सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिंदैन ।
बिसं २०७४, भाद्र २१
बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै नल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका अाफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।
दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृ लाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा अाफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलार्इ थप स्पष्ट पार्छ ।
यतिबेला अधिकांश तराइको भूभाग बाढिको विनास र त्यसले दिएको कृषि चुनाैतिबाट बाहिर निस्किएर सामान्य जनजीवन जिउने प्रयास गर्दै हुनुहुन्छ, यस बाहेक धेरै ठाउँमा बारीको मकै पाकीसके होलान, धान रोपेर भ्याइयो होला, आँपका बोटहरु अब केवल पातमात्र झुन्डिएका छन्, थोरै हरीया अनि बाक्लो खैरो खैरो यो बाहेक भदौरै धान त पाक्ने नै बेला पो भइसक्यो नि है ?
हिजोअाज बिहान बिहानको माैसमले एकखाले चाडबाडको सुगन्ध सहितको संकेत दिन थालि सक्यो अर्थात नेपालमा दशैंको अनुभूति दिने यी बिहानहरूमा आकाशको नीलोपना अनि बादलको स्वच्छता बढ्दै गएको छ । आकाशतर्फ हेर्दा त यस्तो लाग्छ मानौं मोतीको माला चूँडिएर बादलका टुक्राका रुपमा यत्रतत्र छरिएका छन् । दशैंको जनाउ त हो नि यो सबै हैन र ?
१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन ।
यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ । विहानै देखि माैलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा अावश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।
वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभार्इले गर्नेगर्दछन् । सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलार्इ नारीविरोधी र लैङ्गीक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।
सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिंदैन ।
अब कुरो पितृलोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिनपुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्णि नदि भएको यस पितृ लोकमा बैतर्णि नदी तरेमा स्वर्ग लोक पुगिने जन-विश्वास छ । स्वर्गलोकका राजा ईन्द्र हुन् भनें पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।
पितृपक्षको कुरा गर्दा महाभारतको यूद्धसंग कथा जोडीएर आउँछ, महाभारतको यूद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा ईन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यसबिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातका रुपमा मानिन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस् !
नेपाल ! जहाँ हिमाल, तराई अनि पहाडजस्तो भूगोलमा हुने सबै प्राकृतिक विशेषता तथा विविधता छ । क्षेत्रफलमा चुटुक्क परेको यो स्वर्ग चन्द्र-सूर्य अङ्कित ध्वजाभएको हाम्रो देश नेपाल जहाँ धेरै जातजाती, भाषा, धर्म, संस्कृती भएका नेपालीहरु बस्नेगर्दछन एउटै प्यारो अाङ्गनमा नेपालीको छाति जस्तै फराकीलो छाता अोढेर ।
महाभारत पर्वतश्रृंखला वरिपरि बसोवासगर्ने तिब्बति वर्मन समूदायको एउटा जुझारु जाती, चेपाङ जातीको आज विशेष पर्व चोनाम पर्व हो । प्रकृतीसंग अत्यन्तै नजिक, कृषिप्रधान अनि धेरै नै आत्मिय स्वभावका चेपाङहरु शुरुशुरुमा बसाइ सरिरहने अनि घुमन्ते तवरले जीवन यापन गर्ने खुला अनि रसिक जिवनशैलीकालागि अत्यन्तै प्रख्यात छन् ।
