ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

विश्व जनसंख्या दिवस




विश्व जनसंख्या दिवस बिशेष अडियो सामग्री

सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुन महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुन ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो । एक अध्यनका अनुसार सन् २०१७ अप्रिल २४ तारिखका दिन विश्वको जनसंख्या साढे ७ अरब बढि पुगेको देखाएको छ, साढे ७ अरब जनसंख्या भएको यो ग्रहमा हामी सबैलाई स्वागत छ ।

जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौति भन्ने बिषयमा बिवाद शुरु हुन थालेको छ, बि.सं. २०५६ सालमा तात्कालिन श्री ५ को सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसंख्या वृद्धि नराम्रो र यसलाई नियन्त्रण गर्नुपर्ने भनेर हामीमध्ये धेरैलाई पढाइएको पनि छ ।

तर सधै जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन्, अहिले विश्वका बिकसित भन्दा बिकसित मूलुकहरुमा अाफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो ।

जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयूक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाँउमा छ तथापि विकास अनि समृद्धिकालागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । एउटा सन्तुलित जनसंख्या वेगैर कुनैपनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।

विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसंख्यामा अाफ्नो अधिक्तम स्थान राख्ने चीनले बढ्दो जनसंख्याको भयलार्इ बुझेर एक सन्तान प्रणाली लागू गरेकोमा, पछिल्लो समय जनसंख्याको एउटा स्तर हासिल गर्न लामो समयको अध्ययन पश्चात् सन् २०१५ मा दुर्इ सन्तान जन्माउन अनुमति सहित अाफ्नो जनतालार्इ अाह्वान गरेको छ । यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलार्इ समेत अाफ्नो व्यक्तिगत तथा पारीवारीक समय निकाल्न तथा बढ्दो वृद्ध-वृद्धाहरूको जनसंख्यासंग तालमेल मिलाउन विभिन्न योजनासहितका सन्तान प्राप्ति अर्थात बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुमा जनसंख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।

नेपाल, भारत र बङ्गलादेशमा भने पपुलेशन बोनस भएको मानिन्छ, यसको अर्थ क्रियाशील जनंसख्या अर्थात् १६ देखि ४९ सम्मका जनसंख्या कूल जनसंख्याको ६० प्रतिशत भन्दा बढि हुनु हो । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्नसके विकास पर छैन तर दूर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानैपर्ने बाध्यता सिर्जना गर्नेहरूको हो ।

उत्पादनमूखि उद्योग, कलकारखानाहरू विगतका विभिन्न राजनीतिक गतिविधिका कारण बन्द हुनु तथा यसको वृद्धि र विकासमा उद्योगी तथा व्यवसायीहरूसंग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा पटके र अस्थायी सरकारहरूको दोष हो, यसमा दुर्इमत नहोला । यस्तो अवस्थामा व्यवसायीहरूपनि उत्पादनतर्फ ढुक्क हुन सकेका छैन जसकाकारण अायातमूखि कारोबार फस्टाउँदै गएको छ ।

खाडीको मरुभुमीमा हरियाली बनाउन सक्ने नेपाली पसिनाले आफ्नै हरियो देशलाई कहाँबाट कहाँ पूर्याँउन सक्छन होला, तर संभावनाको शब्दमा मसि चोपिएको कहाँ छ र ?

यस बर्षको नारा "Family Planning: Empowering People, Developing Nations" अर्थात् "मानव सशक्तिकरण र समृद्ध राष्ट्रकालागि परिवार नियोजन" भन्ने अर्थ यस बर्षको नारा हो । परिवार नियोजन भन्ने बित्तिकै थोरै सन्तान जन्माउने या जनसख्याँ नियन्त्रण मात्र पनि हैन, परिवारको चौतर्फि बिकास अनि समृद्धिकालागि सोच्नपर्ने हरेक प्रकारका कुराहरु परिवार नियोजन भित्र रहन्छ भनेर बुझ्न जरुरी छ ।

अर्कोतर्फ अहिलेपनि २ करोड भन्दा धेरै महिलाहरुले गर्भनिरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्याकं पनि छ । यस्ता कुराहरुमा हामी सबै अनि सरोकारवालाहरुको ध्यान आज जाओस् ।

मानव वस्तीमा थोरै बच्चाहरुको संख्याले समृद्धि जनाउन सक्दैनन तर भएका बच्चाहरुको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ दिनसक्ने गरि परिवारको योजना गर्नु बुद्धिमत्ता हो ।

सन्तानले डाँडाकाँडा ढाकुन भन्ने उक्तिलाई परिमार्जन गर्दै सन्तानको यश र कृतीले डाँढाकाँढा ढाक्न सक्ने गरि शिक्षा दिक्षा र लालनपालन गर्न सक्ने गक्ष सबैको होस् ।

बुवा, आमा, दाई, दिदि, बहिनी, भाई, काका, काकी, हजुरबुवा, हजुरआमा लगायत सम्पूर्ण नातागोता अनि साथीभाईहरुमा आजको दिवसको शुभकामना । हामी छौं र त संसार छ ।

-------
हाम्रो पात्रोकालागि सुयोग ढकाल 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम