Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व क्षयरोग दिवस




विश्व क्षयरोग दिवस विशेष अडियो सामाग्री

मार्च २४, २०१७

टीबी विरुद्धको एकता, कोही पनि नछुटोस

Unite to End TB: Leave no one behind

यसै नाराको साथसाथै विश्वभरि विभिन्न स्वास्थ्य सँस्था, स्वास्थकर्मी, सरकार, सरोकरवाला, संक्रमीत, विश्व स्वास्थ्य संगठन लगायत सबैजना मिलेर आज विश्व क्षयरोग दिवस मनाँउदैछन् । हरेक वर्ष मार्चको २३ तारिखका दिन विश्व क्षयरोग दिवस मनाईन्छ, यो क्रमको शुरुवात विश्व स्वास्थ्य संगठनको अगुवाईमा सन् १९९५ वाट शुरु भएको हो । हामीमध्य धेरैले टीभी, पत्रिका अनि रेडियोमा क्षयरोग अर्थात टिबी रोगका लक्षणहरुका साथै उपचार अनि रोकथामका वारेमा विज्ञापन अनि सन्देशहरु सुनेका छौँ, एकफेर याद गरिदिँउ न ? क्षयरोगका लक्षणहरु , जस्तै कि तीन हप्ता या वढी समयसम्म निरन्तर खोकी लागिरहनु, खकारमा रगत देखिनु, श्वास फेर्दा या खोक्दा छाती दुख्नु, अकास्मात धेरै तौल घट्नु, धेरै थकाई लाग्नु, राती एक्कासी पसिना आउनु अनि कामज्वरो जस्तो आउनु टिबी रोगका लक्षणहरु हुन् । 


स्मरण रहोस, हामी एउटा भाग्यशाली पुस्ता हौ किनभने यस रोग अथवा संक्रमणले गएको शताब्दी अनि दशकहरुमा धेरै मानिसहरुको अकालमा ज्यान लिएको थियो , तर हाम्रो पालामा यस रोगको ओखती नजिकैको स्वास्थ्य सँस्थामा सित्तैमा पाईन्छ । सामान्यतया दुई प्रकारका मानिसहरुमा टिबीको संक्रमण हुन सक्दछ, 
पहिलो प्रकारमा टीबी ब्याकटेरिया वाट पहिलेनै संक्रमण भईसकेका ब्यक्तिहरुमा अनि दोश्रो प्रकारमा भने शरीरको रोग प्रतिरोधारोत्मक क्षमता कमजोर भएका ब्यक्तिहरुमा टीबीको संक्रमण फैलन सक्दछ । संक्रमीतहरुसँग असुरक्षित हेलमेल नगर्ने, हावाको राम्रो वहाव नभएको ठाँउमा धेरैसमय नबस्ने, भीडभाडमा हिड्दा मास्कको प्रयोग गर्ने गरेमा पनि यो संक्रमणवाट बच्न सकिन्छ । 

एचआईभी संक्रमण भएका ब्यक्तिहरुमा टीबीको संक्रमण दर अतिनै उच्च छ, तसर्थ एचआईभी संक्रमीत साथीहरु पनि यस तर्फ विशेष चनाखो हुन जरुरी छ । यसका साथै स्वास्थ्यकर्मीहरु पनि सबैभन्दा धेरै टीबी रोगीको निकट रहेर कार्य गर्नुपर्ने भएकाले विरामीसँग उपचारार्थ जाँदा आफू पनि सुरक्षित रहन जरुी छ । हुन त पहिले जस्तो अहिले टीबीको संक्रमण उत्ति धेरै त छैन तर पनि ब्यक्तिगत सुरक्षा अनि एउटा श्वासप्रश्वास समबन्धी रोग भएकाले स्वच्छ हावा अनि स्वस्थ्य संगत नै टीबीको रोकथाम हो । पछील्लो समयका नेपाली पुस्ताहरुमा टीबीको संक्रमण विरुद्ध बिसीजी भ्याक्सीन जन्मेको केही हप्तामा लगाउने चलन छ, यो भ्याक्सीनले पनि हामीमध्य धेरैलाई टीबीको प्रारम्भीक जोखिमवाट जोगाएको छ । तर पनि टीबी सर्न सक्ने संभाब्य तरिकाहरु अनि ब्यक्तिगत सरसफाईमा हाम्रो ध्यान रहन उत्तिनै जरुरी छ । 

सक्ने भन्दा धेरै भार उठाउने, अत्याधीक मेहेनतको काम बल गरेर गर्ने, धुम्रपान गर्ने, धुलो धुँवा मा रहने मान्छेहरु यस सक्रमणको उच्च जोखिममा रहन्छन् । विकासोन्मुख देश भएकाले काठमाडौ लगायत धेरै नेपाली शहरहरु वाटोघाटो, पानीका पाईप, भवन अनि अन्य विकासका पूर्वाधार निर्माणार्थ भत्काउने अनि वनाउने कार्य वढ्दो छ भने अर्को तर्फ अब्यबस्थीत शहरीकरण र औधेगीकरणले झन वातावरण अनि वायू प्रदुशीत वनाएको छ । यसले गर्दा धुलो अनि धुवाँहरुको प्रकोप उच्च छ, टीबी लगायत अन्य श्वाँसप्रश्वास समबन्धीत रोग अनि सक्रमणवाट बच्न हामीले मास्क लगाउने, सार्वजनिक स्थलमा खोक्दा या हाछिँउ गर्दा रुमाल आदिको प्रयोग गर्ने अनि केही कठिनाई या लक्षण देखिएमा स्वास्थ्य चौकीमा गएर उपचार गराउन जरुरी छ, है । 
 
१९ सौ शताब्दी अन्त्य ताका एउटा महामारीको रुपमा फैलिएको यो संक्रमणले लाखौ मान्छेहरुको ज्यान लिएको छ । आज ति सम्पूर्ण संक्रमीत अनि मृत आत्माहरुको चीर शान्तीको कामना पनि गरिन्छ । विकसीत देशमा भन्दा विकासोन्मुख राष्ट्रहरुमा टीबीको जोखिम धेरै छ, विदेश जाने साथीहरुले जानु पूर्व यस्ता संक्रमणहरु भए नभएको जाँचेर मेडिकल रिपोर्ट पेश गरेर मात्र जान पाउने चलन छ । रोग लाग्नु कसैको राजीखुशीले हुने नियती पक्कै हैन तर रोग लाग्न नदिनु हाम्रो हातमा छ, आउनुहोस यस संबmमण वाट आफू पनि वचौँ अाि संसारलाई वचाऔ ।
टीभी विरुद्धको एकता, कोही पनि नछुटोस
Unite to End TB: Leave no one behind


हाम्रो पात्रोकालागी सुयोग ढकाल ।




Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.82
  • 104.42
  • European euro
  • 112.7
  • 113.35
  • UK pound sterling
  • 130.4
  • 131.16
  • Swiss franc
  • 105.3
  • 105.91
  • Australian dollar
  • 79.23
  • 79.69
  • Canadian dollar
  • 77.86
  • 78.31
  • Singapore dollar
  • 74.51
  • 74.94
  • Japanese yen (10)
  • 9.4
  • 9.46
  • Chinese renminbi (Yuan)
  • 15.1
  • 15.18
  • Saudi Arabian riyal
  • 27.68
  • 27.84
  • Qatari riyal
  • 28.51
  • 28.68
  • Thai baht
  • 3.02
  • 3.03
  • UAE Dirham
  • 28.27
  • 28.43
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.34
  • 9.39
  • Swedish Krone
  • 11.82
  • 11.88
  • Danish Krone
  • 15.15
  • 15.24