ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व आदिवासी दिवस्




यस बर्ष सन् २०१७ को संयूक्त राष्ट्रसंघको महासभामा पपुवा न्यूगेनी नामक एउटा टापुका प्रतिनीधीले लगाएर गएको पारम्परीक आदिवासी पहिरनले विश्व समूदायको ध्यान तानेको थियो । न्यूयोर्क अमेरिकामा भएको उक्त सभामा उनले आफ्नो भुवादार मुकुट, सानो कछाड र केही जनावरका सुँडजस्तो देखिने श्रृंगारसहितका पहिरन लगाएका थिए । उनको यो उपस्थितीलाई खिस्सीट्यूरा गर्ने मान्छेहरु नभएका त हैनन तथापि विश्व समूदायले उनको यो पहिरन र पहिचान प्रतिको मोहलाई सम्मान भने अवश्य गरेको छ ।


विश्व आदिवासी दिवस् विशेष अडियो सामाग्री

अगस्त ९, २०१७

'आदि' भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।

हरेक वर्षको अगस्त महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइन्छ र गतबर्ष सन् २०१६ को विश्व आदिवासी दिवस "आदिवासीहरुको शिक्षा प्रतिको अधिकार" भन्ने नाराका साथ मनाइएको हो भने सन् २०१७ को नारा "आदिवासीहरुको अधिकारका लागि संयूक्त राष्ट्र संघको घोषणको एक दशक" भन्ने रहेको छ । यस बर्षको नारामा विषय अलिक फरक छ । १० बर्षअघि १० सेप्टेम्बर २००७ मा आदिवासीहरुको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयूक्त राष्ट्रसंघको घोषणा र त्यसको उपलब्धिहरूको सन्दर्भमा व्याख्या गरिएकोछ ।

२३ डसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो । संयूक्त राष्ट्रसघंले यसअघि नै सन् १९९४ देखि २००४ सम्म 'आदिवासी दशक समेत कर्म र मर्यादाकालागि दशक' भन्ने नाराका साथ आव्हान गरेको थियो । यस दिवसकालागि संयूक्त राष्ट्रसंघको लोगोलार्इ बङ्गलादेशका कलाकार रेबन देवानले तयार पारेका हुन् । यो लोगोमा हरियो पातका दुईवटा कान जस्तो अाकृतिले पृथ्वीलाई दुईपटिबाट घेरेको देखिन्छ ।

मानव सभ्यताको विकाससंगै बसार्इ-सराइको क्रम शुरु भएपछि क्रमशः आप्रवासीहरुको घनत्व बढ्न गई उनिहरुको पहिचान, अस्तित्व, फरक गुण अनि रितीहरुमा कमी आउन थालेको छ । विश्वको कूल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरुले विश्वको कूल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन । पृथ्वीको ध्रुविय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरुको पहिचान र उपस्थिती घट्दो क्रममा छ किनकि पछि बसोवास गरेर आएका आप्रवासी समूदायहरु पेशा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हावी हुँदै आएका छन् ।

संयूक्त राष्ट्रसंघको आदिवासी समूदायको अधिकारसम्बन्धि घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समूदायले आफ्नो संस्कृती, भाषा, रितीरिवाज र चलनअनुरुप सुहाउँदो शैक्षिक प्रणाली, संस्थाहरु स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ । बिभिन्न अध्यनहरुले स्पष्टसंग आदिवासी र गैर आदिवासी समूदायबिच शैक्षिक अवसर, विकास अनि समष्टिगत रूपमा मानवअधिकारका सुबिधाहरुमा भएको ठूलो असमानता देखाउँदछ । आफ्नो पहिचान र थलोकालागि पुस्ताैंदेखि एकैठाउँमा खनि-खोस्री, प्रकृतीसंग पैंठेजोरी खेल्दै आएका आदिवासी समूदाय विश्वकोलागि प्राचिन सम्पत्ति हो र उनिहरुको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समूदायको प्रमुख चुनौती भएको छ ।

यस बर्ष सन् २०१७ को संयूक्त राष्ट्रसंघको महासभामा पपुवा न्यूगेनी नामक एउटा टापुका प्रतिनीधीले लगाएर गएको पारम्परीक आदिवासी पहिरनले विश्व समूदायको ध्यान तानेको थियो । न्यूयोर्क अमेरिकामा भएको उक्त सभामा उनले आफ्नो भुवादार मुकुट, सानो कछाड र केही जनावरका सुँडजस्तो देखिने श्रृंगारसहितका पहिरन लगाएका थिए । उनको यो उपस्थितीलाई खिस्सीट्यूरा गर्ने मान्छेहरु नभएका त हैनन तथापि विश्व समूदायले उनको यो पहिरन र पहिचान प्रतिको मोहलाई सम्मान भने अवश्य गरेको छ । आदिवासी समूदायको मर्यादा र सम्मान पनि उनिहरुले जोगाउन सकेका छन् । परम्परा र संस्कारमा समेटिएका विविध माैलिक पहिचान लगायतका विषयहरूलार्इ त्यससंग जुटेका कुराहरूको अधिक्तम प्रयोग र प्रस्तुतीमा उनिहरुको क्रियाशीलतामा पनि नयाँ पुस्ताले बुझ्ने वा नबुझ्ने भन्ने कुरामा निर्भर गर्दछ ।

बहु-जाती बहु-धर्म र बहु-संस्कृती भएको हाम्रो देश नेपालका अधिकांश भू-भागमा आदिवासी समूदायहरु छन् र तिब्र रुपमा उनिहरुले आफ्नो पहिचान, रिती अनि मौलिकतालार्इ जीवित राख्ने भरमग्दूर कोशिस गर्दैगरेको उदाहरण एउटा छ भने अर्को तर्फ त्यहि माैलिकता नयाँ पुस्ताले भुल्दै गएको, पुराना कुराहरुलाई निरन्तरता दिन नसकेको र आफ्नो मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको कुराहरू अत्यासलाग्दो छ ।

तितोसत्य के हो भनें आदिवासीहरुको बसोवासलाई बिगार्दै अनि उनिहरुलाई बिस्थापित गर्दै बनाइएका शहर, बसाइएका सभ्यता र जोडीएका कारखाना भन्दा उनिहरुको अाफ्नो ठाउँमा हुने माैलिक उपस्थिती नै संसार र समूदायकालागि फाइदाकारक हुनेछ ।

आदिवासी समूदायकालागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो । चाहे हामी गैर आदिवासी हौं या आदिवासी समूदाय हौं, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उदगमबिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ, आदिवासी दिवसको सबैलाई दायित्वबोध होस्, शुभकामना !

-----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.65
  • 103.25
  • European euro
  • 121.39
  • 122.1
  • UK pound sterling
  • 138.07
  • 138.88
  • Swiss franc
  • 103.95
  • 104.56
  • Australian dollar
  • 78.69
  • 79.15
  • Canadian dollar
  • 80.04
  • 80.51
  • Singapore dollar
  • 76.19
  • 76.64
  • Japanese yen (10)
  • 9.11
  • 9.16
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.37
  • 27.53
  • Qatari riyal
  • 28.19
  • 28.36
  • Thai baht
  • 3.16
  • 3.18
  • UAE Dirham
  • 27.95
  • 28.11
  • Malaysian ringgit
  • 25.13
  • 25.28
  • Korean Won (100)
  • 9.42
  • 9.48
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.31
  • 16.4

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम