ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

तुला संक्रान्ति / अन्तराष्ट्रिय गरिबी निवारण दिवस




विस्तारै विस्तारै आकाशबाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदैछ होला र दिन छोट्टिदैं गएर साँझहरु सिघ्र अाउन थालेका छन् । घरखेतमा धानका वालाहरु लहलहाउन थालिसके । मङ्गसीर महिना नजिक आँउदैछ जुन महिना धान काटि दाउनी गरेर अन्न भित्राउन भ्याइनभ्याइ हुन्छ ।



महीनाको प्रथम दिनलाई संक्रान्ति भनिन्छ भने महीनाको अन्त हुने दिनलाई मसान्त भनिन्छ, आज तुला संक्रान्ति अर्थात् सूर्य कन्या राशीवाट तुला राशीमा प्रवेश गर्दैछ । एक वर्षमा १२ वटा संक्रान्तिहरु हुन्छन् र संक्रान्तिको दिनमा सूर्य एउटा राशीवाट अर्को राशीमा प्रवेश गर्दछ । आजको सक्रान्ति यस हिसाबले पनि महत्वपूर्ण छ किनकी यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस सक्रान्तिलाई मत्स्यपूराणमा अत्यन्त महत्वपूर्ण संक्रान्तिकारुपमा ब्याख्या गरिएको पाईन्छ, एक दिन अगाडीबाटै एक छाकमात्र खाएर तुला सक्रान्तिमा व्रत बस्ने चलन छ ।

यस दिन बसिने व्रतले चिताएको शुभफल दिने जनविश्वास रहेको छ । वैदिक सनातन् हिन्दू क्यालेन्डर अनुसार अाजदेखि सातौं महिना अर्थात कार्तिक शुरु भयो । यस दिन खेतमा अन्न वालीहरु सप्रियोस र राम्रो हिसाबले कुनैपनि प्राकृतिक विपत्तिविनानै अन्न भित्राउन पाइयोस भनेर पूजाअर्चना गरिन्छ ।

विस्तारै विस्तारै आकाशबाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदैछ होला र दिन छोट्टिदैं गएर साँझहरु सिघ्र अाउन थालेका छन् । घरखेतमा धानका वालाहरु लहलहाउन थालिसके । मङ्गसीर महिना नजिक आँउदैछ जुन महिना धान काटि दाउनी गरेर अन्न भित्राउन भ्याइनभ्याइ हुन्छ ।

यसपटकको वालीनाली सप्रियोस, भकारी भरेर अन्न भित्राउँदै किसानहरुमा हर्ष छाओस् । अषाढ श्रावणमा रोपाँई गरेका धानका बिउँहरुले अब पसिनाको मूल्य दिने समय नजिक आउँदैगर्दा सबैजनामा आशा र मुस्कानको सञ्चार होस्, शुभकामना !

------------------
अन्तराष्ट्रिय गरिबी निवारण दिवस
हरेक वर्षको अक्टोबर १७ का दिन अन्तराष्ट्रिय गरिबी निवारण दिवस मनाइन्छ । गरिबी ले मान्छेहरुलाई धेरै प्रताडना, समस्या र मुलभुल मानव अधिकारवाट वञ्चित गराँउदछ, मानव अधिकार र गरिबीको यहि सम्बन्धलाई आत्मसाथ गर्दै फ्रान्सको पेरिस स्थित टरोकाडेरियोमा हजारौं मान्छेहरु भेला हुन्छन । स्मरण रहोस यहि ठाँउमा सन् १९४८ मा मानव अधिकारको प्रारम्भीक दस्तावेजमा हस्ताक्षर गरिएको थियो । 

अत्याधिक गरिबी, भोकमरी र यूद्धबाट प्रभावित मानिसहरुको सम्झनामा आजको दिन मनाईन्छ । २२ डिसेम्बर १९९२ बाट संयूक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अक्टोबर १७ लाई अन्तराष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउने घोषणा गरेको हो । 

यस दिन विभिन्न देशका राष्ट्रप्रमुख, परराष्ट्र पदााधिकारी अनि प्रतिनीधीहरुलाई एउटै साझा थलोमा बोलाएर आ-आफ्नो देशको प्रमुख प्राथमिकता गरिबी निवारण र भोकमरीविरुद्ध केन्द्रित योजनाहरुमा छलफल हुनेगर्दछ ।

