ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

सिंह संक्रान्ति | तुलसीदास जयन्ति




पारिला घामका रापहरु अनि घरि-घरि अाकाश कालो-मैलो देखिनुकासाथै धुम्मिल्य आकाशकामुनी हरियालीयूक्त वातावरण अनि सफा चिप्लो बाटोयूक्त वातावरणको अनुभूति अबका केहि महिनाका सुखद सङ्केत हुन् ।


सिंह संक्रान्ति | तुलसीदास जयन्ति विशेष अडियो सामाग्री

बैशाख, जेष्ठ, आषाढ, श्रावण अनि अब भाद्र महिनाको प्रथम दिन अर्थात् अाज संक्रान्ति । यस अर्थमा एक बर्षमा १२ वटा संक्रान्ति हुन्छ र आजको भाद्र संक्रान्तिलाई सिंह संक्रान्ति पनि भनिन्छ । आजका दिन सूर्य कर्कट राशिबाट सिंह राशिमा प्रवेश गर्ने भएकाले सिहं संक्रान्ति भनिएको हो ।

अब एकतमासको घाम अनि बर्षा पछिको शितलता अनि थप आद्रता सहितको गर्मी शुरु हुने तरखरमा छ, अब घामको ताप र औसत शितलताले दशैंको आगमनको संकेत दिनेछन र विशेष निलो अनि सफा आकाश खुल्ने भएकोले गर्दा बर्षायामबाट आजित आखाँहरुले नयाँ अनि बद्लिंदो मौसमको फरक दृश्य र फरक दैनिकी महशुस गर्न पाउनेछन । हरेक विहानका वातावरणले एकखाले चाडवाडको बेग्लै सुगन्ध छर्नेगर्छ । पारिला घामका रापहरु अनि घरि-घरि अाकाश कालो-मैलो देखिनुकासाथै धुम्मिल्य आकाशकामुनी हरियालीयूक्त वातावरण अनि सफा चिप्लो बाटोयूक्त वातावरणको अनुभूति अबका केहि महिनाका सुखद सङ्केत हुन् ।
भदौमा आँखा फुटेका गोरुले पनि हरियो नै देख्छु भन्ने उखानले भन्न खोजे झै यो महिनाले अोगटेको पर्याप्त पानी तथा हरियाली विशेषता हो । यस दिन भगवान बिष्णु र सूर्यनारायणको विशेष पूजा अर्चना गर्ने गरिन्छ र यस्ता पूजा अर्चनामा रङ्गिविरङ्गि पुष्प, फलफूल अनि नैवेद्यका रूपमा विभिन्न मिठाई आदि चढाइन्छ ।

लगातारको वर्षाले देशको अधिकांश गाउँ-शहरलार्इ पीडादायी क्षति दिएर गयो, अहिले पनि धेरै घरहरूका दैलोमाथि जीवन जोखिममा छ, जताततै पानीको विध्वंशले बैशाख १२, २०७२ को महाविनाशकारी भूँइचालो पछिको अति जटिल समय बनाइदिएको छ । लाखाैं नेपाली मनहरूलार्इ जाँदाजाँदै यो वर्षालार्इ विदा गर्दैगर्दा अर्को बर्षको बर्खामा यसबर्ष भएका खाल्टाखुल्टी नहुन्, धुलोले आँखा नपोलोस् अनि कहिँकतै ढल या खाल्डामा कोही परेर अप्रिय खबर सुन्न नपरोस, घामपानीले साथ दिओस् ।

सुर्य चन्द्रले हामीलाई सदैव सहिमार्गमा निर्दिष्ट गरुन् अनि मेहनत र भाग्यको अनुपम मिश्रण हाम्रो जीवनमा सधैं कायम होस्, शुभदिन ।
-----
तुलसीदास जयन्ति

समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पूर्नब्याख्याकार, धार्मीक आख्यानकार र कविकारुपमा प्रसिद्ध तुलसीदास प्रभू (सन् १५३२ देखि १६२३) को अाज जन्मजयन्ति, उनि गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभू विशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उनका खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) कालागी यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिकालागि उत्कृष्ट तुलसीदास प्रभूले यो जगत छाडेर गएको लगभग ४५० वर्ष भइसके पनि विभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिद्यापीठहरुमा तुलसीदास प्रभूको अवधी भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।

कवि तुलसीदासलाई वाल्मिकीको पूर्नजन्मका रुपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमानचालीसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनूयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन् ।
आफ्नो जीवनको अधिकांश काल तुलसीदासले वनारसको वाराणसीमा बिताएका हुन् । वनारसमा अहिलेपनि तुलसीदासको नाममा एउटा घाटको नामाकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महीना आमाको गर्भमा रहेका र जन्मिदानै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।

जन्मनासाथ अरु बच्चाहरु झैं नरोइकन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसैकारणले उनको नाम 'रम्बोला' रहन गएको भनि तुलसीदास प्रभू आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनीयाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनीयाको पनि मृत्यू भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा माँगी जीवनयापन गरेका थिए ।

यसैक्रममा रामायणका घटनाक्रम, पात्रहरु, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभूको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यबहारीक अध्यनन र सर्भेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरुसंग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रुपमा जीवन निर्वाह गर्दैगए ।

तुलसी दासबारे एउटा प्रचलीत अवधि भाषाको श्लोक नेपाली भाषामाः

चित्रकुटको घाटमा भयो, सन्तहरुको भीड
तुलसीदास प्रभू चन्दन घस्ने, टिका लाउने रघुवीर

यस्ता धार्मिक साधकहरु चाहे कालिदास हुन या तुलसीदास, वहाँहरुको समाज रुपान्तरणका कथाहरु अहिलेपनि मैथील र अवध गाउँहरुमा बडो रस अनि सम्मानका साथ सुनाइने गरिन्छ । तुलसीदास शुरुवातकालीन दिनमा आफ्नो श्रीमति रत्नावलीप्रति अत्यन्तै आशक्त थिए । श्रीमति माइत गएको बेला एकदिन पनि छुट्टिएर बस्न नसक्ने तुलसीदास एकदिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रीमतिको कोठा पुगेका थिए, झुक्किएर डोरी भन्ठानेर सर्प समाति चढेका तुलसीदास सर्पदशंबाट धन्न बाँचेका थिए । श्रीमतिले तपाईं मप्रति कतिधेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठूलो साधू हुनुहुने थियो भनेर भनेपछि धर्म र साधनाप्रति लागेका तुलसीदासका वाणिहरू अहलेको अाधूनिक यूगमा पनि उत्तिकै जनप्रिय तथा सान्दर्भिक छ ।

तुलसीदास सामान्य जीवन बाँच्ने तर असामान्य सृजना र कृतीका रचयताका रुपमा अाज पनि धेरैका प्रेरणाका स्रोत हुन् ।
तुलसीदास ब्रम्हलीनभएको १०० वर्षपछि पनि उनका अनूयायी प्रियदासले तुलसीदासको मृत्यू र उनका जीवनका सातवटा अद्भुत आत्मीक अनुभवका बारेमा भक्तिरसवोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मिकीको अवतारकै रुपमा आफ्नो कृती भक्तकमलमा ब्याख्या गरेका छन् ।

धर्म र भगवानप्रतिको भक्ति र सर्मपणको मार्गमा लम्किएका तुलसीदासको आज जन्म जयन्ती हो । उनका विचारलार्इ हिन्दूधर्मको परिधि बाहिर पनि सहजै ब्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि सामाजिक मर्म, मानवता अनि सारा जीवजन्तु, प्रकृतिका प्रवक्ता हुन् ।

तुलसीदास प्रभूको भनार्इः
"म उनलाई राम भन्छु, तिमी उनलाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ । केवल उनमा तिमी विश्वाश राख, भौतिक आशक्तिलाई उनको सामू त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासीत बिचारक भइसकेका हुनेछौ ।"


हिन्दू, बौद्धमार्गी, इस्लाम, जैन या अन्य धर्म मान्नुहुन्छ या धर्म नै नमान्ने नास्तिक हुनुहुन्छ भनेपनि सत्य र मौलिकताको पथमा अगाडी बढ्न हामीलाई आजको दिनले प्रेरित गरोस्, सेवा नै धर्म हो, सेवा गर्न पछाडी नहटौं ।

शुभकामना !

----
हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार गर्नुभएको ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.02
  • 117.62
  • European euro
  • 135.5
  • 136.19
  • UK pound sterling
  • 154.58
  • 155.37
  • Swiss franc
  • 118.08
  • 118.69
  • Australian dollar
  • 83.44
  • 83.86
  • Canadian dollar
  • 89.95
  • 90.41
  • Singapore dollar
  • 84.98
  • 85.41
  • Japanese yen (10)
  • 10.42
  • 10.47
  • Chinese renminbi (Yuan)
  • 16.92
  • 17.01
  • Saudi Arabian riyal
  • 31.2
  • 31.36
  • Qatari riyal
  • 32.14
  • 32.3
  • Thai baht
  • 3.58
  • 3.59
  • UAE Dirham
  • 31.86
  • 32.02
  • Malaysian ringgit
  • 28.17
  • 28.31
  • Korean Won (100)
  • 10.34
  • 10.4
  • Swedish Krone
  • 13.07
  • 13.14
  • Danish Krone
  • 18.16
  • 18.26

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम