जेष्ठ नागरिक दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

जेष्ठ नागरिक दिवस





आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवसमनाईन्छ । विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमाकुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेकाछन् । प्रत्येक१० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएकोछ । यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ ।

जेष्ठनागरिक दिवसको अवसरमा महिला,बालबालिका तथा समाज कल्याणमन्त्रालयले प्रभातफेरी लगायतविविध कार्यक्रम गर्दै आएको छ भने यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुले जेष्ठनागरिकको हक अधिकारका लागि पैरवीमूलक अभियानहरु चलाउँदै आएकाछन् । सामाजिक सुरक्षाको अवधारणा लागु गर्नेसन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदमभएको मानिन्छ । सोहि अनुसार अहिलेसम्मपनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर-परिवार प्रणालीमा चलेको हाम्रोसमाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्चसम्मान हुने गर्दछ । धेरै सदस्य भएको घरपरिवारलाई ‘ठूलाघर’ नै भन्ने चलन छ । पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावलेनेपाली समाज र घरपरिवार पनि अछुतो रहेन । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् । त्यहि भएर जेष्ठ नागरिकहरु आफैं पनि संगठित भईकेन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरुनिर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ ।

नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको  थियो । भर्खरै घोषणा भएको नेपालको संविधान-२०७२ को धारा ४१ मा "जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ" भनि उल्लेख गरिएको छ । मानवअधिकारकोविश्वव्यापी घोषणपत्र-१९४८, UnitedNations Principles for older persons 1991, Macau plan of action on ageing1998/Madrid International plan of action on ageing 2002 जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले उपस्थिति जनाईसकेको छ । सोहि अनुसार जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिनअवधारणा जेष्ठ नागरिक कार्ययोजना-२०६२ लागू गरिएकोछ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक कल्याणसमितिको स्थापना भई ७५ वटै जिल्लामा जिल्ला ज्येष्ठ नागरिक कल्याण समिति गठन गरिएको छ ।

-हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.