ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

सन् २०१८ प्रारम्भ | श्री स्वस्थानी व्रतारम्भ




नेपालकालागि भने सन् २०१७ अत्यन्त गहन अनि एतिहासिक वर्ष भएको छ । स्थानीय चुनाव, प्रतिनीधी अनि प्रदेशसभाका चुनावहरु शान्तिपूर्वक रुपमा यही वर्षमा हामी नेपालीले अनुभूत गर्न सक्याैं, सहभागी हुन सक्याैं, लामो समयदेखिको संक्रमणकालिन अवस्था पछिको परिवर्तनको सकारात्मक संकेत हो यो ।


श्री स्वस्थानी व्रतारम्भ नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

सन् २०१८ जनवरी १ तारिख

बिदाई भनौ या स्वागतम, सन् २०१७ सक्किएर आयो सन् २०१८, आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०१८ संसारभरि भब्यताकासाथ स्वागत गरिंदैछ । जिन्दगीलाई अनुभव र यादहरुको डोकोको रुपमा लिन सकिन्छ, हरेक वर्ष एउटा नयाँ अनुभव सङ्गालिदै पुरानो वर्ष बित्छ भने नयाँ वर्ष आउँदछ । हुन त हामी नेपालीहरुको क्यालेन्डरदेखि चाडबाड अनि कार्यलयगत कुराहरु धेरैजसो विक्रम सम्वतमा आधारित भएकाले यो इस्वी सम्वतलाई आगन्तुक र पराई सम्वतका रुपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरु अनि अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गर्नेहरूकालागि अन्तर्राष्ट्रिय सम्वत इस्वी सम्वतमैं संसारभरि हुनेभएकाले यो सम्वतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता छ । भनिन्छ नि, शुभकार्य र शुभकामना दिन ढिलाई गर्न हुँदैन भनेर तसर्थ छिटो छिटो गरेर हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताहरु लाई यस ताजा ताजा नयाँ वर्ष सन् २०१८ सालको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछ । बिसं भने इस्वी संवत भन्दा ५७ वर्षले अगाडी छ र जनवरी फेब्रवरी जस्तो १२ महिनाहरुले वर्षदिनको घोतक गर्ने इस्वी सम्वत हो भने बिक्रम संवतमा हाम्रो वैशाख, जेष्ठ जस्ता १२ महिनाहरु परिचित छन् ।

हामीमध्ये धेरैलाई फूर्सतिलो बनेर केहीबेर सोंचाईमा घोत्लिएर गएको वर्षको समिक्षागर्न मन लागेको हुनपर्दछ, केहीबेर सोचौँ न कस्तो रह्यो त सन् २०१७ हाम्रो लागी ? के कस्ता उतारचढावहरु तपाइका जीवनमा आए ? कसरी सामना गरियो ? के के कुराहरु लिएर अनि कस्ता कस्ता कुराहरु दिएर गयो त यो गएको वर्ष ? अनि अब यो नयाँ वर्षमा के कस्ता योजनाहरु, प्रक्रियाहरु, धारणाहरु तपाईले अवलम्बन गर्ने चाह राख्नुभएको छ ?

हरेक नयाँ वर्षहरुमा हामी केही सोंचाई या परिवर्तन गर्ने चाह राख्दछौं तर ती धेरैजसो चाहहरु अनि वाचाहरु त्यतिकै तूहिएर जाने पनि गर्दछन्, यस वर्षको सकारात्मक सोंच अनि प्रगतीका लावालस्करहरु तपाईंको पाइला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका सकारात्मक, जायज कुराहरुमै निशाना लागोस् ।

यो वर्षभरिको हतारोसंगै, विस्मात र आश्चर्यसंगै, मिलन र विछोडसंगै अनि संभावनाका संवाहकहरुसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त विर्सनुभएको छैन ? एकफेर सोचौं है, जीवनको मुलभूत उद्देश्य र हरेक दिनको एउटामात्र निश्चय भनेकोचाँही हाम्रो मुहारमा एउटा मिठो मुस्कान हो । यस वर्षमा हाम्रा हाँसो अनि मुस्कानहरु उधारोमा नजाउन्, हरेक अवसरहरुलाई उत्साहका साथ मनाउन पाईयोस अनि दुःखनै लेखेको छ भने पनि सामना गर्ने साहस होस् ।

हरेक वर्षहरुसंगै हामीपनि परिवर्तन भईरहेका छौं, जीवनका आयामहरु पनि परिवर्तनशील छन्, सन् २०१८ ले यी परिवर्तनका आयामहरुलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ, हैन त ? कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस्, यूवा पुस्ताका साथीहरु हुनुहुन्छ र कसैलाई आफ्नो मायाको उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भने यो वर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्त गर्ने सामर्थ्य दियोस है, कि कसो ?