एतिहासीक रुपमा जङ्गल तथा जङ्गलको अासपासबाट दाउराको संकलन गर्दै नजिकै रहेका खोलाहरुको माछा मार्दे, चमेरा लगायतका जङ्गली पन्छिहरु र जनावरको शिकार खेल्दै आफ्नो सरल र प्राकृतिक जीवनयापन गर्ने चेपाङ जातीका दाजूभाई दिदीबहिनीहरु विस्तारै अब एकैठाउँमा थलो बनाएर अाजभोली ब्यवस्थित बसोवास गर्दैहुनुन्छ । तिब्र गतिमा भइरहेको जङ्गल फडानी, शहरीकरण अनि वन्यजन्तुको विनाशका कारण यो जातीको मूलभूत जीवन आधारमा समस्या ल्याएको हो छ ।
चेपाङ जातीहरुमा ऐतिहासिक रुपमै कुपोषण र गरिबीको समस्या देखिंदै अाएको छ । धेरैजसो तनहूँ, गोर्खा, चितवन र धादिङ्ग लगायत ४४ वटा जिल्लामा जङ्गलको पाखा र खोलाको तिरमा करिव ३००० मिटर आसपासमा बसोवास गर्ने यो समूदायलाई शहरीकरण, विकास अनि चेतनाको लहरले मज्जाले छुन सकेको छैन । उनिहरुको मुख्य धर्म 'बोन' अर्थात प्रकृती पूजा हो । हुन त उनिहरुको परम्परागत जीवनशैलीको पनि बेग्लै मज्जा छ तथापि विकासका आधारभूत पूर्वाधार, संरचना अनि आयामसंग उनिहरुलाई अभ्यस्त गराउन जरुरी छ ।
राजा महेन्द्रको पालामा उनले चेपाङ समूदायलाई आफ्नो प्रजा भनि सम्बोधन गरेकामा त्यस्पश्चात अधिकांश चेपाङहरूले आफ्नो नाम पछाडीको थरमा प्रजा लेखाउन थालेको इतिहास छ भने कसैकसैले सामान्यरुपमा चेपाङमात्र थर राखेको पनि पाइन्छ । विगतका समयमा उनिहरुको गरिबी र शिक्षाको कमीलाई आधार बनाएर धर्म परिवर्तन गराउने, मानव र अङ्ग तस्करिमा प्रयोग गर्ने कार्यहरूमा देखिएकोमा सम्बन्धित निकायले चालेका कदमहरु र उनिहरुलाई समस्ष्टिगत विकासको मूलधारमा ल्याउने कदमहरु यथेष्ट नभएको हामीमाझ प्रष्ट छ ।
आज चेपाङ्गहरुको विशेष पर्व चेपाङ चोनाम, नयाँ धैया वाली अर्थात धान वाली खानकालागि झाँक्री अर्थात पाम्बेलाई घरमा बोलाएर ढ्याङ्ग्रो ठोकेर यो पर्व मनाउने गर्दछन, फलफुल कर्कलो गाभा अगाडि राखेर पितृ अनि देवतालाई मन्त्र फलाक्दै झाँक्रिले बोलाउने गर्दछ । अाफूले उत्पादन गरेको वालीले सामान्यतया ३ महिना खान पुग्ने यस जातीले ९ महिना कष्टपूर्वक जिन्दगी बाँच्न च्नपर्दछ । रातभर ढ्याग्रो ठोकेर झाँक्रीले यसरी पितृलाई अनि देवतालाई मन्त्रबाट बोलाएर आयू हुनेलाई बाँच्न देउ भनि धानको टिका लगाइदिन्छ, यसपछि धान र फलपफूल खान योग्य मानिन्छ ।
आजको रात चेपाङ यूवा यूवतीले नाचगान गरि रमाइलो गरेर विताउँदछन । कूल जनसख्याको मात्र १ प्रतिशत चेपाङलाई मात्र गरेको कृषिले खान पुग्छ । चेपाङ्ग एउटा सिमान्तकृत समूदाय हो र यो समूदायको रक्षा र संस्कृतीको जगेर्ना साँच्चैनै आवश्यक छ, आजको छोनाम पर्व उनिहरुको वडहपर्व अर्थात हिन्दुका लागी दशैं भनेजस्तै पर्व हो तथापि चेपाङ समुदायको यो पर्वमा सरकारले विदा नदिएकोमा भने उनिहरुको गुनासो रहेको छ, आजको दिनमा विदा दिएमा सम्पूर्ण नेपालले चेपाङ समूदायलाई नजिकबाट चिन्ने मौका पाउनसक्नेछन् भन्ने उनिहरुको गुनासो छ ।
जे होस यो भदौको धैया भित्राएकोमा चेपाङ समूदायलाई हार्दिक बधाई अनि भविष्यमा देवता दाहिने हुन, प्रकृतीले र मौसमले कृषिकार्यमा साथ देओस अनि समुन्नत चेपाङ समूदायको निर्माणमा सबैको सहयोग, समन्वय कायम हुन सकोस । सबैको जय होस्र, चेपाङ चोनामको सबैलाई शुभकामना !
----
प्रस्तुत सामाग्री हाम्रोपात्रोकालागि, नेपाल चेपाङ संघ शिक्षा विभाग प्रमुख, वेनिघाट १ धादिङका तिलक चेपाङसंगको कुराकानीका आधारमा सुयोग ढकालले तयार पार्नुभएको हो । तिलक चेपाङ ज्यू आफ्नो समूदायबाट प्रथम पटक स्नातकोत्तर गर्ने ब्यक्तित्व पनि हुनुहुन्छ ।
Liked by: