Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

सामाजिक न्याय दिवस



आज विश्व सामाजिक न्याय दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरुले बर्षेनी यो दिवस मनाउँदै आएका छन् ।

मानिस मानिसबीच हुनुपर्ने समतानै सामाजिक न्याय हो । सामाजिक न्यायको सवैभन्दा पहिलो आधार भनेकै बाँच्न पाउने अधिकार हो । समाज निर्माणमा मानिसले ठुलो भूमिका निर्वाह गर्दछन् । मानिसले नै सामाजिक आवश्यकताहरु पुरा गर्दछन् । समाज विकासका क्रममा मानिसको अस्तित्वलाई कसरी सम्मान गर्दै अगाडि बढ्ने भनेर अलिखित, लिखित अथवा नैतिक मान्यताहरु तयार पारियो । मानिसका आवश्यकताका सिमाहरु फैलिएर जाँदा मानिसले मानिसलाई बन्धनमा राख्न नसकिने अवस्था पनि श्रृजना हुँदै गयो । यसले गर्दा मानिसलाई लिखित बन्धनमा बाँध्नु पर्ने तथा दण्ड सजायको व्यवस्था गर्नुपर्ने भयो । यहि मोडमा आइपुग्दा मानिसलाई दण्डित गर्न मानिसनै उभिनु पर्ने अवस्था आयो । त्यहि प्रक्रिया अगाडि बढ्दा समानता अथवा न्याय र बराबरीको मान्यताको विकास हुन गयो र सवैलाई बराबर न्याय र दण्डको अवधारणा बन्यो, सामाजिक न्यायको जग बस्यो । सामाजिक न्यायले सवै बराबरीका हकदार हुन्, जन्मजात कोहि विभेदित हुँदैन, ठूलो सानो हुँदैन भन्ने मान्यतालाई अंगिकार गर्यो । यसबाट सामाजिक न्यायको जग अझ बलियो बन्यो । जात, वर्ग, वर्ण, लिङ्ग तथा भाषा जस्ता कारणले भेदभाव विनाको समाज सामाजिक न्यायप्राप्त समाज हो- जहाँ स्वतन्त्रता, सहभागिता, शक्तिको वितरण, सामाजिक तथा साँस्कृतिक आयाम, सम्पत्ति, अवसर र आयलाई न्यायिक रुपमा वितरण गरिएको हुन्छ । सवैले न्याय पाउनुलाई पनि सामाजिक न्याय भनिन्छ । यसरी न्यायमा सवैको पहुँच पुर्याउन चैं राज्यले जिम्मेवारी पाएको हुन्छ । त्यो अवसर राज्यले उपलब्ध गराउँदछ ।

नेपालले सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाएको छ । प्रजातन्त्रको स्थापनापछि बनेका संविधानहरुले न्यायको समान पहुँचलाई स्विकार्दै आएका छन् । नेपालको संविधान २०७२ ले सामाजिक न्यायलाई मौलिक हकका रुपमा आत्मासात गरेको छ । सामाजिक न्यायले समाजमा पछाडि परेको वा पारिएको व्यक्ति तथा समुहलाई मुलप्रवाहमा ल्याउने काम गर्दछ । जन्मसिद्ध हक अधिकार प्राप्त गर्ने र उपयोगको सुनिश्चित गर्ने अवधारणाको यसले अनुभूत गराउँदछ । नेपालको कानूनी व्यवस्था 'कमन ल' को सिद्धान्तमा आधारित छ । यो सामाजिक न्यायकै एक अभिन्न पक्ष हो । नेपालमा न्याय तथा कानुनी शासनको व्यवस्था किराँत कालबाटै सुरू भएको मानिन्छ । सामाजिक न्यायलाई विकासको आधार पनि भनिन्छ । यसले नागरिकहरुको शिक्षा, स्वास्थ्य र चेतना विकासलाई त्यतिकै मात्रामा समेट्दछ । यसबाट पिछडिएको वर्ग, क्षेत्र र समुदायले लाभ प्राप्त गर्दछन् । फलस्वरुप भेदभाव र असमानता न्यूनिकरण हुँदै जान्छ र विश्वभर चर्को रुपमा सामाजिक न्यायको सवाल उठेको बेला न्यायिक वातावरणको निर्माण हुन्छ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.77
  • 109.37
  • European euro
  • 115.93
  • 116.57
  • UK pound sterling
  • 134.13
  • 134.87
  • Swiss franc
  • 108.07
  • 108.67
  • Australian dollar
  • 81.98
  • 82.43
  • Canadian dollar
  • 81.59
  • 82.04
  • Singapore dollar
  • 76.25
  • 76.67
  • Japanese yen (10)
  • 9.47
  • 9.52
  • Chinese renminbi (Yuan)
  • 15.82
  • 15.9
  • Saudi Arabian riyal
  • 29
  • 29.16
  • Qatari riyal
  • 29.87
  • 30.04
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 29.61
  • 29.78
  • Malaysian ringgit
  • 24.46
  • 24.59
  • Korean Won (100)
  • 9.25
  • 9.3
  • Swedish Krone
  • 12.2
  • 12.27
  • Danish Krone
  • 15.59
  • 15.68