ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व स्वतन्त्रता दिवश




न्यू ग्लोवलाइजेसन अनि न्यू न्याशिनोलिजमको विचार अनुसार सम्पूर्ण विश्वका वासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शन भित्र फराकिलो दायरामा राखिएको छ ।



हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयूक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्वराष्ट्रपती जर्ज डब्लु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वि र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वि यूरोपमा कम्यूनिष्ट शासनको औपचारीक अन्त्यभएको उपलक्ष्यमा सोही दिन अर्थात नोभेम्वर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यू वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । 

विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन यूवा विधार्थीहरु अनि रिपब्लिकन पार्टीका यूवाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता लिवस मनाउने गर्दछन् । 

विश्वमा शितयूद्धको अन्त्य गर्दै शोभियत यूनियनलाई धराशायी पार्न ठूलो भुमिका निर्वाह गर्ने अमेरिकी पूर्व राष्ट्रप्रमुख रोनल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ । 

अमेरिकीहरुले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाएपनि विश्वका अन्य राष्ट्रहरु विशेषतः यूरोपी राष्ट्रहरु भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रुपमा मनाउन उदासिन देखिन्छन् । शितयूद्धकालदेखिनै संसारमा पूजिँवादी, कम्यूनिष्ट र केही समाजवादी देशहरुमा वैचारीक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ । 

न्यू ग्लोवलाइजेसन अनि न्यू न्याशिनोलिजमको विचार अनुसार सम्पूर्ण विश्वका वासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शन भित्र फराकिलो दायरामा राखिएको छ । 

चाहे हामी कम्यूनिष्ट विचारधाराका हौं या पूजिँवादी विचारधाराका हौं या अन्यकुनै विचारधाराका हौं तर स्वतन्त्रताको प्रत्याभूती अनि स्वतन्त्र जीवनयापनको महत्व मानव समूदायमा अतिनै महत्वपूर्ण छ । नेपालमा पनि क्रमैसंग विसं २००७, २०४६ अनि २०६३ गर्दै स्वतन्त्रताका नयाँ नयाँ आयामहरु थपिदै गएको छ । स्वतन्त्रताको परिधीभित्र सहज जीवनयापन गर्न पाउने सहजता पनि पर्दछ । बाटोको अत्याधिक सवारी जाम देखि ग्याँस अनि तेलको लाइन, मूल्य वृद्धी, भ्रष्टाचार अनि कानूनी राज्यको कमी नेपाली समाजको स्वतन्त्रताका समस्याहरू हुन यसलार्इ हामी कुनै न कुनै रूपमा हरेकदिन हामीसबैले भोगीआएका छौं । आशा छ नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरुको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै पर्नेछ । स्वतन्त्रताको शुभकामना ।

हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.22
  • 115.82
  • European euro
  • 135.59
  • 136.3
  • UK pound sterling
  • 152.02
  • 152.81
  • Swiss franc
  • 120.51
  • 121.14
  • Australian dollar
  • 83.91
  • 84.35
  • Canadian dollar
  • 89.26
  • 89.72
  • Singapore dollar
  • 84.48
  • 84.92
  • Japanese yen (10)
  • 10.22
  • 10.28
  • Chinese renminbi (Yuan)
  • 16.83
  • 16.92
  • Saudi Arabian riyal
  • 30.72
  • 30.88
  • Qatari riyal
  • 31.65
  • 31.81
  • Thai baht
  • 3.55
  • 3.57
  • UAE Dirham
  • 31.37
  • 31.53
  • Malaysian ringgit
  • 27.9
  • 28.04
  • Korean Won (100)
  • 10.32
  • 10.37
  • Swedish Krone
  • 13.11
  • 13.17
  • Danish Krone
  • 18.18
  • 18.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम