विश्व दर्शनशास्त्र दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व दर्शनशास्त्र दिवस




विश्व दर्शनशास्त्र दिवस विशेष अडियो सामाग्री

वास्तविकता र अस्तित्वको स्वभाव अध्ययन गर्नु नै दर्शनशास्त्र (Philosophy) हो। अंग्रेजीमा “Philosophy” भन्नाले बुद्धिको प्रेम भन्ने बुझिन्छ। दर्शनशास्त्र मानव सोचको सबै भन्दा महत्वपूर्ण क्षेत्रहरु मध्ये एक हो, किनकी यसले जीवनको अर्थ प्राप्त गर्नको लागि मानिसहरुलाई उत्साहित गर्दछ। दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार विश्व दर्शनशास्त्र दिवस मनाइन्छ। सन् २००५ देखि युनेस्कोको पहलमा यो दिवस मनाउदै आइएको छ।

अहिले विश्व आधुनिकीकरण तर्फ मोडिएको छ, यहि आधुनिकिकरणको हितकारी प्रभाव धेरै समाजहरुमा छाड्न पनि दर्शनशास्त्रको मुख्य योगदान रहने गरेको छ। हुन त, पुरातन समयमा शुरु भएको कतिपय दार्शनिक बहसहरू अझै पनि अनुत्तरित नै छन्, तर ति केहि अपवादहरु हुन्। अहिलेको समयमा विश्वका कुना कन्दरामा मानवताले सामना गर्दै आएका समस्याहरुलाई अनुसन्धान र अध्ययनहरु गरेपश्चात, त्यसको दार्शनिक विश्लेषणगरि आएका चुनौतीहरुलाई अधिक प्रभावकारी ढङ्गले हल तर्फ लैजाने कार्यक्रमहरुलाई आजको यस दिनले बढावा दिने गरेको छ।

असमान पहुँचमा भएका स्थानहरुमा विशेष जोड दिएर आजको दिन युनेस्कोले विश्वभर दर्शनशास्त्रको बारेमा शिक्षा प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गर्दछ। यस्ता कार्यक्रमहरुबाट अहिलेका युवा पुस्ता देखि लिएर हाम्रो आउने पुस्ताहरुले पनि दर्शनशास्त्र शिक्षणको विश्वव्यापी महत्त्वलाई रेखांकित गर्न सकुन भन्ने युनेस्कोको उद्देश्य रहेको पाइन्छ।

दर्शनशास्त्र अस्तित्व, ज्ञान, मानहरू, कारण, दिमाग, र भाषा जस्ता विषयहरूको सामान्य र मौलिक समस्याहरूको अध्ययन हो। अन्य अनुसन्धानहरू जस्तै कला, विज्ञान वा राजनीति दर्शनशास्त्रसँग सम्बन्धित रहेका छन्। समाजको प्रत्येक संस्था दार्शनिक विचारधारामा आधारित छ, चाहे त्यो कानुनी संस्था होस्, सरकार होस्, धर्म होस्, परिवार होस्,उद्योग वा व्यापार होस् वा शिक्षा। दार्शनिक विभेदहरूले सरकारलाई परास्त पार्न सक्छ, कानुनमा कठोर परिवर्तनहरू ल्याउन सक्छ र सम्पूर्ण आर्थिक प्रणालीहरूको परिवर्तन गर्न सक्छ। एक समाजको शैक्षिक प्रणालीले सिकाउने मूल्यहरूले समाजको दार्शनिक विचारहरूलाई झल्काउँछ। आजको यस महत्वपूर्ण दिनको सबैमा शुभकामना।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.