ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

पुत्रदा एकादशी



पौष शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । हिन्दु धर्म परम्परा अनुसार यस एकादशीलाई बैकुण्ठ एकादशी पनि भनिन्छ । पौष शुक्ल पक्षका अलवा श्रावण शुक्ल पक्षको एकादशीलाई पनि पुत्रदा एकादशी भनिन्छ । पद्म पुराण अनुसार संसारिक सुख समृद्धि तथा पुत्र प्राप्तिका लागि पुत्रदा एकादशीको ब्रत बस्ने गरिन्छ । सन्तानविहिन रहेका सवैले पुत्रदा एकादशीको ब्रत लिनु फलदायी हुने धार्मिक विश्वास रहेको छ ।

धर्मशास्त्रहरु अनुसार प्राचिनकालमा भद्रावतीपुरी नगरमा राजा सुकेतुमानले राज्य गर्दै आएका थिए । तर ती राजाका सन्तान भने थिएनन् । राजा निसन्तान भएका कारण राजपरिवारमा चिन्ता थपिएको थियो । राजा सुकेतुमानका पिता समेत राजकाजको जिम्मेवारी सुम्पने उत्तराधिकारी नभएका कारण चिन्तित बन्दै गएका थिए । दिन बित्दै जाँदा एकदिन राजा सुकेतुमान घोडा चढि जंगल डुल्दै जाने क्रममा घना जंगलभित्र पुगे । जंगलको धेरै भित्र पुगेका कारण उनलाई थकाई र तिर्खा लागेको थियो । पानीको खोजीमा उनी झनझन जंगलभित्र पुगे । निकै पर उनले पानीको सरोवर देखे तर त्यहाँ ऋषिमूनिहरु आश्रम बनाई वेदपाठ गर्दै बसेका थिए । घोडाबाट उत्रिएर राजा सुकेतुमानले सरोवरको पानी पिएपछि ऋषिमूनिहरुलाई नमस्कार गरे । राजाले सरोवरमा एकत्रित भएर बस्नुको कारणबारे ऋषिमूनिहरुसंग सोधे । ऋषिमूनिहरुले पनि पुत्रदा एकादशी आउन लागेकाले स्नानका लागि भेला भएको जवाफ दिए । राजाले पुत्रदा एकादशीको ब्रतबारे ऋषिमूनिहरुसंग जिज्ञासा राख्दा ऋषिमूनिहरुले पुत्र तथा सन्तान प्राप्तिका लागि यस एकादशीको ब्रत अनिवार्य भएको बताईदिए । राजाले पनि सवै विधि पुरा गरी पुत्रदा एकादशीको ब्रत बसे । फलस्वरुप उनलाई पुत्र प्राप्ति भएको पौराणिक कथा अनुसार आज पनि पुत्रदा एकादशी ब्रतको महात्मे महत्वपूर्ण मानिन्छ ।

यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ । यस दिन भगवान बिष्णुको बालगोपाल रुपको पूजा गर्ने गरिन्छ । बालगोपाल बिष्णुको प्रतिमा स्थापना गरी पञ्मामृतले स्नान गराई धुप दिप नैवेद्य सहितले पूजा गरिन्छ भने नरिवल, पान, सुपारी, ल्वाँङ जस्ता प्राकृतिक फलफूलहरु चढाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीका दिन बिष्णुलाई अर्ध्य दिएर ब्रत र पूजा समापन गरिन्छ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.54
  • 112.14
  • European euro
  • 127.19
  • 127.88
  • UK pound sterling
  • 142.44
  • 143.21
  • Swiss franc
  • 112.59
  • 113.2
  • Australian dollar
  • 80.99
  • 81.43
  • Canadian dollar
  • 85.22
  • 85.67
  • Singapore dollar
  • 81.18
  • 81.62
  • Japanese yen (10)
  • 10.06
  • 10.11
  • Chinese renminbi (Yuan)
  • 16.21
  • 16.3
  • Saudi Arabian riyal
  • 29.74
  • 29.9
  • Qatari riyal
  • 30.63
  • 30.8
  • Thai baht
  • 3.35
  • 3.37
  • UAE Dirham
  • 30.37
  • 30.53
  • Malaysian ringgit
  • 27.22
  • 27.37
  • Korean Won (100)
  • 9.88
  • 9.94
  • Swedish Krone
  • 12.26
  • 12.32
  • Danish Krone
  • 17.06
  • 17.15

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम