Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व सिमसार दिवस





आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ । 


समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ । अझै स्पष्ट पार्न चाह्यौ, वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सधै कायम रहन्छ ।
हाम्रै वरपर अनि परिवेशभित्र रहेका कति सिमसार क्षेत्रहरुमा अहिले घर या कारखाना खोलिए होलान् ? प्लटिगं गरेर जग्गा तैयार गरिदै होलान् या अन्य प्रयोजनमा अतिक्रमण भए होलान् ? वास्तवमा भन्ने हो भने मानविय विकासक्रमको अनि पूर्वाधारहरुको अविवेकी विकासक्रमले नेपालमा सिमसारक्षेत्र नाश हुने दुश्चक्रवाट ग्रसित छ है ।
यस्ता सिमसार क्षेत्रहरुमा दुर्लभ चराहरुको पनि वासस्थान रहने गरेको छ । यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर यस्तै सिमसारक्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाईदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ, ल है मृगौलाकै राम्रो संरक्षणगर्न नसकेमा पृथ्वी अनि यसमा वस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ, विचार गरौ । यसका अलावा सिमसारले वाढी, पहिरो, अतिवृष्टी अनि अनावृष्टिलाई पनि रोकथाम गर्दछ । करिब ३ अरब संसारका वासीहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदलेमाटोहरुले उत्पादन गर्दछन्, सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरिको निमन्त्रणा गर्नुजस्तै भयावह छ ।
कैलालीके घोडाघोडी ताल लगायत कोशीटप्पु बन्यजन्तु आरक्ष , जगदिशपुर ताल, गोसाईकुण्ड, विसहजारी ताल , माईपोखरी अनि पोखरा नगरीका नौ वटै तालहरु सिमसार क्षेत्रका जाज्वल्यमान दृष्टान्तहरु हुन् ।
यी महत्वपूर्ण सिमसारको विश्वस्तरमै सरक्षणगर्नका लागी सन् १९७१ मा रामसार महासन्धी स्थापना गरिएकोमा अहिले यो महासन्धीमा ६०० वढी देशहरु सामेल भएका छन् । नेपाल भने औपचारीक रुपमा सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो ।
पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छ, यस्ता अधिकांश सिमसार क्षेत्रहरु एसियामा पर्दछन । नेपालले पनि सिमसारक्षेत्रका यिनै महत्वलाई आत्मसाथ गर्दै विसं २०५९ सालमा ल्याएके सिमसार संरक्षण नितीलाई २०६९ सालमा परिमार्जन र स्वीकृती दिएको छ तथापि सिमसार क्षेत्रहरु जोखिममै छन् ।
पोखराका तालहरुलाईनै उदहारणमा लिउँ, वर्षदिन पिच्छे ताल खुम्चिदै अनि वस्ती वढ्दै गईरहेको छ, मान्छेले सहज आवासको खोजी गरेकाले पनि नेपालमा भु अतिक्रमण वढ्दै गईरहेको छ र सिमसार क्षेत्र जोखिममै छ । समुदायका अगुवा अनि सरकार स्वंले पनि आफू अनुकुल अनि ब्यवसाहिक नितीहरु ल्याएर क्षणिक पैसा कमाउनकालागी दिर्घकालिन घाटा हुने कार्य गरिरहेको पाईन्छ, आँउदा पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हाम्रो कर्तब्य हैन र ?
कानुनको दायरा फराकिलो पार्दै अपराधीहरुलाई कानुनको कठघेरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ नत्र मानव समुदायको अस्तित्व संकटमा छ । तपाईहामी आफै सिमसार क्षेत्रको सरंक्षणकालागी अगाडि वढ्न जरुरी छ ।
फेब्रुअरि २ को सिमसार दिवसको उपलक्ष्यमा सबैमा चेतना आओस् ।
जयहोस्

सुयोग ढकाल




Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.77
  • 109.37
  • European euro
  • 115.93
  • 116.57
  • UK pound sterling
  • 134.13
  • 134.87
  • Swiss franc
  • 108.07
  • 108.67
  • Australian dollar
  • 81.98
  • 82.43
  • Canadian dollar
  • 81.59
  • 82.04
  • Singapore dollar
  • 76.25
  • 76.67
  • Japanese yen (10)
  • 9.47
  • 9.52
  • Chinese renminbi (Yuan)
  • 15.82
  • 15.9
  • Saudi Arabian riyal
  • 29
  • 29.16
  • Qatari riyal
  • 29.87
  • 30.04
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 29.61
  • 29.78
  • Malaysian ringgit
  • 24.46
  • 24.59
  • Korean Won (100)
  • 9.25
  • 9.3
  • Swedish Krone
  • 12.2
  • 12.27
  • Danish Krone
  • 15.59
  • 15.68