Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

श्रीपञ्चमी





सरस्वती बन्दनाका प्रारम्भिक केही स्तोत्रवाट शुरुवात गर्छौ
सरस्वती बन्दना
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विधादानं करोतु मे ॥

सम्पूर्ण सरस्वती स्तोत्रलाई सरल नेपालीमा प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौ ।

जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीण र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जस्को ब्रह्मा, विष्णु और शिव आदि सबैले उपासना गर्नुहुन्छ वहीँ माता सरस्वती हाम्रा अज्ञानताहरु दुरगर्दै हामीलाई निर्मल विधा दिनुहोस् ।

सरस्वती पूजा या भनौ वसन्त पञ्चमी , आजवाट क्रमशः वसन्त क्रृतुको शुरुवात हुने उक्ति छ । यो हिँउदको मुटु छेड्ने जाडो र पानीको ठिहिवाट क्रमश अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम वसन्तको सेरोफेरोमा स्वागत छ ।
सनातन सस्कारमा अत्यन्त ब्यबहारीक आयामहरु अनि सस्कारहरु छन्, यी सस्कारहरु नेपालीपनाका अभिन्न अगंहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो है ।
ब्रह्मा भिभर्त पराणमा प्रष्ट सँग उल्लेख गरिएको छ कि विधा, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले संझना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएको भनेर । विहानै उठेर प्रातः स्नान पश्चात चोखो नितो कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।
विधालयहरुमा त आज विशेष रमझम रहन्छ, तराई तिर आजको दिन रंगीन गुलिया मिठाईका दानाहरु बुनिँयालाई प्रसादीका रुपमा वाँडिन्छ, कतिपय विधालयमा विधार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना गरिन्छ । विभिन्न रंगका रगिंन तोरणहरु झन्ड्याएर, अशोक रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्धारहरुले आज धेरै विधालयहरु सजिसजाउ रहन्छ ।
विधालयमा विधार्थीहरुकालागी अर्को रौनकता भने आजको दिनमा विधालयको दैनिक पोशाक विनानै विधालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रंगीन विधार्थीहरुको लर्कोहरु आज धेरै विधालय परिसरमा देखिन्छ ।


काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपाल भरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जस्लाई वोद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन्, त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गरिन्छ ।

नेपालको परिवेशमा कुरागर्ने हो भने हामी नेपाली साच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विधालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दु धर्म या सस्कार सँग भन्दा पनि मानवहरुको विधाप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौ, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिष्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको मुल्य सहि पाउन्, जाँगर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अधेँरि सँधै दुर होस् ।


आजको वसन्त पञ्चमीलाई मुसलमान समुदायले सुफि वसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए । सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि वसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधै सुफि वसन्तका रुपमा मनाउन थालिएको हो ।
तपाई हामी जुनै धर्म या सस्कृती या विश्वाब भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जक को कदर हामीसबैले गर्न जरुरी छ ।
लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।

सुयोग ढकाल




Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.77
  • 109.37
  • European euro
  • 115.93
  • 116.57
  • UK pound sterling
  • 134.13
  • 134.87
  • Swiss franc
  • 108.07
  • 108.67
  • Australian dollar
  • 81.98
  • 82.43
  • Canadian dollar
  • 81.59
  • 82.04
  • Singapore dollar
  • 76.25
  • 76.67
  • Japanese yen (10)
  • 9.47
  • 9.52
  • Chinese renminbi (Yuan)
  • 15.82
  • 15.9
  • Saudi Arabian riyal
  • 29
  • 29.16
  • Qatari riyal
  • 29.87
  • 30.04
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 29.61
  • 29.78
  • Malaysian ringgit
  • 24.46
  • 24.59
  • Korean Won (100)
  • 9.25
  • 9.3
  • Swedish Krone
  • 12.2
  • 12.27
  • Danish Krone
  • 15.59
  • 15.68