नेपालकालागि भने सन् २०१७ अत्यन्त गहन अनि एतिहासिक वर्ष भएको छ । स्थानीय चुनाव, प्रतिनीधी अनि प्रदेशसभाका चुनावहरु शान्तिपूर्वक रुपमा यही वर्षमा हामी नेपालीले अनुभूत गर्न सक्याैं, सहभागी हुन सक्याैं, लामो समयदेखिको संक्रमणकालिन अवस्था पछिको परिवर्तनको सकारात्मक संकेत हो यो । प्रजातन्त्र अनि संविधानका उपलब्धीहरुलाई सस्थागत गर्न, संघिय गणतन्त्र नेपालका लागि सन् २०१७ अत्यन्तै महत्वपूर्ण वर्षका रुपमा परिवर्तन भइदियो ।

लाजमर्दो कुरो यस वर्षमा पनि नेपाली सत्ताले बिसं २०७२ सालको भूँइचालो पीडितकालागि छानाको व्यबस्था गर्न सकेन, यस वर्षको हिँउदमा पनि भूँइचालो पीडितहरु खुल्ला आकाशमा घामपानी अनि सिरेटो खेपीरहेका छन् । अन्य वर्ष झै सत्ता परिवर्तनका खेलाहरु, केही राम्रा अनि केही नराम्रा घटनाहरुसंगै सन् २०१७ बितेको हो । राजनैतिक रुपमा बाम एकताका धारमा दुईवटा ठूला कम्यूनिस्ट पार्टीहरुको एकता अनि प्रतिनीधी अनि प्रदेशसभा चुनावमा उनिहरुको तालमेलले ल्याएको परिणामले वर्ष २०१७ लाई राजनीतिक गतिविधिका हिसाबले धेरै तताउने कारक भएको छ ।

यो पनि पढ्नुस्ः फ्लायशब्याक सन् २०१७, 'विश्वलार्इ फर्केर हेर्दा

वर्ष २०१७ मा चुनावमा मतपत्र च्यात्ने देखि जित-हार र राजनैतिक तालमेलमा परिवार मोह पनि नेपालले देखेको हो भने केही जित्नपर्ने अनुहार हारेका अनि केही हार्नुपर्ने अनुहार जितेका पनि देखिएको हो ।

अन्तराष्ट्रिय जगतमा भने यस वर्ष अलिक फरक देखिएको छ । इज्रेल अनि साउदी अरबसंगको साँठगाँठकालागि पनि चर्चामा रेका अमेरिकी राष्ट्रपती ट्रम्पको ह्वाइट हाउसमा प्रथम वर्षका रुपमा सन् २०१७ ले अमेरिकी राष्ट्रपतीको जेरुसलेमलाई इज्रेलको राजधानी घोषणा गरे संगै विश्वभरि सन् २०१७ को उत्तरार्धमा एकप्रकारको अमेरिकी घोषणा बिरुद्धका आवाजहरु उठ्न थालेका छन् ।

लण्डनमा हजारौंको बसोवास भएको ठूलो भवनमा व्यापक आगलागी भएको घटना देखि केही अमेरिकी बन्दूक प्रहारबाट भएको सामूहिक हत्याका घटनाक्रमहरुले विश्वको आँखा रसाए यस वर्ष । हलिवुडका चलचित्र अनि मीडियाका बहुतै चर्चित नाम हार्भे वाइन्सटाइनसंग समबन्धित यौन दूर्व्यवहारको आरोप अनि त्यसको बिरोधमा विश्वभरि इन्टरनेटमा हर्याशट्याग गर्दे मिटु आन्दोलन बहुतै चर्चाम रह्यो ।

उत्तर कोरियाको हतियार परिक्षण अनि ध्रुविकृत विश्वको परिवृतीमा घरिघरि विश्वयूद्धको संघार सम्मको बिगुल फुक्ने संभावना यस वर्षले देखाएको पनि हो । व्यालीस्टीक मिसाइलको चरणबद्ध परिक्षण उत्तर कोरियाले सन् २०१७ बाटै शुरु गरेको हो । यस बर्ष सन् २०१७ ले पनि अफगानीस्तान, ईराक, लिवीया, सिरिया लगायतका देशहरुमा शान्ती प्रदान गर्न सकेन भने यसै बर्षले ईस्लाम, ईसाई र हिब्रु धर्मको एकै थलो जेरुसलेममा झनै बिवाद खडा गरिदिएर गएको छ । चीनमा यसपाला भएको सि जिगं पीगंको बेइएजीगं कन्सेन्ससको पूनरावृति अनि भारतमा मगन्ते लखेटेर अमेरिकी राष्ट्रपतीकी छोरीलाई पाहुना स्वागत गरिएको अन्तराष्ट्रिय व्यापार अनि उधमी मेला यस वर्षको चर्चित छिमेकी घटनाहरु हुन् ।

महाकाली नदिको छालदेखि मेची नदिको गहराईसम्म, सगरमाथाको टुप्पो देखि महोत्तरी जिल्लाको मुसहरनियासम्म नेपालीपनको भाव चम्कीरहोस् । पुराना दिनमा पोष्कार्डहरु साटासाट गर्दा लेखेर नयाँ बर्षका शुभकामनाहरु साटासाट गर्ने चलन अब त नेपालमा इन्टरनेटबाट म्यासेज र च्याटले प्रतिस्थापन गरिसकेको छ । वर्षैपिच्छे प्रविधी अनि पहुँचमा नेपालले फड्को मार्दे छ, अबका वर्षमा पुराना अनि नयाँ दुबै चलनको निरन्तरता होस् । सन् २०१८ मा भत्केका मन्दिरका खम्बा अनि भित्ताहरु उठ्न सकून्, भुँइचालो पीडितका छानाहरु छाअोस्, न्याय पर्खेका आँखाहरुले न्याय पाउन् अनि स्थाहित्व कायम होस्, सगरमाथाको देश नेपालमा सम्पन्न बनोस् ।

सातै प्रदेशका हिमालका हिँउ, पहाडका चुचुरा अनि तराईका हरिया फाँटहरुमा नेपालीपनाको महत्व झल्किरहोस् । वैदेशिक रोजगारीकालागि करले, रहरले, वाध्यताले, अव्यवस्थाले जान बाध्य लाखाैं नेपालीहरूको पीडाको दिन कम होस्, देशमैं असंख्य रोजगारीका संभावनाहरू बढ्नसकोस् । २०१८ वर्षमा, सपनाहरु साँच्न पाईयोस अनि तिनलाई पूरागर्न अगाडी बढ्ने अवसरहरु पाईयोस्, पसिनाको मुल्य पाईयोस् अनि अटल मुस्कानले नेपाली अनुहारहरु शोभायमान बनाईरहोस् है ।

सन् २०१८ का हरेक दिन मङ्गलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् । शुभकामना !

श्री स्वस्थानी व्रतारम्भ

यसपटकको नयाँ बर्ष सन् २०१८ को प्रथम दिननै पूर्णिमाको दिनमा पर्ने गएकाले पनि यस वर्ष शुभ अनि पूर्णिमाको झै उज्यालो रहने अपेक्षा गर्न सकिन्छ । संयोग पनि कस्तो भने आजकै दिनबाट माघमहात्मे अन्तर्गत 'श्री स्वस्थानी व्रतकथा' को व्रतारम्भ पनि भएको छ ।

शुद्ध चित्त अनि सफा सकंल्प लिएर भक्ति अनि श्रद्धाकासाथ अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रीशुल तरवार अनि कमलको फूल रहेका छन् । वैदिक सनातन संस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताक्रमसित जोडिनु जरुरी छ, सिन्धू नदिको तटमा भएको सभ्यता अनि शब्दकोषमा 'स' भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले 'स' को साटो 'ह' शब्द प्रयोग गरेर सिन्धुकोसाटो हिन्दु भएको प्रमाण अनि दस्तावेजहरु छन् । आउनुहोस् यसै हिन्दु संस्कारको स्वस्थानी व्रतकथाको थप कुरा उल्लेख गरौं । अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।


यी अष्ट मातृकाको नेपाली जनजिवनमा अत्यन्त धेरै महत्व रहेको छ, जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठवटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रुपमा लिईन्छ, आठ अङ्क शुभ अङ्ककारुपमा लिईने त हामीसबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरु एक पात्रले अर्का पात्रलाई सुत्रधारका रुपमा सुनाएका छन्, उदहारणकालागि श्रीमद्भागवत गीता कृष्ण र अर्जुनबिचको संवाद छ भने स्वस्थानी व्रतकथा शिवजीका जेष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनीबिचको संवाद हो ।

अाराध्य देव भगवान शिवजीको महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रृंखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा हरेक दिन एक वा एक भन्दा बढि कथाका अध्यायहरू क्रमशः सुनाउने चलन छ ।

