श्री स्वस्थानी व्रतकथा समाप्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

श्री स्वस्थानी व्रतकथा समाप्ति





पौष शुक्ल पूर्णीमाका दिनवाट शुरुभएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आजवाट समापन हुँदैछ । आजवाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनकालागी थन्क्याईन्छ, परमेश्वरीको कृपाले उक्त पुस्तक फेरि नखोलुन्जेलसम्म हरेक नेपाली दलिन अनि बलेसीहरुमा शुभ समाचार अनि प्रेरणादायी वाणीहरु छेलोखेलो होस् । 
यस वर्ष पनि स्वस्थानी कथाका अध्यायहरुमा हामीलाई सतीदेवीको वलिदान देखी गोमा ब्राह्मणीको दुख्ख अनि दक्ष प्रजापतीको दम्भ लगायत पृथ्वीको श्रृष्टी आदि धेरैकुराहरुले ज्ञान अनि प्रेरणा दिएर गयो भन्ने आशा छ । तपाईहाम्रो आफ्नो प्रिय मोबाईल सहयात्री हाम्रो पात्रो, जस्लाई नेपालीपनाको पर्यायवाचीकरुपमा हामीहरुले आफ्नो मोबाईल र हृदयमा सुरक्षित तवरले राखेका छौ, यसमार्फत पनि स्वस्थानी परमेश्वरीको महीमाका कथाहरु हामीले अडियोका क्रममा दैनिक पस्कँदै आएकोमा यहाँहरुले देखाउनुभएको माया अनि सदभाव प्रति हामी कृतज्ञ छौ । 


गएका पुस्ताले आउने पुस्ताकालागी छाडेरजाने मुख्य कुराहरुमा सस्कार अनि परम्परा पनि अत्यन्त महत्वपूर्ण कुरो हो । नेपालीजनमा यस्ता सस्कार अनि परम्पराको ठूलो मुल्य अनि महत्व छ यस्तै एउटा शदियौ पुरानो सस्कार हो, श्री स्वस्थानी माताको वर्त कथा श्रवण । विभिन्न दस्तावेज अनि लेखहरुमा स्वस्थानी ब्रतकथालाई महिलाहरुले मात्र गर्ने कठिन ब्रतकारुपमा चित्रण गरिएतापनि स्वस्थानीको ब्रत अनि महीमा पुरुषहरुले पनि गर्ने गरेको पाईन्छ । यसअर्थमा स्वस्थानी परमेश्वरीको ब्रत अनि आराधना महिला पुरुष दुबैले गर्ने अनि शुभ फल प्राप्त गर्ने जनविश्वाश र जनउक्ति छ । यो ब्रत बस्नाले शान्ति, सुख्ख, समृद्धी अनि अध्यात्मीक चेतनामा वृद्धी भई सुस्वास्थ्य कायम रहने जनविश्वास छ । हिन्दुजनको अपरिहार्य यो व्रतकथा शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन् । 
अर्कोतर्फ परिवारका सम्पूर्ण सदस्य भेला भईकन गरिने कथावाचनका कारणले परिवारमा पनि सदभाव अनि प्रभावकारी सञ्चार कायम हुन गई पारिवारिक समबन्ध सुदृढ हुने गर्दछ । फेरि समापनका अवसरमा सामुदायीक उपस्थिती रहने भएकाले सामाजिक सदभाव अनि एकता पनि कायम हुनजान्छ । 


अहिलेका आणविक खोजी अन्वेषण भईरहेको संसारमा सनातन सस्कारको हजारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमा अध्यायहरुमै संसारको उत्पती अनि कणहरु अर्थात अणु अनि परमाणुहरुको कहिकतै ब्याख्या गरिएको पाईन्छ, स्वस्थानी ब्रतकथामा महादेवको सतीदेवी प्रतिको आशक्तिले महिला र पुरुषको अन्र्तसमबन्ध देखाउदछ भने गोमा ब्राह्मणीके धैर्यताले हामीलाई दुख्खमा नडगमगाउन पे्ररित गर्दछ । 
अहिलेको आधुनिक समयमा तर्कमा आधारीत रहेर पुराना सस्कारहरुलाई बिर्सेर कुल्चदै अगाडि वढ्ने पाईलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यि सस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिन चाह्यौ, स्वस्थानी माताले सबैलाई सदबुद्धी दिनुहोस् । 
हिँउदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरु एकैठाँउमा भेलाभई वडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमा का दिन समापन गरिन्छ । उपनयतु मंगलम मन्त्रवाट शुरु हुने यो कथाको स्तुती मन्त्र समापनमा यं व्रह्मा मन्त्रका साथै समापन हुन्छ । 

यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर वर्त लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोहको आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या सांगे गर्ने चलन छ । यस्ता सांगेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ । समापनका अवसरमा धेरै ठाउमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम वस्ने चलन पनि छ । किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामुहीक रुपमै स्वस्थानी परमेश्वरीको ब्रतकथा सांगे आयोजना गर्दा सम्पूर्ण समुदायलाईनै फाईदा हुने जनविश्वास छ । 
परमेश्परीको कथा भन्ने सुन्ने अनि आत्मसाथ गर्ने सबैको जय होस्, श्लेषमान्तक बन, सुमेरु पर्वत, कैलाश अनि विभिन्न क्षेत्रहरुको वर्णन गरिएको यो ब्रतकथाका अधिकांश ठाँउहरु नेपालमै पर्दछ, यसअर्थमा स्वस्थानी परमेश्वरिको प्रिय भुभाग नेपाल अनि समग्र नेपालीहरुको कल्याण होस् । 
सुन्नेलाई सुनको माला 
भन्नेलाई फूलको माला 
यी कथाहरु वैकुन्ठै जाला 
फेरि अर्को वर्ष शुरु शुरु आईजाला 
श्री स्वस्थानी परमेश्परीको जय 

हाम्रो पात्रोकालागी सुयोग ढकाल 






Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.