विश्व खेलकुद पत्रकार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व खेलकुद पत्रकार दिवस




विश्व खेलकुद पत्रकार दिवस विशेष अडियो सामाग्री

राती राती बिभिन्न लिगका फुटबल म्याच हेर्दै आफ्ना मनपरेका टिमले गोल हाने लगत्तै चिच्याउने र फेसबुकमा स्ट्याटस हाल्ने हामीमध्य धेरै छौ । क्रिकेट, टेबलटेनीस, गल्फ, रेस्लिगं लगायत थुप्रै खेलका खेलप्रेमी हामीहरु नै हौ, हैन र ?  यसरी खेलकुद समबन्धी समाचार सम्प्रेषण, प्रकाशन, प्रर्वधन अनि प्रसारण गर्ने खेलकुद पत्रकारहरुको अन्तराष्ट्रिय दिवस हरेक वर्षको जुलाई २ मा मनाईन्छ है । आज खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका लागि आज विश्व भरि चर्चा गरिन्छ । सन् १९९४ बाट यस दिवस मनाउन थालिएको हो । 

जोखिमपूर्ण रेसहरुमा ठूलाठूला क्यामरा लिएर उचाईमा बसेर ज्यानको पर्वाह नगरि छायाकंन गर्ने पत्रकारहरुका कारणले हामीले प्रत्यक्ष र स्पष्ट श्रब्यदृश्यहरु हेर्न घर बसीबसी पाँउदछौ । यसता कार, मोटरसाईकल, वाटरबोट, एफ वान लगायत थुप्रै रेसहरु छायांकनका क्रममा आकाशमा हेलिकप्टर, जमिनमा बकंर लगायत बनाएर क्यामराका लेन्सले ज्यान हत्केलामा राख्दै छायांकन गर्ने पत्रकारहरु सदैव छाँयामा रहन्छन् । कतिपय अवस्थामा समाचार सम्प्रेषणका क्रममा मृत्यूवरण गरेका पत्रकारहरुको नाम समेत हामीले चाल पाँउदैनौ, आज विश्वले तिनै बहादुर र कर्तब्यनिष्ठ पत्रकारहरुलाई संझना गर्दछ ।

खेलकुदको कुनै देश या भाषा हुँदैन तसर्थ अफ्रीकाका धावकहरु एसियामा र एसियाका पौडीवाजहरु अफ्रिकामा, यूरोप अनि अमेरिकासम्म प्रचलीत हुन्छन् । नेपालका ग्रामीण चियापसल सम्ममा मेस्सी, बेक्याम्प, रोनाल्डोसम्मका फोटाहरु सहृदय टाँसिएका हुन्छन् । खेलकुद मोहका लागि यि प्रमाणहरु नै काफी छैनन र ? ति तस्वीरहरु पनि यस्तै कुनै खेलपत्रकारले मेहनत गरेर खिचेका हुन्छन्, यदि यि खेलपत्रकार नहुने हुन भने खेलकुदको बजार र परिवेश नै संकुचित हुन पुग्दछ है ।

खेलपत्रकार हुन जोखिम र मेहनत मात्र नभई ज्ञान पनि उत्तिकै हुन जरुरी छ । खेलको पूर्ण ज्ञान, नियम अनि अभ्यासहरुको चिन्तन मनन र समालोचनात्मक सोच भएका पत्रकारहरु मात्र खेल पत्रकार हुन सक्दछन् । 

स्मरण गरौ पौडीवाजले पौडी खेलिरहेको दृश्य टिभीमा हामीले हेरिरहँदा एउटा खेल पत्रकार पानीमा भिजेर क्यामराका साथ पौडी खेल्दै पौडी प्रतियोगीहरुलाई पछयाईरहेको हुन्छ है । अझ खेलकुदको महाकुम्भ जस्तै विश्वकप फुटबल, क्रिकेट लगायतहरुमा खेलपत्रकारहरुको योगदान र मेहनत तारिफयोग्य हुन्छ । हामीहरु खेलकुद बासी हेर्न मनपराँउदैनौ तसर्थ प्रत्यक्ष प्रसारण गर्नकालागि साना भन्दा साना त्रुटिहरु नगरेर हामीमाझ जस्ताको त्यस्तै खेल अनि परिणाम ल्याउने विश्वभरिका सकल खेलकुद पत्रकारहरुलाई हाम्रो पात्रोको नमन । नेपालमा खेलकुद पत्रकारलाई औपचारीक व्यवसाय या आँउदा पुस्ताको सपनाका रुपमा खासै देखेको पाइन्न, अबका दिनमा खेलकुद पत्रकारिताको नक्षत्र नेपालमा पनि बढेर जाओस् ।
जय होस्

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.