प्रजातन्त्र दिवस | विजया एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

प्रजातन्त्र दिवस | विजया एकादशी




   Suyog Dhakal - Feb 17 2020
प्रजातन्त्र दिवस अडियो सामाग्री

फाल्गुन ७, आज प्रजातन्त्र दिवस् । गत माघमा हामीले शहीद दिवस मनायौं अनि फाल्गुनको आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ । 

स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यीनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको केही जोर चलेन्, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो आजभन्दा ६९ वर्ष अघि, विसं २००७ साल फाल्गुन ७ अर्थात् आजकै दिन र त्यसको नाम थियो "प्रजातन्त्र" ।

राज्य ब्यवस्थाले नागरीकहरुबिच कुनैपनि दृष्टिमा भेदभाव गर्न हुँदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो, स्वतन्त्र वि चरण अनि फरक मतको सम्मान लगायतका अभिब्यक्ति स्वतन्त्रता नै प्रजातन्त्रको स्तम्भहरु हुन् । प्रजातन्त्रमा नागरीकहरु स्वंयमले चुनेर पठाएका ब्यत्तिहरुले शासनव्यवस्था संचालन गर्ने गर्दछन्, यसअर्थमा जनताद्वारा जनताकालागी गरिने हितकारी शासन अभ्यासलाई प्रजातन्त्र भनेर बुझ्न सकिन्छ । 

टुँडिखेलमा नेपाली सेनाको विशेष प्रर्दशनका साथै राजनैतिक दलका नेताहरुको उपस्थिती अनि ब्यापक जनसाधरणको उपस्थितीमा प्रजातन्त्र दिवस मनाउने चलन केही वर्षयता भने खुम्चदै गएको छ । उतिबेला आएको प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट फेरि विसं २०१७ मा खोसिएको इतिहास जिवितै छ । क्रमशः ब्यापक धाँधलीकाबिच भएको ३६ सालको जनमतसंग्रह सहित विभिन्न कालखण्डमा भएका नागरीकको आवाज दबाउने श्रृंखलाहरुको अन्त्य भने विसं २०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संबैधानिक राजतन्त्रको ब्यवस्थाले गरेको थियो । क्रमशः विभिन्न चरणका आन्दोलन, सशस्त्र द्वन्दकाल हुँदै ६२ अनि ६३ सालको आन्दोलनसँगै नेपाल आज संघीय गणतान्त्रीक देश भईसकेको छ । शायद आज यिनै ईतिहासका दस्तावेज पल्टाउँदै नेपाली प्रजातान्त्रिक अभ्यासका प्राप्ती, प्रगती र नेपालीजनको हितमात्रलाई पनि नियाल्ने दिन हो । 

यहाँ आन्दोलनको मर्महरुलाई शाषकहरुले कत्तिको ध्यान दिन सकेका छन् त ? जनलहरको उद्देश्य साँच्चै संवोधन गरिएको छ त ? 

विश्वले विकासको मूलधारलाई आफ्नो पराक्रमले प्राप्त गर्दासम्म नेपालीहरु अझै पनि हात मुख जोर्नकालागी नै घर परिवार माया मार्दै झोला बोकेर प्रतिदिन १५०० को सख्याँमा विदेश गएको देख्दा नेपथ्यवाट प्रजातन्त्रको असहाय आवाज सुनिन्छ । बोल्न पाउने, आन्दोलन गर्न पाउने, लड्न पाउने तर गरिखान नपाउने यो कस्तो अपुरो प्रजातन्त्र ?

दूरदराजमा भएको नेपालीको मुलधारका सेवा अनि सुचना सँगको न्यून पहुँच लगायत दुई वर्ष हुँदा पनि वनाईन नसकेका भुईचालो पिडितका चुहिने दलिनहरुले अट्टाहसका साथ प्रजातन्त्रको वयान दिईरहेका छन् । दिनदिनै सर्दै आएका सिमास्तम्भहरु, परधीनपनामा भएका वृद्धि अनि खिया लागेका हलो अनि कोदालाका फालीहरुले परदेशीहरुलाई सझंना गरिरहेको छ ।

यो प्रजातन्त्रले सहि प्रयोग गर्न सक्ने हातहरु पाओस्, गरिखान पाओस अनि नेपालीहरुको पिडा यो प्रजातन्त्रले कम गरोस् । नेपाली हुनुको एकमात्र पहिचान अनि राष्ट्रियताको डोर भित्रको मिठो, समान अनि प्रगतीशिल प्रजातन्त्रको अनुभव गर्न पाईयोस । 
जय होस् 

विजया एकादशी


जयं ददाति विजयं नृणा चैव न संशयस् ।
पुरातनं व्रतं ह्येतत् पवित्र पापनाशनम् ।।

फाल्गुन कृष्ण एकादशीमा पर्ने विजया एकादशीको व्रत गर्नाले सम्पूर्ण मनुश्यहरुलाई विजया प्रदान गर्ने र सबै प्रकारका पाप नाश गर्ने परम पवित्र यो एकादशीको व्रत परापूर्व कालदेखि चलि आएको छ ।

श्री कृष्णले युधिष्ठिरलाई भन्नु भयो यस एकादशीको व्रत गर्नाले सबैलाई विजया मिल्ने कुरामा सन्देह न भएको कुरा यस व्रत कथामा भन्नु भएको छ । धेरै अघि भगवान् श्रीराम बनवास गएको वेला रावणले सीतालाई छलकपट गरि सिताजीलाई हरण गरेर लगो र उनैसीतालाई खोज्ने क्रममा विभिन्न समस्याको समाधान गर्दै समुद्रको किनारमा पुग्नु भयो त्यहाँ एउटा मुनिलाई दण्डवत गरि आफ्नो सबै दुख सुनाउँदा मुनिले साबि भन्दा सजिलो विजया एकादशीको व्रत गर्ने उपाय बताइदिनु भयो र लंकामा विजया प्राप्त गर्नु भयो । यसै कारणले यो एकादशीको नाम विजया एकादशी रहन गएको हो । अतस् यस्तो प्रकारको विजया एकादशीको व्रत गर्नाले विजया मिलेछ । यस दिन लक्ष्मी नारायणको प्रतिमामा विधिवत यथा शक्ति एवं भक्तिका साथ व्रत गरेमा अवस्य भक्तले विजया प्राप्त गर्न सकिने कुरा श्रीस्कन्द पुराणमा उल्लेख गरिएको छ ।
– पं नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.