Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व वातावरण दिवस





विश्व वातावरण दिवस

आज जुन ५ तारिख । वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम गरी विश्वभर वातावरण दिवस मनाइदैछ । नेपालमा पनि वातावरण संरक्षण सम्वन्धि चेतनामूलक कार्यक्रमहरु गरिंदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७ देखि हरेकर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको थियो ।

-१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसंघले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनु पर्नेमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता प्राप्तभयो । त्यसै अनुरुप यस दिवसलाई संस्थागत गर्न सम्मेलनको दोश्रो बर्ष अर्थात ५ जुन १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रुपमा अंगिकारगरिएको हो ।

वातावरणसम्बन्धी सोचाई र बुझाईमा सकारात्मक परिवर्तन ल्याउनु वातावरण दिवसको महत्वपुर्ण उदेश्य हो । वातावरण संरक्षणका लागि आफु सचेत भई अरुलाई पनि सचेत गराउँदा मात्रै यो दिवसमनाउनुको सार्थकता हुन्छ । पृथ्वीमा रहेका सवै मानिसले वातावरण संरक्षणका लागिजिम्मेवारी बोध गर्नु पर्दछ र प्रत्येक व्यक्तिले वातावरण संरक्षणका कार्यबारेजानकारी लिने र सोच्ने बानीको विकास गरेको खण्डमा वातावरण दिवस मनाएको औचित्य पुरा हुन्छ । विश्व वातावरण दिवसले विशेषगरी पृथ्वी र अन्यग्रह प्रणाली माथि भइरहेका हस्तक्षेप विरुद्ध आवाज उठाउन प्रेरणा प्रदान गर्दैआएको छ । साथै हाम्रो आर्थिक, सामुदायिक र सुरक्षालाई समेत ध्यान राख्दछ ।

'जिवजन्तुको गैरकानुनी व्यापार विरुद्ध शुन्यसहनशिलता' भन्ने मुल मर्मका साथ सन् २०१६ को विश्व वातावरणदिवस मनाइदैछ । वन्यजन्तुको अवैध चोरी सिकारी तथा व्यापार मौलाउँदै गएको भन्दैविश्वभर यस बिषयमा चिन्ता बढ्न थालेको छ । यसबाट जैविक विविधता नै खतरामा परेकोभन्दै वन्यजन्तुको अवैध चोरी सिकारीलाई न्यूनिकरण गर्न यस्तो कदम चालिएको हो । मानवीय क्रियाकलापका कारण वातारवरणमा परिरहेकोअसर न्युनिकरणका लागि चेतना जगाउन यो दिवस निकै महत्वपुर्ण अवसर हो । विश्व वातावरणदिवसका अवसरमा वातावरण मन्त्रालय सहित सरकोकारवाला अन्य संघसंस्थाहरुको सहभागितामाजनचेतनामुलक कार्यक्रमहरु गरिंदै आएको छ । वातावरणको महत्व झल्काउँदै जिल्ला-जिल्लामा चेतनामुलक र्याली पनि  निकालिन्छ । वातावरण सम्बन्धि चित्रकला लगायतका रचनात्मक क्रियाकलापहरु गरिन्छ । वातावरण दिवसका अवसरमाशहरी क्षेत्रमा साइकल र्‍याली गरिन्छ । खाली जग्गाहरुमा बृक्षारोपण गरिन्छ । काठमाडौंमा प्रत्येक वर्षबाग्मति सफाइ लगायतका अभियानमुखी कार्यक्रमहरु गरिन्छ ।

वातावरण भन्नाले पृथ्वीमा कायम जलमण्डल, वायुमण्डल रभूमण्डल बिचको अन्तरसम्बन्ध   हो जीवमात्र बाँच्नको लागि उपयुक्त परिस्थिति नै वातावरण हो । बाँच्नको लागिअनुपयुक्त परिस्थिति निर्माण हुनुलाई प्रदूषण भनिन्छ । भूमध्य रेखामा होस् वा उत्तरी र दक्षिणी गोलार्द्ध- पृथ्वीको जुनसुकै ठाउँमा उत्पन्न हुने सानोतिनो खलबलीले पनिवातावरणीय असर पैदा गर्दछ । मानिसले वातावरणीय समस्याहरु तत्काल महसुस नगरे पनिकालान्तरमा जटिल समस्याहरु भोग्नु पर्दछ । पर्यावरणमा परेका असरहरुले वातावरणलाई नकारात्मक बनाउँदछ ।

अनावृष्टि र अतिवृष्टि, ऋतु परिवर्तनसँगै नियमित रुपमा हुने परिवर्तन नहुने, वनस्पति र जीवजन्तु लोप हुँदै जानेजानुले विश्वभरवातावरणीय चुनौति थपिएको छ । यस्ता चुनौतिको सामना गर्न मानव समुदायले साझा चासो बढाउनु पर्ने आवश्यकतालाई वातावरण दिवसले महसुस गराउँदछ । वातावरणीय विनासले समुद्री सतहबाट सुरु हुने मनसुनको चक्र अनियमित हुन्छ । हिउँका टाकुराहरु पग्लिएर सुख्खाउजाड हुन जान्छ । समग्र पृथ्वीको तापमानमा अस्वभाविक वृद्धि हुन्छ । नदीनालाहरुमा पानीको सतह गणितीरूपमै घट्दछ । वातावरणीय विनासका कारण अनावृष्टि अतिवृष्टि हुने क्रम बढ्दछ । वनस्पति र जीवजन्तु लोप हुँदै जान्छन् । त्यहि भएर विश्वभरका मानसले साझा चिन्ता र चासोका लिंदै वातावरण दिवस मनाउनुपर्दछ । आफ्नो लागि भन्दा पहिला प्रकृतिको संरक्षणका लागि एकजुट हुनु पर्दछ ।

- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयारपार्नु भएको



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.3
  • 102.9
  • European euro
  • 111.44
  • 112.09
  • UK pound sterling
  • 131.93
  • 132.7
  • Swiss franc
  • 102.96
  • 103.56
  • Australian dollar
  • 76.46
  • 76.91
  • Canadian dollar
  • 75.34
  • 75.78
  • Singapore dollar
  • 73.25
  • 73.68
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 14.84
  • 14.93
  • Saudi Arabian riyal
  • 27.28
  • 27.44
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 2.96
  • 2.97
  • UAE Dirham
  • 27.85
  • 28.02
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.02
  • 9.07
  • Swedish Krone
  • 11.57
  • 11.64
  • Danish Krone
  • 14.98
  • 15.07