समावेशी विकास र भरपर्दो जिवनयापनका श्रोतहरुनै गरिबी निवारणका प्रथम मापदण्डहरु हुन्, सहज रोजगारी केन्द्रित सिपहरु र मानिसहरुको सहज अनि सरल वित्तसस्थाहरु प्रतिको पहुँच पनि गरिबी निवारणकालागी एकदमै जरुरी छ ।
नेपालमा शुरुवाती कालमा ग्रामीण विकास वैक मार्फत विनाधितो सरल कर्जा र किस्तामार्फत कर्जा तिर्नसक्ने सहज ब्यवस्था गरेर स्थापना र विकास भएको गरिबी उन्मुलनकालागी ग्रामीण प्रयास अहिले आएर विभिन्न अन्य वैकं लगायत कृषी विकास वैंक अनि स्थानिय सहकारी, वित्त समुह अनि वचत समुहहरुले गर्दै आएका छन् । नेपाल पनि बिस्तारै विस्तारै गरिबी उन्मुलनको दिगो मार्गमा अगाडी बढिरहेको छ भने वैदेशिक रोजगारमा जाने वढ्दो चलनले गाउँघरमा राम्रा लुगा, टिभि सुरक्षित पक्किघरसंगै जीवनस्तरमा अाउँदै गएका परिवर्तनका प्रमाणहरु प्रशस्तै छन् । तर वैदेशिक रोजगारीबाट आएको विप्रेषण अर्थात रेमिटेन्सको बचत र उपयोगी ठाँउमा लगानीगर्ने चलन नबढ्ने अनि रेमिट्यान्सका पैसाहरु लगानी नभई विलासिताका अनावश्यक कुराहरूमा खर्चमात्र हुने हो भने वैदेशिक रोजगार पनि गरिबी निवारणको दिगो विकल्प हुन सक्दैन । बचत गर्ने बानी अनि उद्यमशीलताकालागि लगानीगर्ने संस्कारको विकास गर्न जरुरी छ । वैदेशिक रोजगारमा गएर श्रम गर्ने नेपालीहरु फर्केर नेपाल आँउदा एउटा आयको दीर्घकालीन श्रोत र परिवार चल्ने भरपर्दो गुजाराको बाटो निर्माण हुनु अाजको अावश्यक्ता हो । यस तर्फ सबैजनाको ध्यान जान जरुरी छ । 

नेपाल सरकार अन्तर्गत् गरिबी निवारण कोषले गरिबी उन्मुलनकालागि विभिन्न कार्यक्रमहरुमा लगानी गरिरहेको छ, आर्थिक विकासको मूलधारमा समाहित हुन नसकेका वर्ग र समूदायलार्इ आर्थिक विकासको मूलधारमा समाहीत गर्दै उनीहरुको जीवनस्तर, जीवनयापन र सशक्तिकरणकालागि गरिबी निवारण कोषले कार्य गर्दछ । अन्य विभिन्न दातृ निकायहरु जस्तै यूएनडिपी, विश्व बैङ्क र एसियन विकास बैङ्कले पनि नेपालमा गरिबी निवारणकालागि विभिन्न कार्यक्रमहरु र परियोजनाहरु सञ्चालन गर्दै आएका छन् । नेपाली समाजको प्राथमिकतामा जागिरे हुनुपर्ने प्रवृत्ति हावी छ । देशको विकास त्यसबेला मात्र सम्भव छ जब अान्तरीक उद्यमशीलता, अाैद्योगीकिकरण तथा अाम्दानीका अन्य विकल्पका मार्गहरू प्रशस्त खुल्दै जानेछन् । उद्यमशीलतालाई केन्द्रित गरेर शिक्षा अनि चेतना विकास नगरिकन गरिबी उन्मुलन गर्न सहज हुँदैन र अर्कोतर्फ पर्यटन अभिवृद्धि र औधोगीकरणतर्फ पनि सबैको ध्यान पुगोस् । 

कसैले पनि आधारभूत सेवा तथा आवश्यक्ताहरुबाट गरिबीकै कारण वञ्चित हुन नपरोस् । भोकमरी र यूद्ध नहोस्, गरिब र धनीबिचको खाडल पुरिँदै जाओस्, सबैलाई शुभकामना !

हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.4
  • 104
  • European euro
  • 122.97
  • 123.68
  • UK pound sterling
  • 139.32
  • 140.12
  • Swiss franc
  • 106.12
  • 106.74
  • Australian dollar
  • 81.99
  • 82.47
  • Canadian dollar
  • 83.63
  • 84.11
  • Singapore dollar
  • 76.42
  • 76.87
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.69
  • 15.78
  • Saudi Arabian riyal
  • 27.57
  • 27.73
  • Qatari riyal
  • 28.39
  • 28.56
  • Thai baht
  • 3.12
  • 3.14
  • UAE Dirham
  • 28.15
  • 28.31
  • Malaysian ringgit
  • 24.63
  • 24.77
  • Korean Won (100)
  • 9.12
  • 9.17
  • Swedish Krone
  • 12.92
  • 12.99
  • Danish Krone
  • 16.53
  • 16.62