विश्व हेपाटाइटिस दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व हेपाटाइटिस दिवस




विश्व हेपाटाइटिस दिवस विशेष अडियो सामाग्री

हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रुपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरु एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रुपमा विकराल रुप लिँदै गएको छ ।

विश्व स्वास्थ्य संस्थाको तथ्यांकलाई हेर्नेे हो भने, संसारभरका ३२,५०,००,००० मानिसहरु भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाउने रहेछ । यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्यालाई विकराल बनाउन थप सघाउ त पु¥याउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ भनेर नै आजको दिन मनाउन थालिएको हो है । हामीमध्ये कति जनालाई यो रोगबारे थाहा छ त ?

एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरुलाई मृत्युको शिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३,००,००० मानिसहरुको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्दछ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्ः ए, बी, सी, डि र इ । यी पाँच किसिमका हेपाटाइटिसहरु घातक र मृत्युको काल सरह मानिन्छन् ।

एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस बी र सी का कारणले वार्षिक धेरै मानिसहरुको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्दछन् । अहिले विश्वका ३०,००,००० मानिसहरु शरीरमा भाइरल हेपाटाइटिस लिएर अनभिज्ञ भएर बाँचिरहेका छन् । हेपाटाइटिस विरद्धको खोप धेरै महँगो नहुने भएपनि विश्वका ४८% मुलुकहरुमा यसको प्रयोग हुन सकेको छैन । सन् २०३० सम्ममा हेपाटाइटिस निर्मूल गर्न सकेको खण्डमा ३,६०,००,००० मानिसहरुमा यो संक्रमण पुग्न पाउँदैन भने १,००,००,००० मानिसहरुको ज्यान बचाउन सकिन्छ ।

तथ्यांक मात्र हेर्दा यी अंकहरु संख्या मात्र लाग्दछन् तर हरेक संख्या पछाडि एउटा जीवन लुकेको हुन्छ । त्यो जीवन हामीले माया गरेका मानिस हुन सक्छन्, हाम्रै इष्टमित्र, दाजुभाइ, आमाबुवा, छरछिमेक हुन सक्छन् । हेपाटाइटिसबारे जागरण फैलाउनु हाम्रो कर्तव्य हैन र ?

हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस बी र सीलाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्य गरी बालबालिका र सीमान्तकृत समूहलाई नै पिरोल्ने गर्दो रहेछ ।

आदिबासी, लागूपदार्थ दुव्र्यसनी, एचआइभी संघर्षरत मानिसहरु, प्रवासीहरुमा हेपाटाइटिसले बढी नै सताउने गरेको रहेछ । अझ हेपाटाइटिस बी लागेका ९०% मानिसहरु र हेपाटाइटिस सी भएका ८०% मानिसहरुलाई त आपूmमा यो रोग भएको बारे अनभिज्ञ रहने र नजानेरै अरुमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरुसरह घातक रोग मानिन थालिएको रहेछ ।

हेपाटाइटिसबारे जागरुकता बढाउनका निम्ति हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदैछ । यस वर्ष “इलिमिनेट हेपाटाइटिस” अथवा हेपाटाइटिस निमूर्ल गरौँ भन्ने नाराका साथ विश्वभर आजको दिन मनाइने भएको छ । “फाइन्ड द मिसिङ मिलियन्स” अथवा हराएका लाखौँको खोजी भन्ने नारा लिँदै विश्वभर अभियानहरु पनि सञ्चालनमा आएका छन् । आपूmमा रोग छ भन्ने पत्तो नै नपाइ मृत्युको मुखमा कोही पर्न नपरोस् भनी यी अभियानहरु सञ्चालन गरिएका हुन् । अस्पतालको सहज पहुँच, औषधिको सुलभ उपलब्धता र स्वास्थ्य अधिकार नभएसम्म हामीले अभैm धेरै मानिसहरु गुमाउनेछौँ, उनीहरु विश्व जनसंख्याबाट ओझेल पर्नेछन् । यी ओझेल अनुहारहरु फेरी अर्को वर्षको निम्ति तथ्यांक बनेर थन्किनेछन् । यी ओझेल अनुहारहरु पनि त जीवन हुन् भनेर एक चोटि फेरी बिर्सिनेछौँ हामीले । अनि अर्को वर्षको हेपाटाइटिस दिवसमा पुनः स्मरण गर्नेछौँ यी हराएका, विलिन भएका, हामीले बचाउन सक्ने सम्भावित जीवन कथाहरु ।

स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्दछ । यस्ता भयानक रोगबाट ग्रसित हुनपर्दा त मृत्युकै बाटो रोज्नपर्ने हुन्छ । यसकारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य । आजकै दिन भएपनि आपूmले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बच्ने तरिकाहरु के रहेछन् भन्ने बारेमा छलफल गर्नुहोस् है ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.