प्रसादकारुपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, पोलेको आलु, सुन्तलाका केस्राहरु आदि रहन्छन्, वालवालिकाको विशेष रुची भने प्रसाद केन्द्रित हुन्छ, हामीमध्य धेरैले सानो छँदा यो कथा सुनाँउदा र पढ्दाका अनुभवहरु लिएका छौं, कि कसो ? यदी स्वास्थानी कथाको अनुभव छैन भने यो महिना यहाँकोलागि फलदायी हुनसक्छ ।

पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथालार्इ श्रवण गरी महिनाभरि व्रत लिन सकिन्छ, यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्न सकिन्छ । आजबाट धेरै परिवारहरुमा माछामासुमा परहेज गरिन्छ, श्री स्वस्थानी माताको यो विशेष महिनामा सबैको कल्याण होस् । 'उपनयतु मंगलम' मन्त्रबाट प्रारम्भ हुने यो कथाको स्तुती मन्त्र समापनमा 'यं व्रह्मा वरूणेरूद्रमरूत' मन्त्रका साथै समापन हुन्छ ।

आजबाट काठमाडौ, साखुँस्थित शालीनदिमा ब्यापक घूँईचो लाग्नेगर्दछ । मध्य जाडो अनि पर्वतिय तटको चिसो खोलाको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारेर फर्किनेहरुको साहस अनि स्वस्थपना देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।

सतिदेवी दक्ष प्रजापतीकी छोरी हुन् तर दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीकी पति अाराध्यदेव भगवान शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गर्दछिन् । जल्दै गरेको उनको शरीरलाई हातमा राखेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका छन्, यसरी परिक्रमागर्दा सतिदेवीका शरीरका अङ्गहरु क्रमैसँग धर्तीका विभिन्न स्थानमा झरेको स्कन्द पुराणले बताएको छ ।

सतिदेवीको शरीरको अन्तिम अंश झरेर गूहेश्वरी शक्तिपीठ भएको, त्यस्तै उन्को कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको, जम्मु कश्मिरको त्रिसन्देश्वर पीठमा शतिदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्ग्लादेशमा धेरै शक्तिपीठहरु अझै रहेका छन् ।

पछी हिमालयपुत्री पार्वतीले शिवजी वर पाँउ भनेर श्री स्वस्थानी माताको व्रत बसेकाले शिवजीसँग विवाह भएका कुराहरु पनि उल्लेखित छन् । गोमा व्राह्मणीको वृद्ध व्राहमणसंगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रतकथालाई सामाजिक मुद्दामा जोडदै नारी समानताका तारहरु सहितको ब्याख्या गर्दछन्, तर एउटा मात्र कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लाउनु उचित नहोला ।

गोमा व्राह्मणीको कथाले प्राचिन समयमा पनि वालविवाहका नराम्रा असरहरु प्रस्तुत गर्दे वालविवाहबारे जनचेतना फैलाएको छ । यौन अनि प्रजजन स्वास्थ्यका बारेमा पनि खुलेर उदाहरणसहित ब्याख्या गरेको यो व्रतकथाले गणेशको शिरभेदन, संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरुमार्फत धेरै ठाँउमा नारी पुरुषबिचको लैङ्गीक समातनाको वकालत पनि गरेको छ ।

स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर किशोरीको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । हिउँदमा पूजा गरिएका खोलाका किनारहरुले वर्षामा सबैको रक्षा गरुन्, लैगिंक समानताका लहरहरु समाजमा साकाररुपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असिम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् !

---
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.54
  • 112.14
  • European euro
  • 126.15
  • 126.83
  • UK pound sterling
  • 141.61
  • 142.37
  • Swiss franc
  • 111.83
  • 112.43
  • Australian dollar
  • 80.46
  • 80.9
  • Canadian dollar
  • 85.07
  • 85.53
  • Singapore dollar
  • 80.74
  • 81.18
  • Japanese yen (10)
  • 10.05
  • 10.1
  • Chinese renminbi (Yuan)
  • 16.13
  • 16.22
  • Saudi Arabian riyal
  • 29.74
  • 29.9
  • Qatari riyal
  • 30.63
  • 30.8
  • Thai baht
  • 3.34
  • 3.36
  • UAE Dirham
  • 30.37
  • 30.53
  • Malaysian ringgit
  • 27.18
  • 27.33
  • Korean Won (100)
  • 9.82
  • 9.87
  • Swedish Krone
  • 12.13
  • 12.19
  • Danish Krone
  • 16.92
  • 17.01

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम