ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

उधौली पर्व | योमरि पुन्हि/ अन्तर्राष्ट्रिय अपांगता दिवस




योमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर अाउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरिझै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् ।


उधौली पर्व | योमरि पुन्हि नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

उधौली पर्व
किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक 'मन्धुम'मा एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।
पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाएर आज किराँत दाजुभाई तथा दिदि-बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक 'साकेला' नृत्य प्रस्तुत गर्ने चलन छ ।
"सोई साई ला एएएए~~~~~"
'हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?' भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरु देख्दा जस्तै नाच्न नजान्ने र विरसिलो मान्छे भएपनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य अाउँछ अाउँछ । महिलाहरुले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथी विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ ।
किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् । यस पर्व एकदिनका लागि तोकिएपनि यसलाई १५ दिनसम्म मनाउने चलन छ ।
आजको दिन काठमाडौको टुडिखेल, ईलाम, पाँचथर, तेह्रथुम लगायत देशका बिभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा सार्वजनिक भेला अनि नाँचगान हुनेगर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती सुमदयका साथीहरुले एकअर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भएपनि धेरै जना भेला हुनेगर्दछन् ।
किराँतहरु भूमीका सन्तानहरु हुन्, यस समूदायमा भूमीको विशेष महत्व अनि आमा पृथ्वीको अद्भूत प्रेम पाइन्छ । आजको दिन पवित्र भुमी पूजाका रुपमा पनि लिईन्छ । भुमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नकालागि भगवानलार्इ धन्यवाद दिंदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।
यसैबीच उधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिंदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गर्ने चलन छ ।

सम्पूर्ण नेपालीहरुको प्रिय मोबाईल सहयात्री अनि प्रविधीमार्फत नेपालीपनलाई एकसूत्रमा हरपल बाँधि राख्ने मोबाईल एप्लीकेशन 'हाम्रो पात्रो' को तर्फबाट सम्पूर्ण नेपालीहरुलाई उधौंलीको शुभकामना । नेपाली माटो अथवा भनाै भूमी प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरुमार्फत सिक्न सक्नुपर्नेछ । जतिसुकै विकास अनि प्रविधी भएपनि पृथ्वीको अस्तित्वसंगै हाम्रो अस्तित्व गाँसिएको छ, हाम्रो साझा घर यस पृथ्वीलाई सबैले माया गरौं, सबैमा शुभकामना !


योमरि पुन्हि तथा १४औं ज्यापु दिवस्
त्यसै गरि आज काठमाण्डाै उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ । योमरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।

योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा शदिअाैंदेखि चलि अाएको हो ।

नेपाली पारम्परीक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि अाफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरि पुन्हिका दिन पनि यससंग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छः

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:....

यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैअाएको पाइन्छ ।
योमरि कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरि देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरि नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरि भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।
योमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर अाउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरिझै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् ।
साथै अाजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डाै उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा अायोजना हुने ज्यापु दिवस अाज काठमाण्डाैको कमलादीबाट प्रारम्भ हुँदैछ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथी हाकु पटासी अनि ज्यापु लः अर्थात ज्यापु लुगाले त झन जात्रा हेर्नलायकको देखिन्छ । यस १४औं ज्यापु दिवस् ज्यापु दिवस ११३८ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकिहरू देखाउने परम्परा रहि अाएको छ ।
एकातर्फ किराँतरुको अनि अर्कोतर्फ नेवा हरुको बिशेष आजको दिनले नेपालको बिभिदताको एउटा दृष्टान्त अनि एकताको सन्देश पनि दिएको छ ।
आजको दिनको सबैलाई शुभकामना, सबैको जयहोस्



 अन्तर्राष्ट्रिय अपांगता दिवस



१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्याङ्ग अपांग मैत्री छैन र ठाडो उकालो चढ्न उन्लाई सहज हुन्दैन, के यस संरचनाको स्कूलमा उन्को पहुँच समान हुन्छ ?
यस्तै आशाजस्ता लाखौँ अरु मान्छेहरु छन्, संसारको कूल जनसख्याँमध्य १५ प्रतिशत जनसख्यालाई कुनै न कुनै रुपको अपांगता छ तर उनिहरुको हरेक ठाँउमा समान पहुँच छैन।
महोत्तरी जिल्लाका काशी साह दृष्टिविहिन छन्, नागरीकता लिन जाँदा सिडियो कार्यलयमाथी जान उन्लाई असहज भयो, यस्ता धेरै कार्यलय र संरचनामा अपांगताभएकाहरुको समान पहुँच छैन् । टिभीमा आउने समाचार मैले केही पनि बुझ्दिन र कति मनलाग्दा पनि सिरियलहरु बुझ्न सक्दिन, अरुहरु हास्य सिरियलहेरेर हासेको देख्दा मलाई पनि बुझेर हास्न मन लाग्छ तर सक्दिन, वाग्लुगं कि सुस्त श्रवण वहिनी विनिता डिसीले हाम्रो पात्रोलाई बताईन्, यस्तै गुनासो बाँकेका दृष्टिविहिन शिवराज विके को छ, कुनैपनि पत्रिकाहरु व्रेललिपीमा आँउदैनन्, हामी बाहिरी संसारका सुचनावाट कहिलेसम्म पर रहने ?
म्याग्दीका दृष्टिविहिन साथी गणेश सुवेदि, आफ्नो प्यारो मोवाईल सहयात्री हाम्रो पात्रो हरेक दिन चलाउनुहुन्छ, वहाँले अडियोका मार्फतवाट दिन विशेषका जानकारी लिनुहुन्छ, अझै सहज र अपांगमैत्री अडियो राखिदिन वहाँको हाम्रो पात्रोसँग आग्रह छ र हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताको भावना प्रति कटिवद्ध छ । अपांगमैत्री समाज र सुचनाका संरचनाहरु आजको आवश्यक्ता हो ।
वास्तवमै समाजलाई र संसारलाई अपांगमैत्री वनाउन जरुरी छ, समावेशीभनेको शायद भाषा, सस्कृती, भुभाग मात्र नभई अपांग साथीहरुलाईपनि सहज र सँगै लिएर विकासको दौडमा हिड्न सफल बनाउनु पनि हो ।
अपांगतालाई समान अवसरले सकारात्मक वातावरणका विचमा राख्न सके सपागं सरि र अझ त्यो भन्दा धेरै गर्न सक्दछन्, चाहे त्यो झमक कुमारी हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन, खाने मुखलाई जुँगाले छेकेको छैन्, समाजमा रहेका सबै अपागंता हुनुभएका दाजुभाई, दिदीवहिनी, आमावुवाहरुमा आज हाम्रो पात्रोको हार्दिक नमन र सम्मानका शब्दहरु ।
सन् १९९२ वाट हरेक वर्षको ३ डिसेम्वरका दिन संसारभरि विश्व अपांगता दिवस मनाईन्छ, यस अपांगता दिवसलाई अपांगता भएका व्यक्तिहरुको दिवस पनि भनिन्छ । विभिन्न कार्यक्रम र गोष्ठीहरु अनि र्यालीहरु आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरु गुञ्जीरहुन भन्ने कामना पनि छ ।
अपांगता भएका ब्यक्तिहरुले गर्नुभएको सकारात्मक र उपलब्धीमुलक कथाहरुलाई पनि आजविश्व समुदायले विभिन्न माध्यममार्फत अवलोकन र श्रवणगर्ने गर्दछन् भने कर्ओतर्फ अपागंमैत्री समाज अनि संरचनाकालागी पैरवी पनि गरिन्छ । हरेक सरकार अनि संगठनहरुले अपांगताभएकालाई पा्रर्थमिक्तामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन र आज त्यो कस्सम पूराका क्रममा भएका उपलब्धीहरु याद दिलाउने दिन पनि हो ।
अपांगता भएको जनसख्यालाई साथै लिएर हिँड्न नसक्ने हो भने संसारले दिघो र फराकिलो विकास पाउन सक्दैन्, यसपालाको अपांगता दिवसकालागी संयूक्त राष्ट्रसँघले (हामीले खोजेको भविष्यकालागी १७ वटा उदेश्यहरु) भन्ने छ ।
समावेशी र समान समाजको परिकल्पनानै आजको टड्कारो आवश्यक्ता हो ।

नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी सँस्थाहरुले अपांगताकालागी धेरै परियोजना अनि कानुनतः पैरवीहरु गरिरहेका छन्, अपांग विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपांगताकालागी विशेष प्रविधी र ब्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । विधालयहरुमा सहज अपागंमैत्री शिक्षा जस्तै व्रेललिपीमा अनि साकेंतिक भाषामा शिक्षाको प्रावधान, सहज आवतजावतगर्न अपांगमैत्री संरचना जरुरी छ । अपांगता भएक साथीहरुमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरीक उत्पादन गर्नसके वहाँहरुको सेवा र क्षमताले राज्यको विकासमानै टेवा पुग्ने त हो ।
नेपालमै प्रथमपटक वाग्लुगंको धौलागिरी सुस्त श्रवण विधालयमा कक्षा १२ पछी कम्यूटर ईन्जिनियरिगंको सीपउन्मुख कक्षा सञ्चालनमा आएको छ, यस्ता समावेशी शिक्षाहरु नेपालभरिकै अपांग मैत्री र समान धेरै विधालयहरुमा ल्याउन सकेमा दिघो विकास र समावेशी समाजको अवधारणाले फड्को मार्नेथियो ।
तपाई हामी चाहे हामी सपांग छौँ या अपांग, हामीले चाहेर या नचाहेर अपांगता हुने या नहुने हैन्, अपांगताभएका साथीहरुलाई माया, सदभावना र मुख्य समानता अनि हौसलाको खाँचो छ । वहाँहरुको आत्मविश्वास सदैव कायम रहोस अनि श्रृजनात्मक अनि संरचनात्मक कार्यमा वहाँहरुको अर्थपूर्ण सहभागीता होस् ।
आफ्नो जिवनयापनकालागी अर्काको भर पर्न नपरेमा मात्र आत्मस्वाभिमान अनि समानताको भावना पलाँउदछ, सरकार, अन्तराष्ट्रिय समुदाय र गैरसरकारी सस्थाँहरुको पनि अपांगताभएका साथीहरुको जिवनयापन सिप र आम्दानीको श्रृजनागर्नतर्फ ध्यान दिएको पाईन्छ, जुन अत्यन्त राम्रो विषय हो । सिपमुलक ब्यवसाय गरेर जिवनयापन गर्न सक्षम वनाँउदै शिक्षाको न्यानो उज्यालोवाट अपांगताभएकै कारणले छुट्न नपरोस्, समाजमा समान ब्यवहार पाईयोस् अनि सहज स्वास्थउपचार पाएर अपांगतालाई अवसर वनाउन सबै साथीहरु को साथ, सहयोग अनि प्रतिवद्धता रहोस् ।
डिसेम्वर ३ को अपांगता दिवसको शुभकामना

हाम्रो पात्रोकालागी सुयोग ढकाल




Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.65
  • 103.25
  • European euro
  • 121.39
  • 122.1
  • UK pound sterling
  • 138.07
  • 138.88
  • Swiss franc
  • 103.95
  • 104.56
  • Australian dollar
  • 78.69
  • 79.15
  • Canadian dollar
  • 80.04
  • 80.51
  • Singapore dollar
  • 76.19
  • 76.64
  • Japanese yen (10)
  • 9.11
  • 9.16
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.37
  • 27.53
  • Qatari riyal
  • 28.19
  • 28.36
  • Thai baht
  • 3.16
  • 3.18
  • UAE Dirham
  • 27.95
  • 28.11
  • Malaysian ringgit
  • 25.13
  • 25.28
  • Korean Won (100)
  • 9.42
  • 9.48
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.31
  • 16.4

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम