Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व मौसम दिवस/ तराईमा होली





आज विश्व मौसम दिवस, विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाईंदै छ । मौसम दिवसका अवसरमा जलवायु परिवर्तन र न्यूनिकरण, यसको असर तथा रोमथाम जस्ता मौसस विज्ञानका समसामयिक विषयमा अन्तरक्रिया, गोष्ठी जस्ता चेतनामूलक कार्यक्रम गरिन्छन् । विश्व मौसम संगठन सम्बन्धि महसन्धी पारित भएपश्चात सन् १९५० देखि हरेक बर्ष मार्च २३ तारिखलाई विश्वभर मौसम दिवसका रुपमा मनाइदै आएको छ ।

यस पटक ६६औं मौसम दिवस मनाइदैछ । मौसम परिवर्तनको समस्याका कारण वातावरणमा नकारात्मक असर पर्न थालेको छ । त्यहि भएर वातावरण संरक्षण गर्दै मौसमको नियमितताका लागि सचेतना फैलाउने उदेश्यले यो दिवस मनाइदै आएको हो । दिवस मनाउनुको अर्को अभिप्राय यसका फाइदाहरुलाई अनुभूति गर्नका लागि हो । तर मौसम दिवस मनाउनुको कारणचैं मौसमको नियमिततामा देखिएको समस्या अथवा वेफाइदाको स्मरणका लागि हो, बिग्रेको कुरालाई स्मरण गरेर यो दिवस मनाउनु हो ।विश्वमा प्रत्येक बर्ष १२ लाख मानिसको वातावरणीय प्रतिकुलनका कारण पैदा हुने कुचक्रबाट मृत्यू भइरहेको दाबी छ । यस्तो असन्तुलनको कुचक्रको कारक कार्बन डाइअक्साइडको अत्याधिक उत्पादनलाई लिने गरिएको छ । यसले मौसम परिवर्तनका लागि सवैभन्दा ठुलो नकारात्मक भूमिका खेलेको हुन्छ । हिमाली क्षेत्रका ३० वटा हिमताल जलवायु परिवर्तनको कारणले फुट्ने खतरा रहेको छ । बढ्दो शहरीकरण, वातावरण प्रदुषण, वन बिनास, अव्यवस्थित औधोगिकरण र जनसंख्या बृद्धिलाई पनि वातावरणीय असन्तुलनको प्रमुख कारक मानिएको छ । जसका कारण मौसम प्रतिकुलन हुन गई अतिबृष्टि र अनाबृष्टि जस्ता समस्या देखिंदै आएको मौसमविद्हरुको भनाई छ ।

आजकल मौसमको प्रतिकुलताका कारण कहिलेकाँही बादलबिनै पानी पर्ने, कहिं सुख्खा लाग्ने र कहिं भने अप्रत्यासित रुपमा बाढी आउने दृश्य हेर्न पाइन्छ । पानी पर्ने मौसममा पानी पर्दैन भने पानी नपर्ने मौसममा अत्याधिक पर्दछ । सदियौंदेखिका पानीका मुहानहरु समेत सुक्दै जान थालेको देखिन्छ । यसले गर्दा किसानहरुले बालीनाली लगाउन र भण्डारण गर्न ठुलो समस्या भोग्दै आएकाछन् । फलस्वरुप अन्नबालीको उत्पादनमा कायम रहेको निरन्तरता टुट्छ अनि बजारमा महँगीको समस्यासंग सर्वसाधारणले पिरोलिनु पर्दछ ।पृथ्वीको तापक्रम बढ्ने क्रमलाई ग्लोवल वार्मिङ भन्ने गरिएको छ । मौसमको निरन्तरतालाई ग्लोवल वार्मिङको समस्याले अझ खतरनाक बनाएको छ । पृथ्वीको तापमानमा बृद्धि हुँदा हिउँका चुचुराहरु (ग्लेशियर) पग्लिएर हिमनदीहरुमा बाढी आउने खतरा बढेको छ । पहिलेका वर्षमा ३८ देखि ४० डिग्री सेल्सियसको तापमानलाई अत्यधिक गर्मी भनिन्थ्यो । तर अहिले यो तापमान ५० देखि ५५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । बैज्ञानिकहरुका अनुसार विश्व तापमान सरदर १.३ डिग्रीसम्म र नेपालमा ०.०५ डिग्रीका दरले बृद्धि भइरहेको छ । विश्वमा भइरहेको हरितगृह ग्याँसको कुल उत्सर्जनमा ०.०२५ प्रतिशतको हिस्सा नेपालको छ । मिथेन, नाइट्रस अक्साइड र कार्बन डाइअक्साइडको अत्याधिक उत्पादननै जलवायु परिवर्तनको सवैभन्दा ठुलो समस्या बनेको छ । यस्ता ग्याँसहरु भने विकासशिल देशहरुमा रहेका ठुलाठुला कारखानाहरु हुन् । यसले बायुमण्डलको ओजोन तह बिनाश गर्ने क्लोरोफोलोरो कार्बन नामक विषाक्त ग्याँसको मात्रा बढाएको बढायै छ ।


तराईमा होली

हिजो पहाडी क्षेत्रमा मनाइएको होली आज देशका तराई क्षेत्रमा हर्षोल्लासका साथ मनाइदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले तराईमा होलीलाई फागु पर्व भनेर मनाइन्छ । आपसमा रङ्ग र अबीर दल्दा तराईमा होलीको विशेष खालको रैनक देखिन्छ । होली पर्वको ऐतिहाँसिकता पनि तराईसंगै धेरै रहेको मानिन्छ । नेपालमा प्राचिन समयदेखि बसन्त उत्सव र मदन उत्सव मनाउने चलन रहेको छ । पहाडमा मौसम परिवर्तनको सुचकका रुपमा बसन्त उत्सव स्वरुप होली खेल्ने चलन छ । तराईमा महिला र पुरुष बीचको आत्मियता प्रदर्शन गर्न मदन उत्सवका रुपमा होली खेल्ने गरिन्छ । सरकारले हिजो पहाडका ५४ जिल्लामा र आज तराईका २१ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।

साँस्कृतिक रुपमा निकै महत्व रहेको होली पर्वको वैज्ञानिक महत्व पनि छ । होलीमा प्रयोग गरिने रङ्ग तथा अबीरले छालाका कतिपयहरु रोग निवारण गर्ने, खोकी निको पार्ने तथा होलिका दहनको धुवाँले शीतकालजन्य रोग नास हुने र खरानीले दुष्टात्माको कुदृष्टि नपर्ने जनविश्वास रहेको छ । यो पर्व हिरण्यकश्यपुकी बहिनी होलिकाको नाउँबाट नामाकरण गरिएको छ । अग्नीले समेत नजलाउने वरदान प्राप्त होलिकाले आफ्नै दाजु हिरण्यकश्यपुपुत्र तथा बिष्णुभक्त प्रह्लादलाई मार्ने उदेश्यले शक्तिको दुरुपयोगगर्दा आफैं अग्नी दहन भएर भष्म भएकी थिइन । होलिकाको अग्नी भष्म भएको खुसियालीमा होली पर्व मनाइदै आएको किंवदन्ती रहेको छ । त्यहि भएर होलीलाई असत्य माथी सत्यको बिजयका रुपमा मनाइन्छ ।

होलीको उपलक्ष्यमा मिथिलाभूमि जनकपुरधामका चोक तथा चौरस्तामा मटकाफोर कार्यक्रम आयोजना गरिन्छ । होली पर्वकै अवसरमा जनकपुरमा महामुर्ख सम्मेलन र कवि गोष्ठी जस्ता मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिन्छ । तराईमा ईष्टमित्र भेटघाटको अवसरका रुपमा पनि लिइन्छ अनि एकआपसमा मिलेर खानपान गर्दै शुभकामना आदान-प्रदान गर्ने चलन छ । तराईका ग्रामीण क्षेत्रमा होरैयाहरुले घर-घरमा गएर होली गीत गाउने चलन रहेको छ । होलीलाई तराईमा जातभात विरुद्धको अभियानमूलक चाडका रुपमा समेत लिइन्छ । यस पर्वलाई सवै जातजातिले एकअर्कालाई रङ्ग दलेर मनाउने हुँदा जातिजातिको बिचमा भेदभावबाट मुक्त हुने पर्वका रुपमा लिइन्छ ।

होलीमा मादक पदार्थ अत्याधिक सेवन गर्ने र झैझगडा हुने गरेका कारण यस्ता बिकृति बिसंगति रोक्न गृह मन्त्रालयले तराईका जिल्लामा विशेष सुरक्षा समेत बढाउने गर्दछ । होलीका अवसरमा रंग तथा अबीरमात्र नलगाई मानव स्वास्थ्यमा गम्भिर असर पार्ने लिड अर्थात सिसायुक्त रंगहरु र पेन्ट्सको प्रयोग हुने गरेको छ । रमाईलोका लागि यस्ता बस्तुको प्रयोग हुनु मानव स्वास्‍थ्यका लागि घातक हुने चिकित्सकहरुको भनाई छ । सिसायुक्त रंग र पेन्ट्सले छालाको एलर्जी, छाला डढाउने र फोका आउने एवं छालाजन्य अरु धेरै रोग लाग्ने गर्दछ । 

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको



Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 106.78
  • 107.38
  • European euro
  • 112.6
  • 113.24
  • UK pound sterling
  • 132.65
  • 133.39
  • Swiss franc
  • 105.9
  • 106.5
  • Australian dollar
  • 81.75
  • 82.2
  • Canadian dollar
  • 81.16
  • 81.62
  • Singapore dollar
  • 75.09
  • 75.51
  • Japanese yen (10)
  • 9.4
  • 9.45
  • Chinese renminbi (Yuan)
  • 15.51
  • 15.6
  • Saudi Arabian riyal
  • 28.47
  • 28.63
  • Qatari riyal
  • 29.33
  • 29.49
  • Thai baht
  • 3.05
  • 3.06
  • UAE Dirham
  • 29.07
  • 29.24
  • Malaysian ringgit
  • 23.96
  • 24.09
  • Korean Won (100)
  • 9.31
  • 9.37
  • Swedish Krone
  • 11.88
  • 11.95
  • Danish Krone
  • 15.15
  • 15.23