सन् १९६१ को अप्रिल १२ को दिन मानवयुक्त पहिलो अन्तरिक्ष यात्राको शुरुवात भएको थियो । उक्त दिन तत्कालिन सोभियत अथवा अहिलेको रुसकी नागरिक युरी गागरिन पहिलो अन्तरिक्ष यात्रुका रुपमा अन्तरिक्ष पुगेकी थिइन् ।
संयुक्त राष्ट्रसंघले सन् २०११ को अप्रिल ११ मा गरेको निर्णय अनुसार हरेक वर्ष अप्रिल १२ तारिखका दिनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रा दिवसका रुपमा मनाउने गरिन्छ । राष्ट्रसंघको निर्णय नम्बर A/RES/65/271 अनुसार अन्तर्राष्ट्रिय स्तरमा मानवयुक्त अन्तरिक्ष यात्राको शुरुवात भएको र अन्तरिक्ष विज्ञान तथा प्रविधिको नयाँ फड्को स्वरुप यो दिवस मनाउन थालिएको हो । साथै अन्तरिक्षलाई मानवका लागि शान्तिपुर्ण कार्य गर्न उपर्युक्त स्थलका रुपमा विकास गर्नु यो दिवस मनाउनुको महत्वपुर्ण कारण मानिन्छ ।
सन् १९६१ को अप्रिल १२ को दिन मानवयुक्त पहिलो अन्तरिक्ष यात्राको शुरुवात भएको थियो । उक्त दिन तत्कालिन सोभियत अथवा अहिलेको रुसकी नागरिक युरी गागरिन पहिलो अन्तरिक्ष यात्रुका रुपमा अन्तरिक्ष पुगेकी थिइन् । उक्त अन्तरिक्ष यात्राले मानिसलाई पृथ्वी बाहिरको सभ्यतासंग परिचित बनाउँदै पृथ्वीभन्दा अन्त पनि मानिस बाँच्न सक्छन् भन्ने तथ्यलाई प्रमाणित गरेको थियो । त्यहि भएर यस दिनलाई ऐतिहाँसिक दिनका रुपमा लिइएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी सरकारले २९ जुलाई १९५८ मा राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (National Aeronautics and Space Administration) अर्थात नासा (NASA) को स्थापना गरी अन्तरिक्ष यात्राको व्यवस्थापन थालेको हो । नासाले अन्तरिक्ष कार्यक्रम संचालन गरी एपोलो नामक यानद्वारा चन्द्रमा मानव पुर्याएको थियो । नासाले सन् २०११ मा एक घोषणा गरी आगामी अन्तरिक्ष यात्राका लागि अझ नयाँ प्रणालीयुक्त अत्याधुनिक डिजाइनको यान तयार गर्ने छ । जसले अन्तरिक्षमा अझ धेरै दुरी तय गर्न सक्षम हुने दाबी गरिएको छ ।
अन्तरिक्ष यात्रालाई निकै चुनौतिपुर्ण र खर्चिलो मानिन्छ । अन्तरिक्ष यात्रा विशेषगरी वैज्ञानिक खोजका लागि केन्द्रीत हुँदै आएको छ । तर पनि यस प्रकारका खोजमुलक घटनाहरुको आलोचना पनि हुँदै नै आएको छ । छिमेकी मुलुक भारतले केही वर्षअघि चन्द्रमा यान पठाउँदा सवैभन्दा बढि आलोचना खेप्नुपर्यो । ३३ प्रतिशत जनताले चर्को गरिबी भोगिरहेको भारतमा अन्तरिक्ष खोजका लागि अरबौं रुपैयाँ खर्चिनु तिब्र आलोचनाको बिषय थियो । तर यस्ता खोजहरुले अन्तरिक्ष जगतमा नयाँ-नयाँ तथ्यहरु पत्ता लगाउने हुनाले यसलाई आलोचनाभन्दा पनि आविष्कारका लागि अघि बढ्ने कडिका रुपमा लिनुपर्ने अन्तरिक्ष यात्रीहरुको भनाई छ । ६ अर्ब माथि जनसंख्या रहेको विश्वमा हालसम्म ३८ देशका ५ सय ३१ जना मानिसले अन्तरिक्ष यात्राको अवसर पाएका छन् । त्यसमध्ये दक्षिण एसियाबाट भारत र अफगानिस्तानका नागरिकले यस्तो अवसर पाएका हुन् ।
विश्वमा हाल मानिस सहितको अन्तरिक्ष यानलाई पृथ्वीको कक्ष बाहिर पुर्यारउने क्षमता रुस, अमेरिका र चीनसंग मात्रै छ । पछिल्लो समय अन्तरिक्ष अभियानमा नेपालका दुई छिमेकी चीन र भारत प्रतिस्पर्धात्मक रुपमा देखिएका छन् । दुवै देशले यस क्षेत्रमा ठूलो रकम खर्चंदै आएकाछन् । भारतले चन्द्रमाको कक्षमा पुर्याएको अन्तरिक्ष यानले चन्द्रमामा पानी रहेको संकेत भेटेको थियो । उत्तर कोरियाले समेत आफ्नै यानबाट सफलतापुर्वक अन्तरिक्षमा भूउपग्रह राख्न सफल भएको छ । यसरी हालसम्म पृथ्वीको कक्ष बाहिर अन्तरिक्ष यान पुर्याउन विश्वका ११ वटा मुलुक सक्षम भएको तथ्यांक रहेको छ ।
अन्तरिक्षलाई रोचक बिषयमा रुपमा लिने गरिन्छ । असंख्य तारामण्डल तथा ग्रहहरु, ब्ल्याक होल र उल्का बर्षाजस्ता अन्तरिक्ष घटनाहरु मानिसका लागि रोचक बिषयका रुपमा रहेकाछन् । पुष्ट्याँई नभए पनि अन्तरिक्ष अनुसन्धान र खोजीमा संलग्न राष्ट्र तथा त्यहाँका अनुसन्धानकर्ताहरु पृथ्वीभन्दा अर्को पनि विकसित ग्रह छ र त्यहाँ मानिसभन्दा विकसित जीवहरु छन् भन्ने कुरामा अघोषित विश्वास राख्दछन् । अन्तरिक्ष यात्रामा सहभागी भइसकेका वैज्ञानिकहरुले त उडानका क्रममा कहिल्यै नदेखिएका सिलिन्डर जस्ता वस्तुहरु देखेको बताएकाछन् । वैज्ञानिकहरुले अन्तरिक्ष जीवहरुले पृथ्वीमा नियमित रुपमा चियाइरहेको जस्तो भान हुने गरेको रोमाञ्चक अनुभूति सुनाउँछन् ।
अग्ला हिमश्रृङ्खलाका कारण अन्तरिक्षबाट हेर्दा पृथ्वीको मानचित्रमा अन्य धेरै ठाउँ जस्तै सजिलै देखिने नेपाल पनि एकहो । मानव सिर्जित भौगोलिक सीमा नदेखिए पनि नेपाल कहाँ पर्छ भनेर खोज्ने हो भनेयहाँका हिमालहरु स्पष्ट देखिने अन्तरिक्ष यात्रीहरुले बताएकाछन् ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: