बातहरू | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

बातहरू




   Pramod Gautam - Aug 27 2016

कति भनु माया प्रति लगाएका बातहरू ।
तिमीलाई पल्लो गाउँ भगाएका बातहरू ।

तिमीलाई बुबा आमा फिर्ता लगेपछि ।
लुकाउँछु सधैं आसुँ बगाएका बातहरू ।

तिमीसंग बसि धेरै खाए पछि खानेकुरा ।
भैगो छाडौं खाए पछि अघाएका बातहरू ।

ढुङ्गे धारा नुहाउँदा हराएर बस्त्रहरू ।
तिम्रो कमिज मेरो सर्ट मगाएका बातहरू ।

हस्याङ फुसुङ् गर्दाखेरी कोठाभित्र हामी ।
आधा रात बुबा आमा जगाएका बातहरू ।


----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.