Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अक्षय तृतीया/ विश्व नृत्य दिवस




अक्षय तृतीया/ विश्व नृत्य दिवस बिशेष अडियो सामग्री

विश्व नृत्य दिवस 


आउनुहोस आजको दिनमै परेको एउटा अर्को गहन विषय र दिनविशेष प्रस्तुतीको कुरा गरौ, नृत्य दिवस्को । हरेक वर्षको अप्रिल २९ तारीखमा संसारभरि विभिन्न कार्यक्रम र प्रस्तुती गर्दै नृत्य दिवस मनाईन्छ । नृत्य अर्थात सरल भाषामा नाच अनि नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरुमा नृत्य पनि एउटा चलन हो । नृत्यलाई अझ एकप्रकारको प्रस्तुती या भनौ भाषा भन्दा पनि फरक नपर्ला, यो एउटा अभिब्यक्ति हो । भगवान देखि राक्षस सम्म, वालक देखि वृद्ध सम्म अनि धेरै हदसम्म पशुपक्षीहरुले पनि आफ्नो अनुपम अवस्थालाई अनि अभ्यासलाई नृत्य मार्फत अभिब्यmक्त गर्दछन् । जोडी ढुकुर सँगै हुँदाको चाल, मयूरको नाच लगायत थुप्रै रमाईला प्रस्तुती सँगै मान्छेले पनि समुदाय, धर्म, भाषा अनुरुप नृत्य प्रस्तुत गर्दछ । लाखे नाच देखि मारुनी सम्मका वान्की, सोई ढोले सोई देखि अलारुदल सम्मका कम्मरका चलाईहरु अनि अहिलेका आधुनिक हिपहप, ब्रेक डान्स, सल्सा लगायत अन्य थूप्रै नृत्य अभ्यासहरु हामीमध्य कतिको रुची, कतिको पेशा अनि कतिको दैनिकी पनि बनेको छ । हो दैनिकि किनभने शरीरलाई स्वस्थ्य राख्न दैनिक शारीरीक अभ्यासकालागी नृत्य गर्ने चलन पनि त वढिरहेको छ , कि कसो ?
नृत्य गर्न या सामान्य कम्मर मर्काउन लाज मान्ने पनि हामीमध्य धेरै छौ, लौ आज नृत्य दिवसवाटै नृत्य सँग नाता जोड्नुहोला, मुसुक्क मुस्काएर कम्मर हल्लाउदा अनि हातका वान्कीले भावहरु अभिब्यक्त गर्नको रस वेग्लै छ । शायद यसैले नै होला कसैले नृत्यको परिभाषा यसरी गरेका छन् ( सिधा भावनाहरुको तेर्सो अभिब्यक्तिनै नृत्य हो भनेँर )
रंगकर्ममा नृत्यको अझ विशेष महत्व हुन्छ भने सास्कृतीक रुपमा नृत्यमार्फत पुस्तौ पुस्ताले एउटा सस्कार थाम्दै आएका छन् । भगवानहरुको पनि नृत्यलाई आआफ्नै नामाकरण गरिएको छ, विहे ब्रतबन्ध अनि अन्य कुनै पनि जिवन उन्मुख क्रियाकलाप नृत्य विना परिपूर्ण मानिदैन् ।
खुशी सबैमा छावोस, अनि सन् १९८२ वाट मनाउन शुरु गरिएको यो विश्व नृत्य दिवसको यस सस्करणमा सबैलाई खुशीले नाचौ नाचौ लाग्ने गरि छोओस् ।

अक्षय तृतीया

आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ ।
शुरु गरौ सातुको प्रसँग वाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल ब्याख्या सातु खाने दिनका रुपमा रहेको छ । सातु अर्थात पिसेको अन्नको धुलो जुन बोक्न सजिलो, खानलाई सहज अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसँग देखि पौराणीक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु एउटा भरपर्दो र बोक्न सजिलो सामल अर्थात वाटो या यात्रा गर्दा खान बोकिएको पदार्थका रुपमा रहेको छ । आजको दिन सातु खाने दिन हो, चढ्दो ग्रीष्मकालमा खाध शितलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरु पिसेर तैयार गरिएको सातुको आज विशेष महत्व रहेको छ । माटोको भाँडामा माथीवाट भिजेको कपडाले छोपिएको पानीको शितल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास सातुको स्वादसँग समाहित नै भएर आएको भान हुन्छ । यसरी सातु वनाउन सक्ने अन्नहरु प्राय सबै अकुंरण गर्न सक्नेअन्नहरु हुन्छन्, आजको आधुनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरुको महिमालाई प्राचीनकाल देखिनै आफ्नो सस्कारमा समाहित गर्न सक्षम हाम्रो सनातन सस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।
यी त भए सातुका कुराहरु, आजको दिनलाई अन्य धेरै कुराहरुले पनि संझना र सर्मपण लायक बनाएका छन् । आजको दिनलाई यूगहरुको शुरुवाती दिनका रुपमा पनि लिईन्छ, आजकै तिथीवाटै औपचारीक रुपमा सत्य यूगको शुरुवात भएको थियो भने महाभारतको यूगको समाप्ती लगत्तै आजकै दिनवाट द्वापर यूग समापन भई त्रेतायूग शुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरु अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाईन्छ ।

पौराणीक रुपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरु आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवादिदेव महादेव र हिमालय पूत्री पार्वती विच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेदब्यासले लेखन थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाँई सफल हुने पक्का छ है, ईतिहास साक्षी छ ।
अक्षय भन्ने वित्तिकै क्षय गर्न नसकिने, विध्वशंगर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका वारेमा कुरा गरौ । आज अक्षय पुण्य प्राप्त गर्नकालागी वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरु दान गर्ने चलन छ । अक्षय तृतीया यसअर्थमा अन्तरपुस्ता मायाकालागी पनि अत्यन्त महत्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिब्यक्ति दिएको छ ।
अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया ।









परशुराम जयन्ती
भार्गव गोत्रका अत्यन्त आज्ञाकारी क्रृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । वा्रह्मणकारुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतीको कार्य गरेकाले यीनलाई भार्गव भनिएको हो । हामीले नाम सुनिआएका अनि महाभारत यूद्धका असाधारण योद्धाहरु भिष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरु हुन् भने परशुरामका साक्षात गुरुका रुपमा भने देवादिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बन्चरो जस्तो हतियार बुझिन्छ । त्यहि बन्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैंले धारण गरेको अमोघ परशु उनलाई दिएका थिए । त्यहि अमोघ बन्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र संकल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पुजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।
 पौराणिक कथनहरु अनुसार उनले सत्यका पक्षमा २१ पटक ठुला ठुला युद्घहरु लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरन्जीवी अर्थात अमर थिए । । भगवान राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सवै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रुपमा परशुरामको जन्म भएको थियो । त्यहि भएर परशुराम जन्मिएको दिन बैशाख शुक्ल तृतिया तिथिलाई चिरन्जीवी तिथि भनिन्छ ।
परशुरामलाई पितृबचनको सच्चा पालनकर्ता थिए । भागवद् गीतामा बताइएअनुसार संसारका सवैकुरा नाशवान छन् तर परशुराम यस्ता महान पात्रहरु थिए( कालबाट समेत अपराजित थिए परशुराम ।

कलाकौशल अनि भौतीक पूर्वाधार निर्माणका रचयता परशुराम प्राचीन कालका सरल भाषामा भन्नुपर्दा ईन्जिनियर नै हुन् । भारतवर्षका सम्पूर्ण प्राचीन गाँउ अनि नगरहरु यिनैको योजना र कला मुताबिक बनाईएका हुन् । उत्खनन गर्दै गर्दा समुन्द्र विचमा भेटिएको प्राचीन द्धारीका नगरको अहिलेको अवशेष अनि तिनको सान्र्दभिक र बैज्ञानीक संरचनाले पनि प्राचीन कालदेखिनै भएको वैज्ञानीक विकासमा परशुरामको योगदान ब्याख्या गर्दछ ।


अर्कोतर्फ परशुराम विष्णुका दश अवतार हरु मध्य छैठौ अवतार हुन् । भगवान राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सवै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रुपमा परशुरामको जन्म भएको थियो ।
अमर यिनी परशुरामको कृपाले हामीसबैको जिवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागी
सुयोग ढकाल



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.3
  • 102.9
  • European euro
  • 111.44
  • 112.09
  • UK pound sterling
  • 131.93
  • 132.7
  • Swiss franc
  • 102.96
  • 103.56
  • Australian dollar
  • 76.46
  • 76.91
  • Canadian dollar
  • 75.34
  • 75.78
  • Singapore dollar
  • 73.25
  • 73.68
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 14.84
  • 14.93
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 2.96
  • 2.97
  • UAE Dirham
  • 27.85
  • 28.02
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.02
  • 9.07
  • Swedish Krone
  • 11.57
  • 11.64
  • Danish Krone
  • 14.98
  • 15.07