रमा एकादशी | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

रमा एकादशी




रमा एकादशी विशेष अडियो सामाग्री

हिन्दु धर्ममा एकादशी ब्रतको धेरै महत्वरहेको पाईन्छ । कार्तिक कृष्णपक्षमा पर्ने रमा एकादशीको सवैभन्दा महत्वपूर्ण पक्षभनेको ठूला पापहरुको नास गर्नु हो । हिन्दु धर्मशास्त्रका लिखतमा उल्लेख भएअनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक प्रतापि राजा थिए । उनको देवराज इन्द्र सहित यम, कुबेर, बरुण र विभीषणसंग गहिरो मित्रता थियो । उनीबिष्णु भक्तिका कारण धर्मात्मा र न्यायमुर्ति थिए । त्यस्ता शोभित राजाका चन्द्रभागा नाम गरेकी एउटी छोरी थिइन, जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसंग भएको थियो । शोभन अलिक दुर्वल, कमजोर रभोक सहन नसक्ने खालका थिए । एकदिन राजकुमार शोभन कार्तिक कृष्णपक्षमा ससुरालीपुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो । जव रमा एकादशी ब्रतको दिन आयो, तव मुचुकुन्दले आफ्नो राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणागरिदिए । यो खबरले शोभन सारै चिन्तामा परे र आफ्नी पत्नी चन्द्रभागासंग चिन्ताप्रकट गर्नथाले । पति शोभन भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागालाई पनि सारैचिन्ता पर्यो । त्यहि बेला चन्द्रभागाले उपाय निकालेर भनिन् कि- हे स्वामी ! मेरापिताको राज्यमा एकादशीका दिन अरु त के?जीवजन्तु समेत भोजन गर्दैनन् । त्यसो भएकोले यदि तपाँई चाहनुहुन्छ भने अरु कुनैठाउँमा गएर भोजन गर्न सक्नुहुन्छ । तर यहि रहने हो भने चैं एकादशी ब्रत विधी पुरागर्नु पर्दछ । पत्नी चन्द्रभागाको यस्तो सुझाव सुनेपछि शोभनले आफु अन्तकतै नजाने बरु ब्रत नै बस्ने, जस्तो पर्छ त्यस्तै टर्छ भन्ने अठोट गरीरमा एकादशीका दिन ब्रत बस्ने निधो गरे । यस प्रकारले शोभनले ब्रत बसे, तर उनलाई धेरै भोक र प्यास लाग्न थाल्यो । उनले भोक तिर्खा सहन सकेनन् रएकादशी ब्रतको समाप्तिपछि भोलिपल्ट प्रातकाल मै शोभनको प्राण गयो ।

पतिको मृत्यूपछि चिन्ता र वियोगले चन्द्रभागाआफ्नै पिता मुचुकुन्दका घरमा अर्थात माईतै बस्न थालिन् । तर रमा एकादशी ब्रतकोप्रभावले राजकुमार शोभनको इन्द्रराज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवनप्राप्त भयो । एकदिनको कुरा हो, राजा मुचुकुन्दकै राज्यका एक ब्राम्हण तीर्थयात्राकाक्रममा घुम्दै जाँदा बाटो भुल्लिएर मन्दराचल पर्वतमा पुगे । त्यहाँ पुगेका उनलेराजकुमार शोभनलाई अचानक देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सवै इति बृतान्त जानकारी लिए । शोभनले आफू ससुरालीमा हुँदाका सवै घटना बृतान्त सुनाए र रमाएकादशीको ब्रतको प्रभावले आफूलाई यस्तो स्वर्गिय शान्ति प्राप्त भएको कुरा तिब्राम्हणलाई सुनाए । यस्तो चमत्कारिक सत्यबारे ति ब्राम्हणले पुन: आफ्नो तिर्थयात्रा समाप्ति पछि मुचुकुन्द पुत्री चन्द्रभागालाई सविस्तार सुनाए। त्यसपछि चन्द्रभागाले आफूलाई मन्दराचल पर्वत पुर्याइदिन ति ब्राम्हणलाई आग्रह गरिन् । बाम्हणले पनि चन्द्रभागालाई मन्दराचल पुर्याए र वामदेव ऋषिका आश्रममा राखे। वामदेव ऋषिले चन्द्रभागासंग सवै बृतान्त सोधे र वेद मन्त्रहरुद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको ब्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरिरपनि दिव्य प्रज्वलित भयो । त्यसपछि चन्द्रभागा आफ्ना प्रिय पति शोभितका समिप पुगिनर रमा एकादशी ब्रतका प्रभावले यस्तो सवै अभूतपुर्व मिलन सम्भव भएको भन्दै सुखीले अल्लाहदित भईन् । त्यसपछि शोभित र चन्द्रभागा सदासर्वदा सुख समृद्दि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे । त्यहि भएर जसले रमा एकादशीको ब्रत सम्पन्न गर्दछ, उसको यसै गरी सवै पाप नास भई समृद्धि प्राप्त हुने पौराणिक कालदेखिकै विश्वास रहेको छ ।

रमा एकादशीको ब्रत बस्नेले बिहानै सूर्योदय अगाडि उठि नित्य शुद्ध बनि निराहार ब्रत बसि दान आदि कर्महरु पुरा गर्नु पर्दछ । रमा एकादशी ब्रतका अवसरमा भगवान विष्णुलाई धूप, दीप, नैवेद्य,फुल एवं मौसम अनुसारका फलफुल चढाएर पूजा गरिन्छ । अरु एकादशी ब्रतमाझैं रमा एकादशीमा बिष्णु अवतार तुलसीको पूजा गर्ने चलन छ । कतिपय समुदायमा भने रमा एकादशी ब्रतका समयमा एक समय मात्रै भोजन गर्ने चलन रहेको छ ।

- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.