कुनै न कुनै हिसाबले देखिएको छ । नयाँ कपडामा कहिँकतै राता छापहरु बसेका हुनसक्छन्, टीका ले गर्दा । नयाँ कडककडिया नोटहरुले बजार छपक्कै पारेको छ, बुढाबुढीको हात टीकोको लेपले रातो छ भनें केटाकेटीको हृदय दक्षिणा गन्दै फरर भएको छ ।
आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ ।
हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।
सरदर महिनामा दुइपटक पर्ने यस्ता एकादशीहरु एक वर्षमा यस्ता २४ वटा हुन्छन्, भागवत पुरानका अनुसार भगवान विष्णुका भक्तहरु अर्थात वैष्णवहरुकालागी यस्ता एकादशीले विशेष महत्व राख्दछ । दशैको टीकाको भोलीपल्टपर्ने यो एकादशीको पनि आफ्नो विशेष महत्व छ । दुर्गा भवानीको अर्चना गरिएको नवरात्रि पछि ठ्याक्कैपर्ने यो एकादशीको नाम अनुसार पाप गर्नेहरुलाई नाश गर्ने एकादशीकारुपमा प्रख्यात छ । पर घर भएका आफन्त, छोरीचेली अनि ढिलो आउने मान्छेहरुलाई आजवाट कोजाग्रत पूर्णिमा सम्म दशैको टीका र जमरा लगाइदिने चलन धेरै ठाँउमा छ, आजको दिन पनि घरघरमा टीका थाप्न जानेहरुको विशेष चहलपहल रहन्छ । यस एकादशीको वारेमा भगवान श्रि कृष्ण र यूधिष्ठीर विचको संवादमा वर्णन पाइन्छ, कृष्णका अनुसार यस एकादशीमा व्रत वसेर भगवानको उपासना गर्नाले भगवान पदमनभको कृपाले सम्पूर्ण पापहरु मोचन हुनेछ । विष्णु सहस्त्रनाम अनि श्रि राम र श्रि कृष्णको अश्तोतरा श्रवण या अध्यन गर्ने अनि यस एकादशीमा तिर्थाटन गर्नु एकदमै महत्वपूर्ण रहेको वताइएको छ । यस्ता दिनमा व्रत वसेर भक्ति अनुष्ठान गरेमा गंगा, गया, काशी या पुस्कर नदिस्नान भन्दापनि धेरै गुण धेरै फल पाइने कुरा कृष्णले उल्लेख गर्नुभएको छ । दिउँसोको समयमा व्रत वस्ने र भगवानको भजन गर्दे रातीपनि जाग्राम वसेर हरि किर्तन गरेमा धेरै पुन्य मिल्ने र मृत्यूपर्यन्त पनि भगवान विष्णु को पाउकमलमा मोक्ष मिल्ने वताइन्छ । यो एकादशी विष्णु भक्त वैष्णव अनि शिवभक्तहरु दुबैका लागी उक्तिकै महत्वपूर्ण छ ।
विष्णु पुराण्को ( ५ः३३ः४६) खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।
विहानै उठेर नुहाइधुवाई चोखो कपडा लगाएर व्रतको प्रारम्भ गरिन्छ, पूजावाठ अनि मन्दिरदर्शन पश्चात यस एकादशीको एकादशी महिमा सुन्ने चलन रहेको छ ।
भक्तिपूर्णरुपमा महिमा श्रवण गरिसकेपछि केही अन्न र गेडागुडी विहिन फलाहारहरु या फलफूलहरु सेवन गर्ने चलन छ । आजको एकादशीमा वर्त वस्नाले मामाघर तर्फवाट दश पुस्ता, पितृकुल तर्फवाट दश पुस्ता र श्रिमती या श्रिमानको कुलतर्फवाट दब पुस्ता पितृहरुले वैकुन्ठ प्राप्त हुने जनविश्वास रहेको छ ।
आजको दिन सुन, तिल, जौ, अन्न, भुमी, छाता अनि जुत्ता दान गर्नाले मनुष्यलाई मृत्यूपर्यन्त स्वर्गलोक प्राप्त हुने जनविश्वास रहेको छ । मानिसहरु भनेको सजीव र सामाजिक प्राणी हुन् तसर्थ आफूसँग भएको थोरैतिनो जे भएपनि गक्षअनुसार गरिव अनि दुख्खीहरुलाई दान गर्न धर्मशास्त्रले पे्ररित गरेको छ, दुख्खीको सेवा भन्दा ठूलो पराक्रम अरु संसारमा केही छैन । आजको दिन सहयोगी भएर, अरुको मुहारमा हाँसो ल्याउन सक्ने काम गरेर वितोस, हामीसबैलाई शुभकामना

बिश्व ज्येष्ठ नागरिक दिवस

यी छोराछोरी बढ्लान कमाई गर्लान
दुधभात देलान मलाई

बुढाबुढी भइसकेका आमाबुवाको छोराछोरी प्रतिको चाहना अनि अपेक्षा सामान्यत यस्तै कस्तै हुनेगर्दछ हाम्रो समाजमा ।
साँझमा कामवाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोला भित्र घरमा पर्खिरहेका छोराछोरी का लागि सानै सही तर केही कुरा भनें लगिदिएका हुन्छन् ।
संसारमा सबैभन्दा खुशी आमा बुवाले आफ्ना सन्तानलाई देख्न चाहन्छन्, रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाँउदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षादिक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे भनें पनि हामी तिनीहरुकै सपनाको एउटा पुञ्ज हौं ।
समयक्रम संगै बुवाको पाखुराको बल कम हुन्छ, आमाको शरीर कमजोर हुँदै जान्छ अनि जीवनको चक्र, बुढेसकाल शुरु हुन्छ ।
ज्येष्ठ नागरीक अर्थात पाका उमेरका बृद्धबृद्धा हरु , नेपाली कानुनका अनुसार ६० बर्ष पुरा भएका नेपाली नागरीकलाई राज्यले ज्येष्ठ नागरीकको श्रेणीमा राखेको छ ।
उमेर ढल्कँदै गएपछि अरुहरु प्रति हुने निर्भरता, जीवनशैली को कष्ट अनि माया ममताको चाहलाई झर्कोफर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउन्े अनि हेला गर्ने चलन पनि देखिएको छ । स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै अब आउने पुस्ताले हामीलाई दिने माया र सदभाव निर्धारण गर्दछ । समतामुलक समा ज अनि समग्र मानविय मुल्यलाई कायम राख्न ज्येष्ठ नागरीकहरुको समाज अनि बिकासको को मुलधारमा समायोजन जरुरी छ ।
नेपालको कानुनमा “ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३” ले ज्येष्ठ नागरीक हकअधिकार र समायोजन को पाटोमा सम्बोधन गरेको छ । यस कानुन अनुसार “ज्येष्ठ नागरिक” भन्नाले साठी वर्ष उमेर पूरा गरेको नेपाली नागरिक सम्झनु पर्छ ।
उमेर ढल्कंदै गएपछि एक्लोपना बढ्दै जान्छ, आफ्ना मनमिल्ने साथीभाई को कमी अनि पुराना यादको बहावले बहकाउने गर्दछ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।
समाजको खुल्ला डवली अनि पलेँटीहरुमा ज्येष्ठ नागरिकहरु लाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरु प्रदान गरौं ।
यहाँ पालोको पैँचो सबैले तिरेका छन्, हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौं, अहिले देखि ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं ।
यसै कुरालाई आत्मसाथ गर्दै बिश्व समुदायले पनि हरेक बर्षको अक्टोबर १ तारिखमा बिश्व ज्येष्ठ नागरिक दिवस मनाउने गर्दछ । यस बर्षके नारा भनें Stepping into the Future: Tapping the Talents, Contributions and Participation of Older Persons in Society.”रहेको छ । भविष्यमा कदम, ज्येष्ठ नागरिकको सीप, कला, योगदान र सहभागीताको कदर भन्ने यस यस नाराका साथ आज बिश्व भरिका सम्पूर्ण ज्येष्ठ नागरिक अनि सबैजनालाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम